×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा कमपनीमा ‘HR Watch’ : उप-प्रबन्धकमा नपत्याईएका व्यक्ति डीसीइओ, होटल मेनेजमेन्ट पढेका ब्रान्च मेनेजर !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ पुष २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

बीमा कमपनीमा ‘HR Watch’ : उप-प्रबन्धकमा नपत्याईएका व्यक्ति डीसीइओ, होटल मेनेजमेन्ट पढेका ब्रान्च मेनेजर !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पछिल्लो समय नयाँ बीमा कम्पनीहरुले लाइसेन्स पाएसँगै बीमा कम्पनीहरुका व्यवस्थापकीय तहमा ‘ह्युमन रिसोर्स (HR)’को सर्टेज भएको भन्दै विभिन्न कम्पनीहरुले जथाभावी कर्मचारी भर्ती गर्न थालेका छन् । यसका कारण विभिन्न बीमा कम्पनीहरुले सामान्य तालिमकै भरमा विभिन्न व्यक्तिहरुलाई उच्च पद दिन थालेका छन् । पछिल्लो समय खुलेका बीमा कम्पनीहरुले कि त पूराना कम्पनीका स्टाफ तानेका छन्, कि त बजारमा बीमाबारे कुनै पनि जानकारी नै नभएकाहरुलाई सामान्य तालिम दिएर ठूलो जिम्मेवारी दिएका छन् । अझ कतिपय बैंकमा निकै तल्लो स्तरमा रहेका कर्मचारीहरुलाई विभिन्न बीमा कम्पनीहरुले ठुलो जिम्मेवारी दिन थालेका छन् । यसले एकातर्फ बीमा बजारमा नयाँ स्रोत-साधनको बिकास त भएको छ तर अर्कोतर्फ थोरै ज्ञान भएकाहरुलाई ठूलो जिम्मेवारी दिंदा समस्या पो हुन्छ कि आशंका पनि बढाएको छ । यसले केहि समय अगाडी बीमा क्षेत्रले भोगेको झुटको खेती हुने क्रम बढ्लाकि भन्ने अर्को आशंका जन्माएको छ ।
उप प्रबन्धकमा नपत्याइएका व्यक्ति नायब प्रमुख कार्यकारी अधिकृत !
यो उदाहरण हाल रिलायन्स लाइफ इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत रहेका निरञ्जन कडेलको हो । स्टाण्डर्ड चार्टड बैकमा शाखा प्रबन्धकको रुपमा कार्यरत कंडेल अर्को एक जीवनबीमा कम्पनीमा उप प्रबन्धकमा नियुक्तिका लागि अन्तर्वार्तामा समेत गएका थिए । तर उनलाई सो बीमा कम्पनीले पत्याएन । तर सिद्धार्थ बैंक लि.द्धारा प्रर्वद्धित रिलायन्स लाइफ इन्स्योरेन्समा एकैचोटी उनी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुन सफल भए । स्टाण्डर्ड चार्टड बैंकमा शाखा प्रबन्धकको रुपमा कार्यरत निरञ्जन कडेलले ठूलो फड्को मारे । उनलाई न बीमा क्षेत्रको अनुभव चाहियो, न सम्बन्धित बिषयमा ज्ञान नै । एसीसीएको परिक्षा पास गरेर बसेका उनले एसीसीएको सदस्यतासमेत लिएका छैनन् । यो हिसावले उनको क्वालिफिकेसन पनि कमजोर नै भयो । सिद्धार्थ बैंक लि.का पावरफूल व्यक्ति मानिएका नायब प्रमुख कार्यकारी अधिकृत सुन्दर कंडेलका आफन्त भएकै कारण उक्त बैंकद्धारा प्रर्वद्धित रिलायन्स लाइफ इन्स्योरेन्समा एकैपटक नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको चर्चा पनि नेपाली बीमा क्षेत्रमा छ । 
होटल मेनेजमेन्ट पढेका ब्रान्च मेनेजर !
यता युनियन लाइफ इन्स्योरेन्सको कथा झन् रमाइलो छ । बजारमा मान्छे नपाएपछि कम्पनीले विभिन्न कलेजका शिक्षक, विभिन्न बैंकमा तल्लो स्तरमा काम गरेका कर्मचारी, स्कुलका सहप्रधानध्यापकहरुलाई विभिन्न साखाका ब्रान्च मेनेजरहरु तोकेको छ । यतिसम्मकि बीमा बिषयको ज्ञान नै नभएका होटल मेनेजमेन्ट पढेका व्यक्तिलाई पनि कम्पनीले ब्रान्च मेनेजर बनाएको छ । यसो त नयाँ मान्छे ल्याएर पनि युनियनको प्रगति राम्रै देखिएको छ । कम्पनीका सीइओ मनोज कुमार लाल कर्णले पनि आफ्नो कम्पनीले नयाँ मान्छे ल्याएर पनि बीमामा राम्रो प्रगति गरेको बताउँछन् । तर विषयसम्बन्धि ज्ञान कम हुँदा कतै जनमानसमा गलत सन्देश त जाने होइन ? भन्ने आशंका उब्जाएको छ । विभिन्न कम्पनीमा भएको यस्तो स्थितिले एकातर्फ बीमामा स्कोप भएको त देखाउंछ तर जस्तो पायो त्यस्तै मान्छे बीमा कम्पनीका ब्रान्च मेनेजर हुँदा यसले समग्र कम्पनीमै वा बीमा क्षेत्रमै अरुले हेर्ने नजरमै नराम्रो असर त गर्ने होइन ? भन्ने शंका उब्जाएको छ ।
महालक्ष्मी लाइफले माग्यो कर्मचारी !
यता पछिल्लो समय सञ्चालनमा आउन लागेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि विभिन्न तहमा भयाकेन्सी खुलाएको छ । आइतबार पत्रिकामा सार्वजनिक सूचना जारी गर्दै महालक्ष्मीले विभिन्न तहमा भ्याकेन्सी खुलाएको हो । महालक्ष्मीसंग पनि दुइवटा मात्र विकल्प छ । कि अहिले चलिरहेका बीमा कम्पनी वा बैंकका कर्मचारीलाई तान्ने वा केहि नजानेकाहरुलाई सामान्य तालिम दिएर कम्पनीमा राख्ने । यसले बिषय ज्ञान नभएकाहरुको बीमा क्षेत्रमा हालीमुहाली हुने समस्या एकातर्फ देखिएको छ भने अर्कोतर्फ बीमामा काम गर्ने कर्मचारीको हकमा बीमा समितिको नियमन निकै कमजोर भएको देखिन्छ ।
‘ह्युमन रिसोर्स सर्टेजबारे भिन्न-भिन्न धारणा 
यसो त केहि इन्स्योरेन्स कम्पनीले अहिले बजारमा बीमा कम्पनीमा काम गर्न सक्ने उच्च तहका कर्मचारीहरुको सर्टेज भएको बताउँछन् । ‘बीमा कम्पनीमा  उच्च तहमा काम गर्ने मान्छे नै छैनन् । यो क्षेत्रमा काम गर्न बढी पढेको भएर मात्र हुँदैन । सबैलाई कन्भिन्स गर्न सक्ने ‘नेचर’को हुनुपर्छ ।’ एक नयाँ बीमा कम्पनीका सीइओ भन्छन्, ‘विषयकै ज्ञानको कुरा गर्ने हो भने त कम्पनीका सीइओलाई नै आफ्नो कम्पनीले जीवन बीमा गर्छ कि निर्जीवन भन्ने नै थाहा नभएको तथ्य तपाईंहरुले नै समाचार बनाउनु भएको हो । यहाँ राम्रो ज्ञान भएका कर्मचारी कम छन् । नयाँ त छँदै छैनन् ।’ तर अर्का एक बीमा कम्पनीका सीइओले कष्टमा कम्प्रमाइज गरेका कारण र भनसुन चलेका कारण बीमामा मनपरी हुन थालेको आरोप लगाउँछन् । ‘हाम्रो कम्पनीले उप प्रबन्धकमा नपत्याएको व्यक्ति कुनै अर्को कम्पनीमा गएर डेपुटी सीइओ भएका छन् । हामीले उनी भन्दा धेरै कम्पिटेन्ट मान्छे राख्यौं । एक त राम्रा मान्छे नयाँ कम्पनीमा हत्तपत्त जान खोज्दैनन्, अर्को थोरै पैसा दिएर ठूलो पद दिने चलन सुरु भयो । जुन आफैंमा गलत छ ।’ तिनले भने ।            
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: