
- रेखा चन्द / अर्थ सरोकार डटकम
काठमाडौँ – बीमा व्यवसायका बारेमा रुची राख्नेहरुको संख्या दिनानुदिन बढीरहेको छ । यसो त बीमा गर्नेहरुको संख्या पनि दिनानुदिन बढीरहेको छ । वीमाको चर्चा हुने क्रम बढिरहेका बेला यस विषयमा जानकारी लिन खोज्ने जो कोहिले यस विषयमा सामान्य ज्ञान लिंदा फाईदा नै हुने देखिन्छ । त्यसैले आजको अंकमा हामी बीमा सम्बन्धि केहि प्रश्नोत्तर लिएर आएका छौँ ।
१. बीमा समिति भनेको के हो ?
बीमा क्षेत्रलाई बिकसित, ब्यवस्थित, नियमित तथा नियन्त्रित गर्नका लागि बीमा ऐन २०४९ अनुसार स्थापित नेपाल सरकारको एउटा कार्यान्वय इकाई नै बीमा समिति हो, यो एक स्वायत्त संस्था हो ।
२. बीमा समिति के काम गर्छ ?
यसले बीमा कम्पनी, बीमा सर्भेयर र बीमा एजेण्टको लाइसेन्स जारी गर्ने, नबीकरण गर्ने, रद्ध गर्ने तथा तिनीहरुलाई नियमन गर्ने काम गर्छ ।
३. बीमा समिति कहाँ छ ?
यो कुपण्डोल, ललितपुरमा छ ।
४. बीमा समितिको तालुक मन्त्रालय कुन हो?
नेपाल सरकार, अर्थ मन्त्रालय
५. बीमा समिति कहिले स्थापना भएको हो ?
बि सं २०२५ मा
६. बीमा भनेको के हो ?
बीमा जोखिम हस्तान्तरण गर्ने करार हो । निश्चित बीमाशुल्कको आधारमा बीमा खरिद गर्ने व्यक्तिले अनिश्चित जोखिम हस्तान्तरण गरि उचित क्षतिपूर्ति प्राप्त गर्ने कानूनी आधार हो ।
७. जीवन-बीमा भनेको के हो ?
जीवनबीमा भनेको कुनै व्यक्तिको जीवन सम्बन्धमा निजको आयुको आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा निजको हकवालाले कुनै खास रकम पाउनेगरी गरिने करार सम्बन्धि व्यवसाय सम्झनुपर्छ ।
८. निर्जीवन बीमा भनेको के हो ?
निर्जीबन बीमा भनेको जिवन बीमा व्यवसाय बाहेक अन्य बीमा व्यवसाय बुझिन्छ ।
९. नेपालमा कतिवटा बीमा कम्पनीहरु छन् ?
नेपालमा जम्मा ४० वटा बीमा कम्पनीहरु छन् ।
१९ जीवन बीमा कम्पनी
२० निर्जीवन बीमा कम्पनी
१ पुनर्बीमा कम्पनी
१०. बीमा तथा बीमा व्यवसाय सम्बन्धि तथ्यांक कसले सर्वसाधारणलाई उपलब्ध गराँउछ ?
बीमा समिति
११. बीमा अभिकर्ता भनेको के हो ?
बीमा कम्पनीको तर्फबाट बीमा गर्न सहयोग पुर्याउने लाइसेन्सधारी व्यक्ति नै बीमा अभिकर्ता हो ।
१२. बीमा सर्भेयर भनेको के हो ?
बीमा गरिएको कारणले कुनै क्षति भएमा सो को मूल्यांकन गर्ने व्यक्ति बीमा सर्भेयर हो ।
१३. बीमांकी भनेको को हो ?
बीमांकीय बिज्ञानमा स्नातक गरेको ब्यक्ति हो ।
१४. बीमांकीय बिज्ञान भनेको के हो ?
दायित्व मूल्यांकन सम्बन्धि उच्च प्राविधिक तथा व्यावसायिक बिषय हो बिमांकिया विज्ञान
१५. दाबी मूल्यांकनकर्ताहरु को हुन् ?
बीमा गरिएको कारणले भएको क्षेतिको मूल्यांकनकर्ता
१६. बीमकले दाबी बापतको रकम नतिरेमा कहाँ उजुरी गर्ने ?
बीमा समितिमा
१७. बीमा कम्पनीलाई गलत दाबी गरी भुक्तानी माग्न खोजिएको लागेमा कहाँ उजुरी गर्ने ?
बीमा समितिमा
१८. प्रस्ताव फाराम भनेको के हो ?
बीमित र बीमक बिच करारको आधार हो । प्रस्ताव फारामको आधारमा बीमकले बीमालेख जारी गर्दछ ।
१९. बीमक को हो ?
जोखिम वहन गरी बीमालेख जारी गर्ने बीमा कम्पनी बीमक हो ।
२०. बीमित को हो ?
बीमा गर्न प्रस्ताव गर्ने व्यक्ति वा संस्था बीमित हो ।
२१. बीमाङ्क रकम के हो ?
बीमा गर्नु पर्ने सम्पत्तिको वास्तविक मूल्य नै बीमाङ्क रकम हो ।
२२. बीमाशुल्क के हो ?
जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गरे वापत भुक्तानी गर्नुपर्ने रकम हो ।
२३. बीमालेख के हो ?
बीमक र बीमितबीच करार वमोजिम जारी भएको दस्तावेजलाई बीमालेख भनिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्