×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

क्रस चेक : ‘इन्सुरेन्स’ कि ‘इन्स्योरेन्स’ ? एउटै अंग्रेजी शब्दको फरक नेपालीकरण किन र के कारण ?

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ – जीवनबीमामा चलेको नाम, ‘नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ।’ तपाईंले जानेका अन्य कम्पनीहरु पनि एक पटक विचार गर्नुहोस् त ! ‘नेशनल लाइफ इन्स्योरेन्स, एनएलजि इन्स्योरेन्स आदि ।’ तर एक पटक तपाईं नेकोको नाम हेर्नुहोस् त, सबैतिर कम्पनीको नाम छ, ‘नेको इन्सुरेन्स’। अंग्रेजीमा Insurance शब्द किन यसरी दुईथरी भयो होला त ? हेर्दा वा सुन्दा सामान्य लागेपनि यस विषयमा तथ्य भने रोचक छ ।
के भन्छन् भाषा विज्ञ ?
यस विषयमा हामीले भाषाविद् टंक थापालाई सोधेका थियौँ । ‘बुझ्न जसरी बुझेपनि हुन्छ तर इन्स्योरेन्सलाई इन्सुरेन्स भन्नु कम्प्युटरलाई कम्पुटर भन्नुजस्तै हो ।’ अर्थ सरोकार डटकमसँग उनले भने, ‘तपाईंले सोधेपछि मैले पनि बुझ्ने प्रयास गरेको थिएँ । हुनुपर्ने इन्स्योरेन्स नै हो । धेरैले इन्स्योरेन्सनै लेखेका छन् । कम्प्युटरलाई कम्पुटर भन्नु औपचारिक भाषा नभएजस्तै इन्सुरेन्स औपचारिक भाषा हुन सक्दैन । तर नेपालीको लवजलाई नै ख्याल गर्ने हो भनेचाहिँ भन्न सजिलो इन्सुरेन्स हो । तर लेखिनुपर्नेचाहिं इन्स्योरेन्स नै हो ।

‘हुनुपर्ने इन्स्योरेन्स नै हो । धेरैले इन्स्योरेन्सनै लेखेका छन् । कम्प्युटरलाई कम्पुटर भन्नु औपचारिक भाषा नभएजस्तै इन्सुरेन्स औपचारिक भाषा हुन सक्दैन ।’ भाषाविद् थापाले भने। 

के भन्छन् आफ्नो कम्पनीको नाम इन्सुरेन्स राख्नेहरु ?
यस विषयमा हामीले ‘नेको इन्सुरेन्स’का सूचना अधिकारीलाई सोधेका थियौँ । ‘कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता हुदाँ नेको इन्सुरेन्स लिमिटे’ड भएका कारण कार्यालयको बोर्ड र वेवसाइटमा नेको ‘इन्सुरेन्स’ लेखिएको हो । नेकोका सूचना अधिकारी विश्व प्रसाद धितालले अर्थ सरोकार डटकमसँग भने, ‘इन्स्योरेन्स र इन्सुरेन्स एउटै हो । कम्पनी दर्ता इन्सुरेन्स भएकाले उक्त नाम लेखिएको हो । अव इन्सुरेन्स लेख्ने हामीमात्र हौँ भन्ने कुराचाहिं संयोग नै होला ।’ उनले भने । यस विषयमा कम्पनी रजिष्ट्रारको कार्यालयको तर्क भने बेग्लै छ । ‘कम्पनी ऐन अनुसार नबाझिने हिसाबले जसरी कम्पनी दर्ता हुन आउँछ त्यसरी नै कम्पनी दर्ता गरिदिने कम्पनी रजिस्ट्रारको कार्यालयको भनाइ छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: