Skip to content
LAXMI SUNRISE BANK

बहसको अर्को पाटो : बैंकका कर्मचारीहरुले पनि यतिसम्म ‘गद्धारी’ नगरीदिए हुन्थ्यो नि ! (ब्लग)

अर्थ सरोकार

  • डिआर नेपाल 
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबाट निस्किन लागेका कर्मचारीहरुको अनावश्यक तलव काट्ने, रिलिजपत्र नदिने, धम्क्याउने, थर्काउने लगायतका काम भएका खबरहरु मिडियामा आइरहेका छन् । अझ अर्थ सरोकार डटकमले त यस्ता कामहरुविरुद्ध तीखो रुपमा आफ्ना समाचार र टिप्पणीहरु प्रस्तुत गर्दै आएको छ ।समाचारपछि धेरै ठाउँमा प्रभाव देखिएको छ । ठाउँ-ठाउँमा समाचार आएपछि काटिएको तलव फिर्ता भएको छ । कति ठाउँमा रोकिएको तलव फिर्ता भएको छ । यो निकै सकारात्मक कुरा पनि हो । कसैले आफ्नो करियर बनाउन चाहान्छ भने उसलाई अर्को बैंक तथा वित्तीय संस्थामा जान छुट छ । उसले राजीनामा दिएपछि बैंकले उसलाई रिलिज पत्र समयमै दिनुपर्छ । यहाँ करियरको सवाल छ ।
तर… 
तर बैंकरका दु:ख पनि त आफ्नै छन् । जस्तो कि एक बैंकका सीइओले यहि प्रसङ्गमा मलाई सुनाएका थिए, ‘मेरै बैंकको ल्याबटप प्रयोग गरेर, मेरै इन्टरनेट प्रयोग गरेर, मेरै बैंकको तलव खाएर, मेरो बैंकका लागि दिइएको कार्यालय समयमा अरु बैंकमा एप्लिकेसन हाल्नु जायज हो ? मेरो बैंकमा खाएको जागिर राम्रोसँग खाएर बेलुका घर गएर हाले हुँदैन आवेदन अन्त ?’ उनको कुरामा तुक छ । तर्क जायज छ । पछिल्लो समय धेरै बैंकरहरुले यस्तै गरेको देखिन्छ । हुन त कतिका घरमा वाईफाई नभएर पनि यस्तो गर्ने गरेका छन् । तर जे जस्तो भएपनि यो गलत भयो । सिमित स्रोत छ बैंकमा पनि । काम गर्ने नै खालका राम्रा कर्मचारीहरु कम छन् । राम्रा कर्मचारीजति खाली अरुका हुन थालेपछि बैंकहरुले के गरुन् ? केहि समय भएपनि सक्नैपर्ने काम सकोस् भनेर केहि समय अड्काउन खोजेको देखिन्छ । भलै, यो सहि हो भन्न खोजेको होइन । तर धेरै बैंकरका बाध्यता यस्तै छन् । तर एउटा बैंकको तलव खाएर उसैको स्रोत साधन प्रयोग गरेर अर्को बैंकका लागि काम गर्नुचाहिं गद्धारी नै हो ।
अर्को गलत अभ्यासपनि छ बैंकहरुमा । ‘लन्च आवर’ भनेर अर्को बैंकमा अन्तर्वार्ताका लागि जाने । केहि समय ढिलो भयो भनेर उतै हराउने । अन्य बैंकको अन्तर्वार्तामा जाने अनि ढिलो भयो भने गाडी जाम भयो, बिरामी भएँ, घरमा समस्या भयो आदी बहाना बनाउने । यदी कतै अन्तर्वार्ता नै दिन जानु छ भने नियम अनुसार बिदा लिएको राम्रो हुन्छ । किनकि नुनप्रति इमान्दारिता पनि देखाउनुपर्छ जो कोहिले । धन्न ! लिखित परिक्षा अधिकांसले शनिबार गर्छन् । नत्र त केहि न केहि बहाना बनाएर बैंकरहरु लिखित परिक्षामा पनि सामेल हुन्छन् अर्को बैंकको जागिर खाएर ।
अर्को कुरा पनि बुझ्न जरुरी छ । हुन त हरेक नागरिक कहाँ जागिर खान्छु भन्ने कुरामा स्वतन्त्र छ र हुनुपनि पर्छ । तर कुनै बैंक तथा वित्तीय संस्थामा उसले गरेको बोन्डको पनि मूल्य हुन्छ र हुनुपर्छ । कागजमा सहि गरेपछि त्यसको पालनामा इमान्दार हुनुपर्छ । जागिर खाने बेलामा नै कि त्यस्ता अनावश्यक बोन्डमा हस्ताक्षर गर्नु भएन । गलत अभ्यासका रुपमा रहेको यति बर्षका लागि काम गर्नै पर्ने भन्ने बाध्यात्मक तरिकाको बिरोध गर्न सक्नुपर्छ । बिरोध गर्न सकिन्न भने र सहि गरेपछि त्यसलाई पालना गर्नुपर्ने पनि इमान्दारिताको नमुना हो । भलै स्वतन्त्र कर्मचारीलाई यसरी बोन्ड गराइनु ठिक होइन भन्ने बहस पनि जायज छ । प्रमोसन दिएर, बढी तलव दिएर अरु बैंकबाट ल्याएको कर्मचारीले केहि समय काम गरिदेओस् भन्ने चाहाना बैंकरलाई हुन्छ नै । सिनियरको यो चाहानाको पनि सम्मान गर्दा सबैको भलो हुन्छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK