×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१४ बर्षमै एसएलसी पास गरेका बैंकर मनोज ज्ञवालीको अनुभव, ‘गोठालो जाँदा रिजल्ट थाहा पाएँ, संसार नै जितेजस्तो भयो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१४ बर्षमै एसएलसी पास गरेका बैंकर मनोज ज्ञवालीको अनुभव, ‘गोठालो जाँदा रिजल्ट थाहा पाएँ, संसार नै जितेजस्तो भयो’

१३ असार २०७६, शुक्रबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

  • मनोज ज्ञवाली / सीइओ, ज्योति बिकास बैंक
बि. स. २०४८ सालमा मैले एसएलसी दिएको हो । बिजया माध्यमिक विद्यालय दैलेखमा त्यतिबेला म क्लास फर्स्ट थिएँ । क्लास फर्स्ट हुनेलेचाहिं फर्स्ट डिभिजनमा एसएलसी पास गर्छ भन्ने धेरैको अपेक्षा थियो । तर मेरो फर्स्ट डिभिजन भने आउन सकेन । ५१ प्रतिशत ल्याएर एसएलसी पास गरें । त्यो बेला एसएलसी पास हुनुभनेको निकै ठुलो कुरा हुन्थ्यो । वरपरका गाउँका कतिपय स्कुलको नतिजा ‘निल’ नै हुन्थ्यो । केहिले मात्र एसएलसी पास गर्थे । फर्स्ट डिभिजन भनेको त निकै ठूलो कुरा हुन्थ्यो । सेकेन्ड डिभिजन त के, थर्ड डिभिजनमै पनि पास भए खुसी हुन्थे सबैजना । तर क्लास फर्स्ट भएको विद्यार्थीलेचाहिं फर्ष्ट डिभिजन ल्याईदिए हुन्थ्यो वा ल्याउँछ भन्ने सबैको अपेक्षा हुन्थ्यो, मेरो हकमा पनि त्यस्तै थियो । तर म त्यो बेला पनि खुसी थिएँ, अहिले पनि खुसी छु ।

म्याथ, साइन्स पढाउने शिक्षक नभएर स्कुलका सरहरु जनकपुरसम्म शिक्षक खोज्न जानुहुन्थ्यो । त्यहाँ भारतमा आइएस्सी वा बिएस्सी पढेकाहरु हामीलाई पढाउन आउनुहुन्थ्यो । हामी सोहि अनुसार उहाँहरुको नाम रख्थ्यों । आइएस्सी पास गरेको सरको नाम ‘आइएस्सी सर’ हुन्थ्यो । बीएस्सी पास गरेको सरको नाम ‘बीएस्सी सर’ ।

क्लासको सधैंको फस्ट ब्वाई, कलिलो उमेरको पढाइ र २०४८ सालको एसएलसी 
एसएलसी दिँदा १४ बर्षको मात्र थिएँ । १४ बर्षको उमेर, त्यसमाथि भर्खर राजनीतिमा प्रवेश गरेको थिएँ । भर्खर प्रजातन्त्र आएको थियो देशमा, वातावरण नै रमाइलो थियो । हुन त त्यो बेला कति नै राजनीति बुझियो होला र ! तर पनि लागियो राजनीतिमा । त्यतिबेला विद्यार्थी संगठनको इकाई कमिटिमा थिएँ । कलिलो उमेर, खरो राजनीति, त्यसमाथि भर्खर कोर्षको मोडल परिवर्तन भएको थियो । गाउँको पढाइको त के कुरा गर्नु र, शिक्षक नपाएर हैरान हुन्थ्यो । म्याथ, साइन्स पढाउने शिक्षक नभएर स्कुलका सरहरु जनकपुरसम्म शिक्षक खोज्न जानुहुन्थ्यो । त्यहाँ भारतमा आइएस्सी वा बिएस्सी पढेकाहरु हामीलाई पढाउन आउनुहुन्थ्यो । हामी सोहि अनुसार उहाँहरुको नाम रख्थ्यों । आइएस्सी पास गरेको सरको नाम ‘आइएस्सी सर’ हुन्थ्यो । बीएस्सी पास गरेको सरको नाम ‘बीएस्सी सर’ । म पढाइमा मात्र होइन राजनीतिमा पनि खरो थिएँ । यसै पनि मेरो बुबा पनि राजनीतिमा लाग्नुभएकोले म फुच्चे नै भएपनि सानो तिनो नेता हुने नै भएँ । एसएलसीका बेला खुब पढ्नुपर्छ भन्ने सबैलाई थियो, तर त्यस्तो गरिएन । राजनीति पनि छोडीएन, गोठालो जान पनि छोडीएन ।
‘अप्सनल म्याथमा झन्डै मात्र पास भएँ, कृषि बिषयमा झन्डै फेल भएको थिएँ ‘
फर्स्ट ब्वाई भएकाले उक्साहटमै अप्सनल म्याथ पढियो । त्यतिबेला गाउँमा अप्सनल म्याथ पढ्नुको छुट्टै सान हुन्थ्यो । तर शिक्षक नै पाइएन । एउटा सर आएर केहि समय पढाउनुभयो । त्यसपछी आफैं पढियो । धन्न पास भइएछ । अप्सनल म्याथमा ३६ आयो । त्यतिबेला पनि ३२ पास मार्क्स थियो । कृषि विषयमा प्राक्टिकलमा २५ अंक हुन्थ्यो । स्कुलले २५ नै हालेर पठाईदियो । तर थेउरीमा झन्डै गुल्टिएको । पास हुनलाई २४ आउनु पर्ने, धन्न २६ आएछ । नत्र त बेइज्जत नै हुने रहेछ । अरु विषयमा म राम्रो थिएँ । त्यो बेला पनि म्याथमा ७० भन्दा बढी नम्बर छ । साइन्समा पनि ६० को लाइनमा नम्बर छ । अरु विषयमा पनि ठिकै नम्बर छ । अहिले सम्झंदा लाग्छ, त्यो बेला पनि नम्बरचाहिं ल्याएकै हो । पढाइको कुनै क्वालिटी नै थिएन । जिनतिन पढियो । र पनि पास भइयो । अहिलेको समय हेर्दा लाग्छ, अहिलेका बच्चाहरुले निकै राम्रो वातावरण पाएका छन्, पढ्नका लागि ।

कृषि विषयमा प्राक्टिकलमा २५ अंक हुन्थ्यो । स्कुलले २५ नै हालेर पठाईदियो । तर थेउरीमा झन्डै गुल्टिएको । पास हुनलाई २४ आउनु पर्ने, धन्न २६ आएछ । नत्र त बेइज्जत नै हुने रहेछ ।

गोठालो जाँदा थाहा पाएको रिजल्ट 
नतिजा आएको दिन म गोठालो गएको थिएँ । रिजल्ट आयो रे भन्ने सुनियो । अहिलेको जस्तो इन्टरनेटमा हेर्ने चलन थिएन । ३ गाउँमा बल्ल एउटा फोन हुन्थ्यो । काठमाडौँमा एक जनालाई रिजल्ट हेर्न लगाइयो । सेकेन्ड डिभिजन आएछ । त्यतिबेला १६७ जनाले एसएलसी दिएका थियौं । हामी जम्मा १२ जना पास भएछौं । ६ जनाको थर्ड डिभिजन आएछ । हामी ६ जनाको सेकेन्ड डिभिजन । फर्स्ट डिभिजन नआएपनि म एसएलसीमा पनि स्कुल टप भएँ । ५१ प्रतिशत नतिजा पनि त्यो बेला चानचुन थिएन । नतिजा आएपछी खुसी नहुने कुरै भएन । गाउँ-गाउँ चर्चा थियो फलानो पास भयो रे भनेर । संसार नै जितेजस्तो लाग्ने । यसै पनि सानैमा नेता भएको मान्छे, एसएलसी पास गर्दा त ठुलै भइएछ कि जस्तो पनि लाग्यो । सबैले डाक्टर बन्नुपर्छ भन्थे । लहैलहैमा लागेर काठमाडौँमा आएर साइन्स पढ्ने निर्णय गरियो । एसएलसीको नतिजा आउँदा सबै खुसी भए ।

फर्स्ट डिभिजन नआएपनि म एसएलसीमा पनि स्कुल टप भएँ । ५१ प्रतिशत नतिजा पनि त्यो बेला चानचुन थिएन । नतिजा आएपछी खुसी नहुने कुरै भएन । गाउँ-गाउँ चर्चा थियो फलानो पास भयो रे भनेर । संसार नै जितेजस्तो लाग्ने । यसै पनि सानैमा नेता भएको मान्छे, एसएलसी पास गर्दा त ठुलै भइएछ कि जस्तो पनि लाग्यो ।

‘डाक्टर बन्ने भनेर साइन्स पढियो, तर ३ महिनामै छोडेर कमर्शमा भर्ना भएँ’
म एसएलसी सकेर काठमाडौँमा आएँ । साइन्स पढ्छु भनेर भर्ना पनि भएँ । साउनदेखि दशैंसम्म साइन्स पढियो पनि । सबैले डाक्टर बन्नुपर्छ भन्थे । त्यहि भएर साइन्स पढेको थिएँ । एक दिन फुपूको छोराले साइन्स पढेर केहि हुन्न, डाक्टर बन्न थोरैमात्र कोटा छ, सकिंदैन भन्नुभयो । १४ बर्षको फुच्चे, के बुझ्नु । जसो जसो ठुलाले भने त्यसै गर्ने न हो । त्यसपछी पिपल्स क्याम्पसमा गएर कमर्श पढ्न थालें । आइकम सकिएपछी बिबिए पढें । त्यो बेला बिबिए पढ्नु पनि सानको कुरा थियो । ब्याचलर सकिएपछी गाउँ फर्किएँ । सरकारी माष्टर भएँ । पछी सिए पढ्न भारत गएँ । पास भएर फर्किएपछी नेपाल राष्ट्र बैंकको जागिर खाएँ । तर त्यो बेला एसएलसी पास नगरेकाहरु पनि अहिले राम्रो स्थानमा छन् । कम्पार्टमा पास भएकाहरु राम्रै सफलता हासिल गर्नुभएको छ, मित्रहरु सिडिओ हुनुहुन्छ।  त्यो बेला थर्ड डिभिजनमा पास गरेकाहरु पछी कलेज टपर पनि भए । खासमा हाम्रो स्कुलको पढाइको क्वालिटी नभएको हो, विद्यार्थीचाहिं हामी पढ्ने खालकै थियौं ।

साइन्स पढ्छु भनेर भर्ना पनि भएँ । साउनदेखि दशैंसम्म साइन्स पढियो पनि । सबैले डाक्टर बन्नुपर्छ भन्थे । त्यहि भएर साइन्स पढेको थिएँ । एक दिन फुपूको छोराले साइन्स पढेर केहि हुन्न, डाक्टर बन्न थोरैमात्र कोटा छ, सकिंदैन भन्नुभयो ।

अवका विद्यार्थीलाई सुझाव !
पढ्ने भनेको कसैको करले होइन, आफ्नो भविष्यका लागि हो । धेरै नम्बर आएपछि साइन्स पढ्नुपर्छ, अलिकति कम आए म्यानेजमेन्ट पढ्नुपर्छ अनि कम नम्बर आए आर्ट्स पढ्नुपर्छ भन्ने कुरा गलत हो । आफु के बन्न चाहान्छु भन्ने कुरा बुझ्नुपर्छ । सोहि अनुसार विषय छान्नुपर्छ । अभिभावकले पनि ‘यो पढ र त्यो पढ’ भनेर कर लगाउनु हुन्न । तर बुझेर पढ्नुपर्छ । बुझेर पढाइनुपर्छ । जिन्दगी लामो छ । एसएलसी (अहिले त एसइइ भन्ने गरिन्छ) मात्र सबै कुरा होइन । एसइइमा राम्रो ग्रेड आएन भनेर निराश हुनुपर्दैन । राम्रो ग्रेड आयो भनेर मात्तिनु पनि हुन्न । मेहेनत गर्न छाड्नु हुन्न, सबैकुरा ठिक हुन्छ । एसइइ सकेका सबैलाई सुनौलो भविष्यको कामना !
(मनोज ज्ञवाली ज्योति बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । यो सामाग्री उनीसँगको कुराकानीमा आधारित हो ।)
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी