
प्रश्न : म सुमन केसी । मैले ५ दिनअघि कम्पनी रजिष्ट्रारको कार्यालयमा सफ्टवेरहरु बनाउने उद्देश्यका साथ आईटि कम्पनी दर्ता गरेको छु । अव यो आर्थिक बर्षको असार एक महिनामात्र बाँकी भएकाले मेरो यो अवधिमा २० लाख कारोबार पुग्दैन । लगभग १०-११ लाख पुग्छ होला । २० लाखभन्दा कम कारोबार गर्नेलाई भ्याटमा जानु पर्दैन भन्ने सुनेको छु । कुरा के हो ? मैले अहिले प्यानमा दर्ता गरेर साउनमा भ्याटमा दर्ता गर्न मिल्छ ? उचित जवाफको आशमा छु ।
जवाफ : सुमनजी, तपाईंले कम्पनी आइटीसँग सम्बन्धित भएकाले कम्पनीको उद्देश्यमा विद्युतीय सफ्टवेयर सम्बन्धि कारोबार गर्ने’ उद्देश्य पनि राख्नु भएको छ भने तपाईंको कम्पनी २० लाख भन्दा कम कारोबार नै गरेपनि भ्याटमा दर्ता गर्नुपर्छ । कुनै पनि व्यवसाय दर्ता गर्दा सो व्यवसाय मु.अ. कर ऐन अन्तर्गत भ्याटमा दर्ता हुन पर्ने कि नपर्ने भनी निर्क्योल गर्न आवश्यक छ । मू.अ. कर ऐनको दफा १० अन्तर्गत तथा मू.अ. कर नियमावली अन्तर्गत मू.अ. करमा अनिवार्य रुपमा दर्ता गर्नुपर्ने भनी ‘ईटा उत्पादन गरी कारोवार गरेमा, मदिरा, वाइन हेल्थ क्ल्ब, डिस्कोथेक, मसाज थेरापी, मोटर पार्टस्, विद्युतीय सफ्टवेयर, भन्सार एजेण्ट, खेलौनाको व्यवसाय, कवाडि तथा पत्रुको व्यवसाय, ट्रेकिङ, र्रयाफ्टिङ, अल्ट्रालाइट फ्लाइट, प्याराग्लाइडिङ, पर्यटक सवारी, क्रसर, वालुवा खानी, स्लेट र ढुंगा उद्योग सम्बन्धी व्यवसाय’ अनिवार्य रुपमा भ्याटमा दर्ता गर्नुपर्ने उल्लेख छ ।
प्रचलित नियम अनुसार कुनै व्यक्तिले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका वा विभागले तोकेको क्षेत्रभित्र हार्डवेयर, सेनिटरी, फर्निचर, फिक्स्चर, फर्निसिङ्ग, अटोमोवाइल्स, मोटर पार्ट्स, इलेक्ट्रोनिक्स, मार्बल, शैक्षिक तथा कानुनी परामर्श, लेखा तथा लेखापरिक्षण सम्बन्धी सेवा, क्याटरिङ्ग सेवा, पार्टी प्यालेस व्यवसाय, पार्किङ सेवा, मेशिनरी उपकरण प्रयोग भएको ड्राईक्लिनर्स, बार सहितको रेष्टुरेण्ट, आइसक्रिम उद्योग, कलरल्याब, बुटिक, सुटिङ्ग सर्टिङ्गको सामान सहितको टेलरिङ्ग व्यवसाय, शिक्षण संस्था वा स्वास्थ्य संस्था वा अन्य निकायमा युनिफर्म आपूर्ति गर्ने काम गर्छ भने त्यो कम्पनी भ्याटमा दर्ता गर्नुपर्छ ।
माथि उल्लेखित अवस्था बाहेकका हकमा वस्तुको कारोवार वार्षिक रु. ५० लाख, सेवाको कारोवार वार्षिक रु. २० लाख र वस्तु तथा सेवाको मिश्रित कारोवार वार्षिक रु. २० लाखभन्दा बढी भएमा भ्याटमा दर्ता गर्नुपर्छ । त्यस्तै एक पटकमा दश हजार रुपैया भन्दा वढीको करयोग्य वस्तु पैठारी (आयात) गर्ने व्यत्ति भ्याटमा दर्ता गर्नुपर्छ । तर यदि तपाईको व्यवसायको कारोबार गरिने वस्तु वा सेवाहरु मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची १ मा उल्लिखित छन भने तपाईको व्यवसायलाई मू.अ. करमा दर्ता गर्नु पर्ने छैन । तर तपाईंको कम्पनीले विद्युतीय सफ्टववेयर बनाउने काम गर्ने उद्देश्य राखेको छ भने तपाईंले अनिवार्य रुपमा भ्याटमा दर्ता गर्नुपर्छ । अहिले प्यानमा दर्ता गरेर साउनपछि भ्याटमा जान्छु भन्न मिल्दैन । तपाईंले गर्ने सफ्टवेर सम्बन्धि कारोबार भ्याटमा दर्ता नै गरेर गर्नुपर्छ ।
(कर जिज्ञासा र समाधान अर्थ सरोकार डटकमको नियमित स्तम्भ हो । तपाईंका पनि केहि समस्या छन् भने arthasarokarnews @gmail .com मा मेल गर्नुहोला ।)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्