×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३२ मिनेटको भिडियोमा हेर्नुहोस् गभर्नरको ‘मौद्रिक नीति’ वाचन (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

३२ मिनेटको भिडियोमा हेर्नुहोस् गभर्नरको ‘मौद्रिक नीति’ वाचन (भिडियो)

Artha Sarokar

८ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै १५ लाख रुपैयाँसम्मको कृषि व्यवसाय कर्जा सात दिनभित्र दिनुपर्ने व्यवस्था गरेको छ । यस्तो कर्जा दिन नमिल्ने भए कारणसमेत खुलाउनुपर्ने नियम राष्ट्र बैंकले ल्याएको छ । यस्तो कर्जाको लागि बैंक तथा वित्तीय संस्थाले आधारदरमा २ प्रतिशतमात्र थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने छ। यता यस्तो कर्जा दिँदा बैंकले कुनै पनि प्रकारको सेवा शुल्क लिन नपाउने र समय अगावै कर्जा भुक्तानी गरेमा पनि अग्रिम भुक्तानी शुल्क लिन नपाउने व्यवस्था मौद्रिक नीति मार्फत ल्याईएको छ । 
यस्तै मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले अव बैंकहरुले बिमा बेच्न नपाउने नियम ल्याएको छ । आर्थिक बर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर चिरन्जीवी नेपालले बैंकहरुले बिमा बेच्न नपाउने घोषणा गरेका हुन् । यस अघि बैंकहरुले बैंकास्योरेन्सको नाममा मनपरी ढंगले बिमा बेच्दै आएका थिए ।
यस्तै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फ्फत बैंकहरुबाट ५० लाखसम्म कर्जा लिंदा स्थायी लेखा नम्बर अनिवार्य चाहिने व्यवस्था गरिएको घोषणा गरेको छ । 
यस्तै मौद्रिक नीतिमा राष्ट्र बैंकले सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयनमा लैजाने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा ल्याएको यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्ने भएको हो।
यस्तै नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक बर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकका गभर्नरले फेसबुक लगायतका सामाजिक संजालमा विज्ञापन गर्न पेमेन्ट गेटवेको व्यवस्था गरिने बताएका छन् । यो घोषणालाई अझ स्पष्ट पार्दा पेपाल लगायतका केहि गेटवेहरुलाई राष्ट्र बैंकले बैधानिकता दिने संकेत देखिएको छ । 
यस्तै मर्जरमा जाने बैंकका सीइओ र उच्च व्यवस्थापनलाई कुलिङ पिरियड नलाग्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नरले यस्तो घोषणा गरेका हुन् । यसअघि वाणिज्य बैंक तथा विकास बैंकका सीइओहरुलाई कुलीङ पिरियड लागु हुने गरेको थियो । अव मर्जरमा जाने बैंकहरुको हकमा यो नीति लागु नहुने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी