×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

संगीत चोरीको फरक पाटो : आफ्नै संगीत दोहोर्याएर संगीतको क्रेतालाई अन्याय गर्नेलाई के भन्ने ? के गर्ने ?

संगीत, वा लय मिल्यो, साभार भयो, वा चोरियो भन्ने विवाद, वाद- प्रतिवाद नयाँ विषय होइन । अघिल्लो पुस्ताका सम्भु राइदेखि पछिल्लो पुस्ताका प्रकाश सपुतसम्मले भोगेको, देखेको, सुनेको सत्य हो यो । गीत सुन्ने, गाउने, बजाउने, वितरण गर्ने सबैले देखेको सामान्य जस्तो देखिने असामान्य र गलत संस्कृति हो ।  तर जव जव अरुको गीत चोरीको कुरा आउँछ, विवादको समाधान खोजिन्छ । क्षतिपूर्ति तोक्ने देखि आफ्नो नाम राख्नेसम्मका ‘सजाय’ तोकिन्छन् । कोहि चोरेको स्वीकारेर महान हुन्छन्, कोहि चुप लागेर बदनाम । 
कसैले यस्तो साभारलाई संयोग भन्ने गर्छन् त कतिको नियोजित दुष्प्रयास देखिन्छ । पछिल्लो पुस्ताका प्रकाश सपुतदेखि टंक बुढाथोकीसम्मलाई यसरी संगीत चोरीको आरोप लाग्यो । अघिल्लो पुस्ताका सम्भुजित बास्कोटाहरु पनि यो आरोपबाट अछुतो छैनन् । बाँस्कोटाका अन्य समकालीन र त्यहाँ भन्दा अघिल्लो पुस्तामा थुप्रै त्यस्ता ‘संगीत चोर’हरु देखिएकै हुन् । त्यसमा पनि चलचित्रका गीतहरुको हकमा त निर्माताले नै कुनै एउटा गीत ल्याएर ‘ठ्याक्कै यस्तो बनाइदिनु’ भनेको परिणामका बीच थुप्रै चोरीका इतिहासहरु गलत दस्तावेजहरु तयार भएका छन्।
आफ्नै संगीत दोहोर्याउने-तेहेर्याउनेलाई के भन्ने ?
मानौं तपाईंले आफ्नो रचना एउटा सगीतकारलाई दिनुभयो । उसले राम्रो संगीत गरिदियो । तर पछी थाहा भयो कि उक्त संगीत तिनैले संगीत दिएको कुनै गीतको लयसँग मिल्यो । अव के गर्ने ? कुनै उपाय छैन । यहि निर्विकल्प तनावको नतिजा देखेका केहि गलत प्रवृतिका व्यक्तिहरुले आफ्नै संगीत दोहोर्याउने-तेहेर्याउने काम गरिरहेका छन् । पछिल्लो समयमा अरू सर्जकको सिर्जना चोरी भएका, गरेका घटना हेरेर ठुला कुरा गर्तने तीनै कथित संगीतकारहरु आफ्नै संगीतलाई ‘रिपित’ गरेर गीत सर्जकमाथि अन्याय गरिरहेका चाहन ।
संगीतकार व्यस्त भएर हो वा नजानेर हो ? वा तिनका खोपडीमा त्यति नै भएर हो ? वा तिनको दुइ-४ वटा संगीत पनि कतै बाट इन्स्पायर्ड हो ? तीनै जानुन् तर त्सत्य यहि हो संगीतकाहरुले आफ्नै संगीतलाई नै अन्य गीतमा कपि गरिरहेका छन् । क्या मज्जा है ? आफ्नै गीत आफै कपि ? न जरिवानाको तनाव न दिमाग खियाउनुपर्ने झन्झट ? ‘हुन त आफ्नै स्वामित्व रहेको सिर्जना कपि गर्न नपाउनु ?’ भन्ने कुरा उठ्न सक्छ । तर उही घर दुइ जनालाई बेच्न पाइन्छ र ? यो सरासर अपराध हो । सर्जकमाथिको अन्याय हो । त्यसका लागि लिइएको पैसाका लागि गरिएको बौद्धिक लुट हो । जनतामाथि थोपरिएको झुट हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: