×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनसिटि ‘लफडा’को फलोअप : ‘उपस्थित भयौँ भनेर खाली पेजमा हस्ताक्षर गर्दा कानुनी समस्या’, अव के हुन्छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनसिटि ‘लफडा’को फलोअप : ‘उपस्थित भयौँ भनेर खाली पेजमा हस्ताक्षर गर्दा कानुनी समस्या’, अव के हुन्छ ?

Artha Sarokar

१ आश्विन २०७६, बुधबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । सनसिटी अपार्टमेन्ट्सको हस्तान्तरणको निम्ति सांग्रिला हाउजिङ्ग प्रालिले यस अघि सम्झौता गरेको पाइएका दुई संस्थाहरुमध्ये बासिन्दाहरुले दर्ता गरेको ‘सनसिटी अपार्टमेन्ट वेलफेयर’ सोसाइटीलाई गोप्य रुपमा खारेजीमा (लिक्विडेसनमा) लैजाने योजना अनुरुप काम भएको रहस्य खुलेको छ । यहि अनुरुप भाद्र २७ गते आर्थिक राष्ट्रिय दैनिकमा लिक्वीडेटरको कार्यालयबाट खारेजीको सुचना प्रकाशित भएको छ । सो संस्था खारेज भए कम्पनीको पूर्व योजना अनुरुप आफैले दर्ता गरेको एवं खरिदकर्ताहरु सदस्य नरहेको संस्थामा कानुनी हस्तान्तरणका बाँकी प्रकृया अघि बढ्नेछ ।

लिक्विडेसनको प्रकृया नै गैरकानुनी ? 
संस्था दर्ता ऐन अनुरुप दर्ता भएका संस्थाहरु विघटन गर्न दुई तिहाइ साधारण सदस्यको निर्णय चाहिन्छ । तर सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको हकमा यो निर्णय गरिएको नै छैन । ‘यो सुचना देखिएपछि हामीले लिक्वीडेटरलाई सम्पर्क गर्दा निजले आफुसँग निर्णय आउनबाँकी रहेको र सुचना निकालीदिनु भनिएकाले सुचना निकालिएको बताइएको जनाएका थिए । अहिले पूरानो मितिमा कोठाभित्र बसी माइन्यूट बनाउने र हस्ताक्षर मिलाउने कार्य भैरहेको छ। यो कानुनी प्रकृया पुर्याउने कार्यमा विगतमा जिल्ला न्यायाधिशबाट अवकाश लिएका सोसाइटीकै एक पदाधिकारीले प्रत्यक्ष संग्लग्न छन् । अव न्याय माग्न कहाँ जाने ?’ एक अपार्टमेन्टबासीले गुनासो पोखे ।
अर्थ सरोकारलाई उपलब्ध सनसिटी अपार्टमेन्टका युनिट धनीहरुको छलफल गर्ने भाइवर ग्रुपमा यस निर्णय विरुद्ध सदस्यहरुले आक्रोश व्यक्त गरेका छन् । सोसाइटीका एक निर्वाचित पदाधिकारी भन्छन्, ‘सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको कार्य समिति को कुनै बैठक नबसेको र खारेजी (liquidation) सम्बन्धि कुनै प्रस्ताव पास नभएको सबैलाई जानकारी गराउन चाहन्छु। यो अध्यक्ष र उपाध्यक्ष को एकलौटि निर्णय हो। यति संघर्ष पछि दर्ता गराइएको संस्थालाई आफ्नो स्वार्थ पुर्ति पछि खारेजीमा लैजानु सरासर धोखाधड़ी हो।’ त्यस्तै अर्का एक सदस्यले लेखेकाछन्, ‘सनसिटी अपार्टमेण्ट वेलफेयर सोसाईटी२०७६/५/२१मा भेलामा सोसाईटी खारेज गर्ने विशेष प्रस्ताब पेश भएको थियो र??’
दोष कसको ?
अर्थ सरोकारले सनसोसाइटी कै एक बासिन्दालाई प्रश्न गरेको थियो, ‘माइनुट मिलाइयो यत्तिकै भन्न मिल्छ र ?’ ‘माइनुटमा सहि गर्ने ले बुझेरै सहि गरे होलान नि ?’ नाम नखुलाउने शर्तमा उनले भने, ‘यसको निम्ति सनसिटीबासी स्वयं उत्तिनै दोषी छन् । दोष गोल्छालाई वा सोसाइटीका अध्यक्षलाई दिनु लज्जास्पद हो । उपस्थिति भनी खाली पेजमा सहि गर्ने, निर्णयको माइनुट के लेखियो कहिल्यै नखोज्ने एवं आफ्ना दायित्व र कानुनी अधिकारप्रति सजग नभई बेवास्ता गर्ने तर अहिले गलत भयो भन्नु ठिक छैन । पहिला देखि नै देखिएको हो मिटिंगमा अधिकांश अपार्टमेन्ट धनी उपस्थित हुदैनन्, भए पनि तयारी हुदैन। नेतृत्व गर्न अघि नसर्ने एवं पटक पटक उही गलत व्यक्तिलाई चयन गर्ने हाम्रो समस्या हो।’  अपार्टमेन्ट बासीहरुका अनुसार हस्तान्तरण लिएको सम्झौता गरिएको भनिएको लगत्तै बासिन्दाका विरोधका बाबजुद सोसाइटिले मासिक मर्मत सम्भार शुल्क बढाउने निर्णय गरेको सुचना टासेको थियो।
सोसाइटी खारेज भए के हुन्छ?
२०७६ भाद्र ८ मा मात्र सनसिटी व्यवस्थापनको हस्तान्तरण सम्झौतामा सहि गर्ने संस्थाले अचानक २०७६ भाद्र 
२१ मा खारेजीमा जाने निर्णय शंकास्पद देखिएको अपार्टमेन्टबासीहरुको भनाइ छ । सोसाइटी खारेजीमा गए सांग्रिला हाउजिङ्ग आफैले दर्ता गरेको र आफ्नै नियन्त्रणमा रहेको सनसिटी हाउजिङ्ग वेलफेयर सोसाइटीलाई प्रोजेक्ट हस्तान्तरण गर्ने बाटो सहज हुने निश्चित छ ।
यो सामाग्री छुटाउनु भयो कि ?
काठमाडौँ । गोल्छा समूह प्रोमोटर रहेको सांग्रिला हाउजिङ्ग प्रालिले निर्माण गरेको सनसिटी अपार्टमेन्ट, काँडाघारीको हस्तान्तरण गैरकानुनी भएको भन्दै त्यहाँका अपार्टमेन्टबासीहरुले विरोध जनाएका छन् । करार बमोजिम निर्माण गर्न बाँकी रहेका सम्पुर्ण पूर्वाधार तयार नभई सोसाइटीका केहि व्यक्तिलाई प्रभावमा पारी यो काम भएको भन्दै विरोध भएको हो । यसमा भवन विभाग र मालपोतका कर्मचारीको पनि संग्लग्नता रहेको भन्दै उनीहरुले चरणवद्ध रुपमा अगाडी बढ्नेसमेत तयारी गरेका छन् ।
कहाँ उल्लङ्घन भयो करार सम्झौता ?
अर्थ सरोकारलाई उपलब्ध हस्तान्तरण सम्झौताको अनुसुची १ मा कम्पनीले बनाउन बाँकी रहेका पूर्वाधार एवं करार बमोजिम गर्नुपर्ने अन्य कामहरु पूरा गर्न एकमुस्ट रु ७० लाख सोसाइटीलाई दिने भनी उल्लेख छ। कम्पनीले आफै ति पुर्वाधार तयार गर्ने हो भने त्यसको निम्ति थप जग्गा थप्नुपर्ने हुने थियो । अनुसूची १ मा ब्याटमिन्टन कोर्ट बनाउने भनी रु ३ लाख र तलाउ बनाउने भनी ७ लाख रुपैयाँ दिने उल्लेख छ । यस्तै कम्पाउण्ड वाल, बेसमेन्ट सिलिङ्ग, ए र बिल्डिंगको पार्किंगमा टाइल्स जस्ता बिल्डर स्वयंले पूरा गर्नुपर्ने काम समेत गरिएको छैन । एच, आइ, जे टावरमा रंग गरिएको छैन र त्यसको निम्ति एकमुष्ट रु १२,३५,००० दिने भनिएको छ ।
यसकारण लाग्यो ‘गैरकानुनी हस्तान्तरण’को आरोप ! 
केहि वर्षअघि सनसिटी अपार्टमेन्टका खरिदकर्तालाई थाहा नदिईकन सांग्रिला हाउजिङ्गले सनसिटी हाउजिङ्ग वेलफेयर सोसाइटी भनी एक संस्था जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेको थियो । अचानक थोपरिएको संस्थाको अधिकांश अपार्टमेन्टका खरिदकर्ताले विरोध गरेका थिए । सांग्रिला हाउजिङ्गका तर्फबाट हेमन्त गोल्छाले त्यहीका एक वासिन्दालाई प्रयोग गरी उनी मार्फत अन्य केहि व्यक्तिलाई हात लिए । देखाउनका लागि 
सोसाइटीको अध्यक्ष कम्पनीले नियुक्त गर्ने विधानमा लेखिएको भएतापनि निज व्यक्तिलाई नै कार्यवाहक अध्यक्षको दायित्व दिइएको आरोप छ । सनसिटी हस्तान्तरणको कागजमा उनै रेग्मीले कार्यवाहक अध्यक्षको रुपमा सही गरेका छन् । 
विधानअनुरुप रु ५००० तिरी मात्र सदस्य हुने व्यवस्था भएको सो संस्थामा कोहि सदस्य नभए पनि अपार्टमेन्टको बत्ति पानीको भुक्तानी सांग्रिला हाउजिङ्गले सो संस्थामार्फत उठाउदै आएको थियो । सो सोसाइटीको सम्पुर्ण हिसाबकिताब सांग्रिला हाउजिङ्ग कै नियन्त्रणमा राखिएको आरोप त्यहाँका अन्य अपार्टमेन्टबासीहरुले लगाएका छन् । प्रोजेक्टको हस्तान्तरण लिनका निम्ति कम्पनीले दर्ता गरेको एकतर्फी सोसाईटीको विरोधमा रहेका सबै बासिन्दा मिली जिल्ला प्रशासन कार्यालयमै छुट्टै सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटी दर्ता गरिएको थियो । सोहि संस्थामा हस्तान्तरण लिने तयारीमा रहेका बासिन्दाले केहि हफ्ता अघिमात्र संस्थाको साधारण सभा गरेका थिए। सो सभाले हस्तान्तरण प्रकृया, खरिद विक्री करार सम्झौता एवं बिल्डरका दायीत्वको अध्ययन गरी कार्यसमितिलाई हस्तान्तरणको सुझाव दिन वरिष्ठ अधिवक्ता निरन्जन आचार्य, लक्ष्मी उप्रेती एवं बिमल ढुंगेल सहितको समिति बनाएको थियो । अपार्टमेन्ट बासिन्दा भन्छन्, सो समितिले काम गर्नु अगावै हल्ला फैलियो, सनसिटीको हस्तान्तरण भयो । बासिन्दाको संस्थाका तर्फबाट संस्थाका अध्यक्ष प्रविन झाले सम्झौतामा हस्ताक्षर गरेका छन्।
साधारण सभाले अख्तियारी नै नदिएको अवस्थामा अध्यक्ष प्रविन झाले सम्झौतामा कसरी हस्ताक्षर गरे त ? नाम
नखुलाउने शर्तमा त्यहि बसोबास गर्दै आएका एक व्यवसायी भन्छन्, ‘नियोजित रुपमा माइनुट परिवर्तन गरियो,
उपस्थितिमा सबैले हस्ताक्षर गरेकै थिए, कागज मिलाउन कुनै गारो कुरो भएन। ‘ बासिन्दाको आँखा छली कानुनी दायित्वबाट उम्किने गोल्छाको यो प्रयासमा साथ दिने बासिन्दाको संस्थाको अध्यक्ष प्रविन झाले हस्तान्तरण सम्झौतामा सहि गर्दा बासिन्दाको तर्फबाट कोहि साक्षी समेत नराखेको आरोप अपार्टमेन्ट बासिन्दाहरुको छ । सम्झौताको साक्षीका रुपमा सांग्रिला हाउजिङ्ग प्रालि कै कर्मचारी लक्ष्मी श्रेष्ठ र कम्पनीको सोसाइटीका कर्मचारी मात्र राखिएको छ।
पर्दा पछाडिका खेल यस्तो ?
गैरकानुनी रुपमा हतार-हतार गरिएको यो हस्तान्तरण पछाडी करोडौको खेल रहेको अपार्टमेन्ट बासिन्दामध्ये अधिकांसको बुझाइ छ । ‘१० वटा बिल्डिंग बनाउने भनी आकर्षक प्रोजेक्ट ब्रोसर देखाई बेचिएको सनसिटीमा खरिदकर्तालाई थाहा नै नदिई भवन विभागका कर्मचारीको मिलेमतोमा आधा प्रोजेक्ट नबनाउने भनि सांग्रिला हाउजिङ्ग प्रालिले दक्षिणतिरको जग्गा बेचेको थियो । बनिसकेको संरचना नभत्काई कम्पनीसँग तलाउ र ब्याटमिन्टन कोर्ट बनाउन सनसिटीमा जग्गा थिएन । ब्रोसरमा देखाइएका अरु पूर्वाधार समेत त्यहि रुपमा बनाउदा कम्पनीको करोडौ खर्च हुने थियो। नभएको ठाउमा तलाउ र ब्याटमिन्टन कोर्ट कहाँ बनाउने? कानुनी रुपमा व्यवस्थापन मात्र गर्ने सोसाइटीले बिल्डरको काम कसरी गर्न मिल्छ? तर यो सबै जान्दा जान्दै भवन बिभागले हस्तान्तरण स्वीकृति कसरी दियो? प्रविन झा र पुस्कर रेग्मीले बन्द कोठामा बसी हस्तान्तरण लिने निर्णय किन गरे? यसै कारण सनसिटीका बासिन्दाहरु सांग्रिला हाउजिङ्ग, प्रविन झा र पुस्कर रेग्मी र भवन विभाग विरुद्ध आवस्यकता अनुरुप सर्वोच्च अदालत र अख्तियारमा निवेदन दिने प्रकृयामा हामी छौं’ अपार्टमेन्टबासी एक व्यवसायीले भने ।
उनका अनुसार प्रति आना ३० लाख भन्दा कममा सनसिटी छेउमा जग्गा नपाइने र एउटै अपार्टमेन्टलाई करोडमा खरिदविक्री हुने अवस्थामा कागज मिलाई गरिएको यो हस्तान्तरण पछाडी करोडौका स्वार्थ जोडिएका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी