
रेमिट्यान्सको वृद्धिले घरेलु व्यापार तथा उपभोग बढाउने बताएपनि यसलाई उत्पादन मुलक क्षेत्रमा जान नसक्नुको कारण भने खालाएको छैन् । त्यस्तै विश्व बैंकले भ्रमण वर्ष २०२० मा पर्यटकको आगमन उच्च हुन सक्ने र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थाल निर्माण भएमा होटल व्यवसायमा उल्लेख्य सुधार भई अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान समेत बढ्न सक्ने उल्लेख गरेको छ । तर सेवा र रेमिट्यान्सको योगदान बलियो हुँदा औद्योगिक क्षेत्रको वृद्धिदर भने कमजोर रहेको जनाएको छ । यो अवधिमा सेवा क्षेत्रको वृद्धिदर ५७ प्रतिशत र कृषिको योगदान थप २४ प्रतिशत रहेको विश्व बैंकले जनाएको छ । विश्व बैंकले सन् २०१९ मा ४ दशमलव ५ प्रतिशत रहने भएपनि २०२० मा ५ प्रतिशत भन्दा बढी मूल्य वृद्धि रहने प्रक्षेपण पनि गरेको छ ।