×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अर्थ समितिमा बीमा बिधेयकबारे ‘धमाकेदार’ छलफल : हेर्नुहोस् कसले के-के भने ? को जंगीए ? (भिडियो रिपोर्ट)

काठमाडौँ । अर्थ समितिमा बीमा बिधेयकबारे ‘धमाकेदार’ छलफल भएको छ । पूर्व अर्थमन्त्रीहरुकोसमेत उपस्थिति रहेको उक्त छलफलमा विभिन्न व्यक्तिहरुले बीमा बिधेयकबारे बहस गरेका थिए । बीमा समितिका पूर्व अध्यक्ष फत्तबहादुर केसीले पूर्व अध्यक्ष केसीले बीमा विधेयक ल्याउन एकदिन पनि ढिलो गरिए अहिले सम्म पशुपतिनाथको आशिर्वादले बचेको नेपालको बीमा क्षेत्रमा कुनैपनि दिन ठुलो दुर्घटना निम्तिन सक्ने बताएका छन्। 
‘जस्तो भएपनि चडोभन्दा चाडो यो ऐन आउनुपर्छ कमी कमजोरी त पछि संशोधन गरेपनि हुन्छ भन्ने मेरो मान्यता हो । कुनै हालतमा पनि यो ऐन प्राथमिकतामा पर्नुपर्छ । एक दिन पनि यो ऐन ढिलो गरियो भने, अहिले सम्म त्यस्तो दुर्घटना भएको छैन बचाएका छन पशुपतिनाथले भोलि बीमामा ठूलो दुर्घटना हुन सक्छ जुन मौजुदा बीमा ऐनले समेट्दैन’ उनले भने। 
बैठकमा बीमा विज्ञ सुरेन्द्रमान प्रधानले प्रस्तावित विधेयकमा सुधार गर्नुपर्ने विषयहरु धेरै रहेको बताएका छन् । उनले नेपालको बीमा क्षेत्रको विकासका लागि गर्नुपर्ने काम धेरै रहेकोले विधेयकका अधिकांस दफामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । 
बैठकमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले विधेयकमा नेपालमा बीमा व्यवसाय गर्न विदेशी कम्पनी पनि आउने व्यवस्था गरिएकाले त्यसलाई हाटाउन सुझाव दिएका छन् । त्यस्तै बीमा कम्पनीको लाइसेन्स प्रत्येक वर्ष नविकरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नेगरी विधेयक ल्याउन सुझाव दिए।
बैठकमा सांसद ज्ञानेन्द्र बहादुर कार्कीले सबै संस्थाहरुलाई नियन्त्रण गर्न लागिएको बताए । उनलेसुक्ष्म नियन्त्रण गर्नुभन्दा बीमा संस्थाहरुलाई पारदर्शी र उत्तरदायी बनाउने व्यवस्था ऐनमा ल्याउनुपर्ने बताए । सांसद सुरेन्द्रप्रसाद पाण्डेले बीमा व्यवसायलाई अझबढी प्राक्टिकल बनाउने र यस प्रतिको विश्वास जगाउने काम नगरे नेपालमा बीमा व्यवसायको विस्तार सम्भव नभएकोसमेत बताए ।
अर्थसचिव शिशिरकुमार ढुङ्गानाले बीमा गर्नेले पाउने सेवा सुविधा र उसले गर्ने दावी भूक्तानी समयमा दिन सकिएन भने बीमा व्यवसाय प्रतिको विश्वास कमजोर भएर जाने तर्क बैठकमा प्रस्तुत गरे । उनले नियामक निकायलाई नियमनको हिसाबबाट काम गर्न दिनुपर्ने वातावरण बनाउनुपर्नेसमेत धारणा राखे । बीमा सम्बन्धी कानूनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयकको दफावार छलफल हुनु अघि बसेको उक्त बैठकमा विज्ञहरुले बीमा समितिलाई अझबढी स्वतन्त्र र सुदृढ गराएर लौजानेगरी विधेयक आउनुपर्नेमा जोड दिएका हुन् ।
भिडियोमा हेर्नुहोस् कसले के के भने ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: