क) लक्ष्य र प्राप्ति प्रमुख बुँदाहरु
सकारात्मक कुन कुराहरु रहे?
निर्यात २६.१ प्रतिशतले बढेको र आयात ४ प्रतिशतले घटेको कारण व्यापार घाटामा ६.१ प्रतिशतले कमी आएको छ । बिदेशी निक्षेप स्वीकार गर्नसक्ने प्रावधानको सदुपयोगको शुरुवात संगै १ मिलियन अमेरिकी डलर बराबरको बिदेशी निक्षेप बैकहरुले प्राप्त गरेका छन् । आरटिजिएस संचालनमा ल्याईसकिएको छ।
के कुराहरु सोचे जस्तो भएनन?
सरकारको पूँजीगत खर्च गर्ने अवस्था अझै उस्तै रहेको छ। राजश्व संकलन जति पनी बजेट खर्च नभएको स्थीति छ । पूँजीगत खर्च जम्मा रु.६२.७७ अर्व भएको छ। मुद्रास्फिति दर ६ प्रतिशतमा राख्ने लक्ष्य पुरा भएन । खाध्य बस्तुको मुद्रास्फिति दर १० प्रतिशतभन्दा माथि पुगेको छ । (पौष २०७५ मा जम्मा २.७ प्रतिशत थियो) आन्तरिक कर्जा २४ प्रतिशत तथा निजी क्षेत्रतर्फको कर्जा २१ प्रतिशतले बृद्दिको लक्ष्य रहेकोमा क्रमश : १४.१ र १४.९ प्रतिशत मात्र हुन सकेको छ।
ख) नितीगत व्यवस्थामा मुख्य परिवर्तन : के सहज बनाईयो?
घर कर्जा र कृषि, पर्यटन तथा SME कर्जा:
स्वप्रयोजनका लागि निर्माण/खरिद गरिने पहिलो घर तथा रु.५० लाखदेखि रु.२ करोड रुपैयाँसम्मको कृषि, पर्यटन एवम् साना तथा मझौला पेशा र व्यवसायका लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान र नवीकरण गर्न सक्ने व्यवस्था गरिएको छ।
घरजग्गा व्यवसाय:
नियमानुसार दर्ता भएका घर जग्गा व्यवसाय कम्पनीहरुले सञ्चालन गर्ने सरकारको सम्वन्धित निकायबाट अनुमति प्राप्त आयोजनाका लागि प्रदान गरिने कर्जाको मूल्य अनुपात महानगरपालिका, उपमहानगरपालिका र काठमाडौं महानगरपालिकासँग जोडिएका नगरपालिका क्षेत्रमा अधिकतम ५० प्रतिशत सो बाहेकका क्षेत्रमा ६० प्यरतिशत कायम गरिएको छ । ( वर्तमान व्यबस्था यो ४० प्रतिशत र ५० प्रतिशत थियो)।
बैदेशीक ऋण:
नेपाली नागरिक, फर्म तथा सस्ंथाले व्यवसाय संचालन वा विस्तार गर्न यस बैंककोपूर्व स्वीकृति लिई भारतबाट भा.रु. १० करोडसम्म र अन्य मुलुकबाट अमेरिकी डलर १० लाखसम्म कम्तिमा ३ वर्ष अवधिको लागि सहुलियतपूर्ण व्याज वा विना ब्याजमा ऋण/सापटी लिन पाउने व्यवस्था गरिनेछ ।
कोरोना प्रभावित व्यबसायलाई राहत:
कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनर्तालिकीकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गरिनेछ।
प्राथमिकता क्षेत्रमा कर्जा:
प्राथमिकता क्षेत्रमा गरेको कर्जा लगानीलाई वाच लिष्टमा राखी ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने कुरामा केहि लचकता हुने।
के लाई नकारात्मक असर पर्यो?
लघुवित्तका शेयरधनीलाई लाभांस:
वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस शेयर) वितरणको प्रस्ताव गर्ने संस्थाले २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्