- रासस
महोत्तरी – महोत्तरीको भङ्गाहा नगरपालिका–४ पलारका ७५ वर्षीय चौठी बाँतरले बाटो हिँड्ने सबैसँग राख्ने जिज्ञासा हो – “हे भगवान् ! ती जरुवा कहाँ अलप भए ?” उहाँको भनाई छ “हाम्रो बस्ती नजिकै जोकाहाझिल (ताल) नजिक मात्र पनि १० भन्दा बढी ‘भूल’ (जरुवाबाट भुलभुल्ती निस्किने पानीको मूहान) थिए, थाहा छैन हेर्दाहेर्दै ती सबै कहाँ हराए । कसरी यस्तो भयो ? उहाँ छक्क पर्नुहुन्छ । तर दुःखद पक्ष के छ भने बाँतरले बुझ्न चाहेका यी जिज्ञासा नयाँ पुस्ताका लागि भने अब किस्सा (किम्वदन्ती) मात्र बन्दै गएका छन् । किनभने यो पुस्ताले यी ‘जरुवा’, ‘भूल’ देख्न अवसर नै पाएन ।
बाँतर मात्र नभएर उहाँका समवय भङ्गाहा–४ रामनगरका ८० वर्षीय बिहारी अन्सारी, ७० वर्षीय इस्लाम राइन्, ८० वर्षीय गणपत यादब र ८७ वर्षीय श्रीनारायण साह पनि आफ्नो बस्ती नजिकको बडहरी खोल्सीका तीन किलोमीटर दुरीको अन्तरमा रहेका दर्जनौँ भुल्कीको पानीले बनाएको दहमा नुहाएको र जरुवा पानी खाएको झलझली सम्झिनुहुन्छ । “यति चाँडै त्यो सब सपना जस्तै लाग्न थाल्यो” उहाँहरु भन्नुहुन्छ ।
“बाबु, उ त्यो बालुवा थुप्रिएको ढिस्को देख्नु भयो नि १” भङ्गाहा–५ सीतापुरका ८५ वर्षीय शालिग्राम ढकालले आफ्नै बस्ती नजिकको भुताहा भनिने खोल्सी नजिकको बालुवाको थुप्रोतिर देखाउँदै भन्नुभयो–, “त्यहाँ २०२७ सालसम्म कञ्चन ९सफा० पानीका ठूलठूला दह थिए । ती दहलाई हात्ती नुहाउने दह भनिन्थ्यो । मानिस पस्न डराउँथे, त्यति ठूला थिए । खोइ आज कहाँ गए रु” पहिले हात्तीसार पनि भनिने त्यो दहको चारैतिर घाँसे मैदान रहेको ढकाल सम्झनुहुन्छ । तर, यस ठाउँमा अहिले भने बाह्रैमास धुलो उडिरहेको छ ।
रामनगर, पलार, टोकाटोल र थारुटोल बनरा (भङ्गाहा–४ का बस्तीहरु०) बीचको रातु नदीमा २०४६ सालसम्म २० भन्दा बढी दह रहेका थारुटोल बनराका बासिन्दा ७० वर्षीय रामऔतार सिंह थारु बताउनुहुन्छ । “यहाँ ठूलठूला दह र वरिपरि घाँसे मैदान थियो, यहीँकै जरुवा पानीले खेतीपाती सबै चल्थ्यो” थारुले भन्नुभयो–, “हेर्नोस्, अहिले यही ठाउँमा अनियन्त्रित नदी उत्खनन् बढेर सुख्खा खाल्डैखाल्डा देखिन्छन् ।” भङ्गाहा–४ कै रातु नदी तट र सो क्षेत्रसहितको तीन किलोमीटर दुरीभित्र अहिले २१ वटा क्रसर उद्योग सञ्चालनमा छन् ।
तीन दशक अघिसम्मको यो जलाधार र हराभरा क्षेत्र अहिले सधैँ बुङ्बुङ्ती धुलो उडिरहने मरुभूमि जस्तै बनेको छ । चुरे पाहाड देखि ३० किलोमीटर तलसम्मका नदीतटमा बग्रेल्ती सञ्चालित क्रसरले बालुवा ढुङ्गा निकाले पछि बनेका खाल्डोले यहाँको भूगोल नै कुरुप बनाएको छ । चुरेका ढिस्को ढालिने, खहरे खोस्रिएर बालुवा ढुङ्गा निकालिने र वरपरका बुट्यान मासिने क्रमले पानीको सतह गहिरिदै गएर अब प्रदेश–२ भरकै पूर्वपश्चिम राजमार्ग दाँयाबाँयाका बस्तीहरुमा बर्सेनी हिउँद देखि नै खानेपानीको सङ्कट बढेको भङ्गाहा–७ मेघनाथगोरहन्नाका बासिन्दा तथा चुरेविज्ञ डा।विजयकुमार सिंह बताउनुहुन्छ ।
“महोत्तरीका बर्दिवास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा चैतमै खानेपानीको हाहाकार परिसक्यो” राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिमा विज्ञ रहेर काम गरिसक्नु भएका डा। सिंहले भन्नुभयो “यो समस्या चुरे काछको पर्साको ठोरीदेखि सप्तरीको कञ्चनरुप सम्मकै बासिन्दाले भोग्दैछन् ।” भङ्गाहाका ७० वर्ष माथिका ज्येष्ठ नागरिकले राख्नुभएका यी सबै जिज्ञासाहरु प्रकृतिमाथिको अनियन्त्रित दोहनले जन्माएको हो भन्नुहुन्छ डा.सिंह.
महोत्तरी जिल्लाको उत्तरी क्षेत्रका बर्दिवास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा चैत लाग्नासाथै खानेपानीको सङ्कट बढेको गुनासोसँगै यस भेगमा चुरे पाहाडी क्षेत्रका ढिस्का, नदीतट, खहरे र नदी उकास क्षेत्रमा बढ्दो उत्खनन्बारे अब आक्रोस बढेको छ । “हामीले न राम्ररी पानी खान पायौँ न त निदाउन पाएका छौँ” भङ्गाहा–४ रामनगरका हीरा महतो भन्नुहुन्छ, “बस्ती छेउमै सञ्चालित क्रसरले अजङ्गका खाल्डा बनाएर सधैँजसो धुलो उडाइरहेपछि त्यसको नियन्त्रणमा आवाज उठाउँदा अहिले मुद्दा खेपिरहेका छौँ ।” बस्ती नजिकका चरनक्षेत्र, जलाधारक्षेत्र र सामुदायिक वनक्षेत्रमा पछिल्ला तीन वर्षयता २५ फिटसम्म गहिरो खाल्डो खनेर बालुवा ढुङ्गा उत्खनन् भइरहेको महतोको भनाई छ । यो क्रम रोक्न जाँदा आपूmसहितका चारजना साथीले क्रसर उद्योगीले चलाएका डाँका मुद्दा खेप्नुपरेको महतोले बताउनुभयो ।
प्रकृतिमाथि अनियन्त्रित दोहन बढ्दै जादा अनिकाल, खडेरी, अतिवृष्टि, बाढी र डुवानको पीडा अब आफुहरुको नियति नै बनेको यस भेगका पाका बुद्धिजीवी बताउँछन् । “हेर्नुहोस्, यसपाली चैतमै खानेपानीका स्रोतका मूहान सुक्दै गए” नदी, पानीखोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मूहान सुक्दै गएकोतर्फ इङ्गितगर्दै बर्दिवास–१४ का बासिन्दा खड्गबहादुर सिंहले भन्नुभयो–, “यो सबै प्रकृतिको अनियन्त्रित दोहनबाट मानवसिर्जित समस्या हो ।”
महोत्तरीको उत्तरी क्षेत्रमा सामान्यतया अत्यन्त राप बढ्ने बैशाख र जेठमा खानेपानीको समस्या हुँदै आएपनि यसपाली भने मध्य चैतपछि नै पानीका मुहान सुक्दै गएका छन् । अब असारमा राम्रो वर्षा नहोउञ्जेल खानेपानीको हाहाकार बढ्दै जाने यस भेगका बासिन्दाको गुनासो छ ।
प्राकृतिक सम्पदाहरुको उपयोग, संरक्षण र सम्बद्र्धनको नीति बनाउने, तत्सम्बन्धी कानुन बनाएर कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी भएका स्थानीय तहहरु यसबारे बेखबरजस्तै बनेका सर्वसाधारणको गुनासो छ । “बस्ती बस्तीमा सञ्चालित क्रसरहरुको कानुनी हैसियत के छ रु स्थानीय तहको स्वीकृतिविना यी चल्न सक्दैनन् । यो कसले अनुगमनगरिदिने रु” अब आममानिसले यसरी प्रश्न तेस्र्याउन थालेका छन् । धेरैजसो ठाउँमा त स्थानीय तहका जिम्मेवार जनप्रतिनिधि नै क्रसर सञ्चालन गर्दै आएको पनि पाइएको बर्दिवास–६ कृष्णपुरका सामाजिक कार्यकर्ता राजकुमार महतो बताउनुहुन्छ ।
“जिल्ला समन्वय समिति र प्रदेशस भाको प्राकृतिक स्रोत साधन समितिका पदाधिकारी तथा सदस्यहरुले कैयौँ पटक उत्खनन् क्षेत्रको अनुगमन गर्नुभएको छ, तर खोइ कार्वाही रु” महतोले भन्नुभयो–, “नतिजा नदेखिने अनुगमनबारे हामीले बुझ्ने के हो रु” नदी दोहन नियन्त्रणमा स्थानीय तह र प्रदेशससभासहितका जनप्रतिनिधिमूलक संस्था र प्रहरी प्रशासन पनि असहयोगी देखिएको आमधारणा रेहको भङ्गाहा–४ रामनगरका नारायण दाहालको ठम्याई छ । “अब अन्न मात्र हैन, पानी वेगर छटपटाउने दिन आउनेवाला छ” दाहालले भन्नुभयो–, “चैतमै पानी भेट्न छाडियो अब जेठसम्म के हालत होला ?”
बस्तीबस्तीका इनार र चापाकल धमाधम सुकेपछि खानमात्र नभई बस्तुभाउलाई पानी खुवाउन समेत निकै सकस परेको बर्दिवास गौशाला र भङ्गाहा नगरपालिकाका सर्वसाधारणको गुनासो छ । चुरे पाहाड शृङ्खलाबाट निस्कने नदी क्षेत्रमा बालुवा ढुङ्गा उत्खनन् भइरहेको छ जसका कारण ठूला गहिरा खाल्डा नै बनाएका छन् । चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिदै जादा नदी, खोल्सी, इनार र चापाकलमा पानीको सतह गहिरिदै गएर चैतमै खानेपानीको हाहाकार मच्चिन लागेको विज्ञ बताउँछन् । “हामी प्राकृतिक सम्पदाको उपयोग र संरक्षणको कुरामा धेरै लापवरवाही भयौँ” महोत्तरीमा वर्षौंदेखि जलाधार क्षेत्र र चुरे संरक्षण अभियानमा जोडिदै आउनुभएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका अध्यक्ष नागदेव यादबले भन्नुभयो, “नदीहरुको अनियन्त्रित दोहन, चुरे क्षेत्र र यहाँका जलाधार क्षेत्रको संरक्षण गर्न नसक्ने हो भने दिनदिनै यो सङ्कट बढ्दै जानेछ ।” चुरे क्षेत्रका खोल्साखोल्सी, वनक्षेत्र, नदी, सिमसार क्षेत्र र पोखरी (तलाउ) पानीका मुख्य स्रोत भएका र खनिने इनारमा पनि यिनै स्रोतको प्रभाव हुने भएकाले यिनको संरक्षण एवं उपयोग नीति नबनेसम्म पानीको हाहाकार नटुङ्गिने यादबको ठहर छ ।
पछिल्ला केही वर्षयता जिल्लाका बाँके, मरहा, ओक्सी, जङ्घा, भब्सी, रातु र बडहरीसहितका नदीबाट बालुवा, ढुङ्गा अनियन्त्रित तरिकाले खन्ने, चुरे पाहाडको दोहन र वनविनास बढेसँगै जलाधार क्षेत्र संरक्षण नगरिदा खानेपानीका मुहान चाँडै सुक्न थालेका विज्ञहरुको भनाइ छ ।
यता स्थानीय तहका प्रतिनिधिले प्राकृतिक सम्पदाको संरक्षण र उपयोग नीतिको स्पष्ट खाका बनाएको दाबी गर्छन् । “हामी प्राकृतिक सम्पदाको संरक्षण र तिनको दिर्घकालीन उपयोेग र संरक्षणको नीति बनाउने कुरामा गम्भीर छाँैं” भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले भन्नुभयो, “विकास निर्माणका योजना र पूर्वाधार विकासका योजना प्राकृतिक सम्पदाहरुको संरक्षणलाई प्राथमिकतामा राखेर बनाइएको छ, तर यो कुरा एक ठाउँको प्रयासले मात्र हुन सक्दैन ।” यस्ता काममा प्रशासनिक सहयोग नपाइने गरिएको साहको गुनासो छ ।
यसैगरि प्राकृतिक सम्पदाहरुको संरक्षणबारे मुख्य समन्वयात्मक जिम्मेवारी पाएको जिल्ला समन्वय समितिले पनि अनियन्त्रित उत्खनन् नियन्त्रणका लागि अवैध क्रसर उद्योग बन्दगर्न स्थानीय तह र प्रहरी प्रशासनबीच राम्रो समन्वय नभएको जनाएको छ । “हामीले पटक पटक उत्खनन् क्षेत्रको अनुगमन गरेका छाँैं” जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंह भन्नुहुन्छ, “तिनका प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तह र स्थानीय प्रशासनलाई आग्रह गरेका छौँ, तर, कहीँ कार्यान्वयन हुन सकेका छैनन् ।”