×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनमा इन्टरनेटको चलाउनेको स‍ंख्या बढ्यो, युट्युब धेरै प्रयोग हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लकडाउनमा इन्टरनेटको चलाउनेको स‍ंख्या बढ्यो, युट्युब धेरै प्रयोग हुने

Artha Sarokar

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लकडाउनका बेला इन्टरनेट चलाउनेको संख्या बढेको एक सर्बेक्षणले देखाइएको छ । साइबर सुरक्षा तथा अनलाइन व्यवहारबारे चाइल्ड सेफ नेटले एउटा सर्वेक्षणमा सञ्चालन गरेको थियो । सर्वेक्षण अनुसार लकडाउनको समयमा ३४.५३ प्रतिशत मानिसले सबैभन्दा बढी दैनिक चार देखि छ घण्टा इन्टरनेट प्रयोग गर्ने गरेको छ भने १० देखि १२ घण्टा सम्म १५.२ प्रतिशतले प्रयोग गर्ने गरेको पाइएको छ ।
लकडाउनभन्दा अगाडि २६.९५ प्रतिशत मानिसले सबैभन्दा बढी दैनिक ४ देखि ६ घण्टासम्म र भने १० देखि १२ घण्टा सम्म ४.५ प्रतिशतले इन्टरनेट प्रयोग गर्ने गरेका थिए । नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार नेपालमा ७२.७ प्रतिशत मानिसको पहुँच ब्रोडब्याण्ड इण्टरनेटमा छ भने ५५.३ प्रतिशतले मोबाइल ब्रोडब्याण्ड इण्टरनेट चलाउँछन् । 
लकडाउनमा दैनिक धेरै प्रयोग हुने साइट तथा एप र युट्युब रहेको छ भने सबैभन्दा कम प्रयोग हुनेमा फ्री फायर गेम रहेको छ । त्यसैगरी धेरै प्रयोग हुने दोस्रोमा फेसबुक, तेस्रोमा नेपाली न्यूज पोर्टल, चौथोमा इन्स्टाग्राम, पाचौँमा अन्तराष्ट्रिय न्यूज पोर्टल, छैटौँमा विकिपिडिया सहित अन्य सिमिलर साइट, सातौँमा स्कुल तथा कलेजका साइट र त्यसपछि टिकटक, ट्विटर, पब्जी, स्न्यापच्याट लगायत अन्य अनलाइन गेम रहेका छन् ।

नेपालमा सरकारले अश्लील सामग्री राखिने साइटहरूमाथि प्रतिवन्ध लगाएको भए पनि बालबालिका तथा युवा वर्गसहितका ४ प्रतिशतभन्दा बढी उत्तरदाताहरूले त्यस्ता साइट आफुले हेरेको जनाएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी