बुटवल – विश्वभर कोरोनाको त्रास फैलिरहेका बेला आइतबार अर्थात चैत्र १६ गते बुटवलको आइसोलेसन अस्पतालमा भर्ना भएका सैनामैनाका ३४ वर्षीय बाबुराम थापाको निधन भयो । दुवईबाट गत चैत ७ गते नेपाल आएका उनलाई कोरोना संक्रमणको लक्षण देखिएपछि आइसोलेसन अस्पतालमा भर्ना गरिएको थियो । तर उनको मृत्यु उच्च ज्वरोका कारण भएको थियो ।
बाबुराम दुबईमा दुवईमा ट्याक्सी ड्राइभरका रुपमा काम गरी जीविकोपार्जन गर्दै आइरहेका थिए । उनको ज्यान उच्च ज्वरो कारण गएको कुरा गाउँघरका उनका कसैले पत्त्याएनन् । बाबुरामको मृत शरीरले अस्पतालमा मलामी कुरिरहेको थियो । मृत्यु भएको ४ दिनसम्म पनि रोग सर्ने पिरले नगए पछि उनको मृत शरीर अहिले पनिलुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमै छ ।
‘आफन्त जिउँदाका जन्ती र मर्दाका मलामी हुन् ।’ भने मलामी नपाउँदा बाबुरामकि श्रीमती रीता थापालाइ निकै पिरोलिरहेको छ । न त उनले आफैले मात्र आफ्नो पति लाश आर्यघाटसम्म लाग्न सक्छिन् लाश उठाउनको लागि न त मलामिनै पाउने छाटकाट छ । रिता र बाबुरामका ६ र ८ वर्षका साना साना छोराहरु थिए । जो आमासँग बसिरहेका थिए । रिताका श्रीमानको मृत्यु भएपछि रिताका आसपास पनि मानिसहरु आउदैन् । किनकी मनिसहरुले उनिलाईसमेत कोरोनाको दृष्टिले हेर्ने गर्दछन् । गाउँलेको शाहारा सहयोग चाहिने बेलामा रिता अहिले बेशाहारा बनेकी छिन् । साथ छ त केबल उनका कालिका २ छोराको । उनीहरुले कतिबेला आमाको आँसु पुछिदिन्छन् । कतिबेला टाउको थिचिदिन्छन् । “मान्छेहरूको भीडमा म एक्लै भएँ,” रीताले दुस्खेसो पोखिन्, “नरोऊ भन्ने त कोही छैन । शव उठाउने र दाहसंस्कार गर्ने मान्छेसमेत कोही पाइनँ ।”
उनले भनिन्, कम्तीमा शव ल्याएर काजक्रिया गर्नु पाए हुन्थ्यो भन्ने छ । त्यो पनि भएन ।” “परपरबाट आउँछन् र रमिता हेरेर फर्कन्छन् ।” रीताले दुस्खेसो पोखिन्, श्रीमान् नहुँदा अब कसरी नाबालक छोरा पाल्ने ? मैले त्योसमेत सोच्न भ्याएकी छैन । ”
बाबुरामका वुवा पनि छैनन् । रिटका जेठाजु पनि भारतबाट १० चैतमा पाल्पा आएका कारण अहिले रिब्दीकोटकै क्वारेन्टाइनमा बसेका छन् । क्वारेन्टाइनमा बसेका कारण उनलाई भाइको मृत्यु भए पनि निस्कन दिइएन ।त्यसैले रितले गाउँमा अरू दाजुभाइ खबर गरिन् । उनीहरुले आउंछु त भने तर आएका छैनन् । घरभेटी कृष्णप्रसाद ज्ञवालीलगायतको साहारामा आफ्ना श्रीमानलाई अस्पताल लागेकी उनलाइ अस्पताल पुर्याएपछि अस्पतालले जान भन्यो । त्यसपछि रिता आफ्ना श्रीमानलाई अस्पतालमा छोडेर डेरामा फर्किएकी थिइन् । उनि भन्छिन् त्यसपछि सधैका लागि एक्ली भएँ ।
श्रीमान्को अवस्था नाजुक छ, छिटो अस्पताल आउनुस् भने चैत १३ गते बिहान एकाएक फोन आएको उनि बताछिन्। अगाडी थप्छिन त्यसपछि एकदमै आत्तिए अस्पताल पुर्याइदिन हारगुहार गरे तर कोसीले सुनेनन्, बल्लतल्ल एउटा छिमेकिले अस्पताल पुर्याइदिए ।’ आफु पुग्दा श्रीमान मृत्युसितको अन्तिम लडाइँ लडिरहेको थाहा पाएको सुनाउदै भक्कानो छाडेर रुन थालिन् उनि ।
एकछिन पछी लामो सास फेर्दै फेरी भनिन् ‘भित्र जान र मुख हेर्न दिइएन । केही बेरमा मृत्यु भएको खबर मेरो कानमा पुग्यो’ त्यसपछि उनलाई आकाशबाट धर्तीमा बजरिएको जस्तो भयो, उनका आँखामा एकाएक कालो बादलले पर्दा लगायो । उनिसंग रुनु बाहेकको अरु बिकल्प केहि भएन्। धेरै बेर उनी एक्लै रोइ रहिन् । न त सान्त्वनाका लागी नजिक चिकित्सक गए, न त सुरक्षाकर्मी । नरोऊ भन्ने पनि कोही भएन ।
आफन्त र दाजुभाइलाई खबर गर्दा कोही नआएपछि रीता एक्लिँदै गइन् । जसोतसो रिता घर त् पुगे तर उनका नजिक न घरभेटी न छिमेकीनै गए । रिता भन्छिन् ‘पानी खुवाउन कोही आएन ।’ पति मरेदेखि रीताले खाना खाएकी छैनन् । “जुन दिन उहाँको दाहसंस्कार गर्न सकूलाँ, त्यही दिन खाउँला,” रीताले सुस्केरा हालिन्, “दैव लागोस् तर मलाईजस्तो मलामी पनि नपाइने गरी कोरोनाको त्रासले कसैलाई नछोओस् ।”