×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनका दुई र नवलपरासीका एक कोरोना सङ्क्रमितको भरतपुर कोरोना विशेष अस्पतालमा उपचार हुँदै !

GLOBAL IME BANK

चितवनका दुई र नवलपरासीका एक कोरोना सङ्क्रमितको भरतपुर कोरोना विशेष अस्पतालमा उपचार हुँदै !

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

भरतपुर । भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार राति कोरोना भाइरस पोजेटिभ देखिएका तीनैजनालाई यहाँस्थित भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल ल्याइएको छ । सो प्रयोगशालामा परीक्षण भएका १३१ जनामध्ये चितवनका दुई र नवलपरासीका एकजनामा पिसिआर परीक्षण पोजेटिभ देखिएको थियो । 
भरतपुर महानगरपालिका वडा नं ६ का वृद्ध दम्पत्तीमा पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यायले दिएको जानकारीअनुसार ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धामा पोजेटिभ देखिएको हो । उनीहरु दुवै जेठ ३ गते भारतबाट उपचार गरी फर्किएका हुन् । उनीहरुसँगै फर्किएका छोराको भने परीक्षण नेगेटिभ देखिएको छ । वृद्ध वृद्धा र सँगै फर्किएका छोरालाई आज बिहानै कोरोना अस्पताल ल्याइएको छ । 
यस्तै नवलपरासीका सङ्क्रमितलाई बिहानै सो अस्पताल ल्याइएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार ४५ वर्षीय ती पुरुष विनय त्रिवेणी नगरपालिका वडा नं ६ का हुन् । उनी जेठ १ गते भारतको गुजरातबाट आएका हुन् । उहाँका अनुसार आएलगत्तै उनलाई पश्चिम नवलपरासीको क्वारेन्टिनमा राखिएको थियो । उनलाई जेठ ६ गतेदेखि आफ्नै वडाको क्वारेन्टिनमा बसेका थिए । 
यही जेठ ७ गते बेलुका ज्वरो आएपछि उनी उपचारका लागि चोरमारा स्वास्थ्य केन्द्रमा ल्याएको उहाँले जानकारी दिनुभयो । पोजेटिभ देखिएलगत्तै उहाँलाई भरतपुर कोरोना अस्पताल पठाइएको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सङ्क्रमण देखिएका तीन र यसअघिका एक गरी चारैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 
प्रहरीको कोरोना परीक्षण 
काठमाडौँमा कार्यक्षेत्रमा रहेका प्रहरीलाई कोरोना सङ्क्रमण देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार जोखिममा काम गरिरहनुपर्ने भएका कारण उच्च सतर्कता अपनाइएको हो । 
उहाँले जिल्लामा रहेका १५ जना प्रहरीको पिसिआर परीक्षण र १०० जनाको ¥यापिट डाइग्नोष्टिक टेष्ट गरेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय मातहतमा रही लोथर, नारायणगढको पुलचोक, मुग्लिन, कार्यालयकै मुद्दा फाँट, अस्पताल, विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा कार्यरत प्रहरीको परीक्षण गरिएको उहाँले बताउनुभयो । 
सो कार्यालयले प्रहरी अधिकृतदेखि जवानसम्मलाई साबुन पानीले हात धुन, कार्यक्षेत्रबाट फर्किएपछि आफ्नो पोशाकलाई धोएर निर्मलीकरण गर्न, कार्य क्षेत्रमा रहेको समयमा सामाजिक दूरी कायम गरी आफ्नो काम सम्पन्न गर्न लगाइएको उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको समय भएकाले अहिले नियमित गरिने कवाजसमेत बन्द गरिएको उहाँले बताउनुभयो । यस्तै कार्यक्षेत्रमा जाँदा नियमित मास्कको प्रयोग गर्ने, ह्याण्ड सेनिटाइजर, पञ्जाको प्रयोग अनिवार्य गर्न लगाउने गरिएको छ ।
प्रहरीको मोबाइल सवारीमा दुईजनालाई पिपिइसहित सुरक्षा सामग्री लगाएर राख्ने गरिएको छ । कसैलाई समात्नुपरे वा तुरुन्तै एक्सनमा जानुपरे उनीहरुलाई पनि पठाउने र थप मद्धत पनि सँगै राख्ने गरिएको उहाँले बताउनुभयो । 
कोरोनको सङ्क्रमण बढ्दै गएको समयमा प्रहरीले व्यक्तिगत सुरक्षाका साधन पिपिइ ५० थानको व्यवस्था गरेको छ । जिल्लामा रहेका प्रहरीलाई पिपिइ अपुग भएको भए पनि थप व्यवस्था गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । मास्क, सेनिटाइजर विभिन्न सङ्घसंस्थाले सहयोग गरेको उहाँले बताउनुभयो । 
प्रहरी स्वास्थ्यकर्मीभन्दा पनि अग्रपङ्तिमा रहेर काम गरिरहेको उहाँको भनाइ छ । अहिले जिल्ला प्रहरी कार्यालयमा करिब २५० को हाराहारीमा प्रहरी छन् । जिल्लाभर प्रहरीका ६६ इकाइमा गरेर ८०० जना प्रहरी कार्यरत रहेका छन् । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: