×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उत्तरी छिमेकीको हेपाइको हद : नेपाललाई थाहा नै नदिई सगरमाथाको उचाई नाप्दै चीन, भन्यो,`माउन्ट एभरेष्ट चीनमा पर्छ´

LAXMI SUNRISE BANK

उत्तरी छिमेकीको हेपाइको हद : नेपाललाई थाहा नै नदिई सगरमाथाको उचाई नाप्दै चीन, भन्यो,`माउन्ट एभरेष्ट चीनमा पर्छ´

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सन् १९६१ मा नेपाल र चीनबीच भएको एक सम्झौता अनुसार विश्वको सबभन्दा अग्लो हिमाल सगरमाथाको केही भागमा चीनको दाबीलाई नेपाललाई स्वीकार गरेको छ । विश्वनाथ पाण्डेको पुस्तक ‘डिस्प्युटड ल्याण्डस् एण्ड नेशनल ईन्टिग्रिटी’मा उल्लेख गरिए अनुसार सन् १९६१ को नेपाल–चीन सभ्झौताले सगरमाथाको पुर्वको पट्टीको केही वर्गमाईल चीनलाई दियो । तत्पश्चात चीनले सगरमाथाको अन्य भागहरुमाथिको आफ्नो दावी छोड्यो । उक्त सम्झौता अथवा चीनसित भएको अन्य कुनै पनि सम्झौताले सगरमाथाको सर्वोच्च शिखर चीनमा पर्ने दावीलाई स्वीकार गर्दैन् ।
यद्यपि चीनले पटक–पटक सगरमाथाको सर्वोच्च शिखर नै चीनमा पर्ने दाबी गर्दैआएको छ । हालसालै चीनीँया मिडिया सिजीटिएनले सगरमाथाको सर्वोच्च शिखर चीनमा पर्ने दावी गर्दै एक तस्विर ट्वीट गरेको छ । त्यस ट्वीटले सगरमाथा शिखरको विवादलाई पुनः एक पटक सतहमा ल्याइदिएको छ । 
सगरमाथाको सर्वोच्च शिखर चीनमा पर्ने दावी सिजीटिएनले मात्र नभई पर्यटन प्रर्वद्धनका लागि खोलिएका अन्य चीनिँया व्यवसायिक वेवसाईटले पनि गर्दछन् ।  topchinatravel.com ले आफ्नो साईटमा सगरमाथा नेपाल र चीन दुवैले साझा गर्ने भएतापनि यसको सर्वोच्च शिखर चीनमा पर्ने र सगरमाथा चीनकै भएको ठोकुवा गरेको छ ।
चीनद्धारा सगरमाथाको उचाईमा पनि विवाद
सगरमाथाको सर्वोच्च शिखरको उच्चाई ८,८४८ मिटर रहेको विश्वले मानेको छ । तर यस उच्चाईलाई चीनले मान्दैन । चीनको अनुसार सगरमाथाको उच्चाई ८,८४४ मिटर मात्र हो र चीनले यसको व्यापक प्रचार गर्दैआएको छ । चीनको सुन्दरता र बिशेषताहरुबारे विश्वभर प्रचारप्रसारका लागि खोलिएको वेवसाईट chinadiscovery.com  ले सगरमाथाको उच्चाईं ८,८४४.४३ मात्र रहेको उल्लेख गरेको छ । 
 
नेपाललाई जानकारी नदिई चीनको टोली सगरमाथाको उचाइ नाप्दै
नेपालमा रहेको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न भन्दै चीन सरकारको एउटा उच्चस्तरीय टोली सगरमाथाको आधार शिविर पुगेको छ । तर, यसबारे नेपाल सरकारलाई चीनले कुनै आधिकारिक जानकारी गराएको छैन । ली गुओपेंग नामका चिनियाँ अधिकारीको नेतृत्वमा ५५ सदस्यीय प्राविधिकहरुको टोली अत्याधुनिक उपकरणहरुसहित सगरमाथाको फेदीमा पुगेका छन् । नेपाल सरकारको प्राविधिक टोली सगरमाथाको चुचुरोमा पुगिसकेको र केही पटक सगरमाथाको फेदी र वरिपरिका क्षेत्रमा विभिन्न अध्ययनमा पूरा गरी उचाइ नाप्ने कार्य अगाडी बढाइरहेका पनि छन् । यस्तो अवस्थामा चीन सरकारले हतारिएर सगरमाथाको उचाइ नाप्न टोली नै बनाई सगरमाथाको चुचुरोतिर पठाउनुले सन्देह पैदा गरेको छ ।
सगरमाथा आरोहणका लागि पनि चीनले उत्तरी मोहोराबाट मात्रै आरोहण अनुमति दिने गर्दछ । बाँकी मोहोराहरुबाट आरोहीहरुले नेपालकै अनुमतिमा सगरमाथा चढछन् । यही उत्तरी मोहोरातर्फ आफ्नो भाग भएको दावी गर्दै चीनले सगरमाथाको उचाइ नाप्ने कार्य शुरु गरिसकेको छ । तर, के एउटा मोहोराबाट मात्रै सगरमाथाको उचाइ नाप्न सम्भव छ रु अवश्य छैन किनकि उचाइ नाप्न सबै मोहोहरुकै प्रयोग हुनुपर्दछ । पूर्व, पश्चिम र दक्षिण मोहोरा नाप्नुपर्दा नेपाली भूमिको प्रयोग हुन्छ । अनि नेपाली भूमि प्रयोग गर्दा नेपालको अनुमति आवश्यक पर्दैन ।
यही मे महिनाको ३ तारिक चिनियाँ सरकारको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले प्रकाशित गरेको समाचारअनुसार, परम्परागत र आधुनिक दुवै विधि र प्रविधि प्रयोग गरी चीनले सगरमाथाको उचाइ नाप्ने प्रयास गरेको छ । सो समाचारअनुसार, यसअघि पनि केही पटक चीनले सगरमाथाको नाप गरिसकेको र १९७५ मा गरेको सर्भेमा सगरमाथाको उचाइ ८८८४.१३ मिटर र सन् २००५ मा गरेको सर्बेमा ८८४४.४३ मिटर चाइ पत्ता लागेको उल्लेख छ । 
चिनियाँ राष्ट्रपति सी जिनपिंगको नेपाल भ्रमणका बेला जारी संयुक्त वक्तब्यमा नेपाल र चीनले सगरमाथाको उचाइ संयुक्तरुपमा नाप्ने कुरा उल्लेख गरिएको थियो। यसको अर्थ नेपाललाई थाहै नदिई नेपाली भूमि प्रयोग गरेर सगरमाथाको उचाइ नाप्न पाइन्छ भन्ने चाहिँ पटक्कै होइन । नापी विभागका एक उच्च अधिकृतले भने, ’नेपाली भूमि प्रयोग गर्दा नेपालको अनुमति आवश्यक हुन्छ । 

नेपालको बिना अनुमति नै सगरमाथामा हुवावे ५ जी 
हुवावेले केही दिन पहिले आफुले संसारको सर्वोच्च शिखरमा ५जी परीक्षण गरेको व्यापक प्रचार प्रसार गर्यो । सगरमाथा चीन र नेपाल दुवैको भएको सर्वविदित र यसलाई चीनले पनि मान्दैआएको छ । यस्तो अवस्था विश्वभर सुरक्षा जोखिम बढाउने भन्दै विवादमा रहेको हुवावेले सगरमाथामा एकतर्फी रुपमा ५जी विस्तार गर्न गरेको प्रयास गर्नु पनि उचित थिएन् । तर उसले नेपाललाई सहभागी नै नगराई सगरमाथामा ५जी परीक्षण गर्यो । उक्त परीक्षणमा अनुगमनका लागि भएपनि नेपालतर्फ प्रतिनिधी समावेश गर्नुपथ्यों । आधुनिक टेक्कोनेलोजी राष्ट्रिय सुरक्षासम्वद्ध हुनेभएकोले पनि सगरमाथामा हुवावेको ५ जीले नेपालको राष्ट्रिय सुरक्षामा असर नगर्ला भनेर भन्न सकिनन्  । 
चीँनीयाले मान्दैन् सगरमाथालाई नै सर्वोच्च शिखर 
चीँनीयाहरुले सगरमाथाको उच्चाईं कति छ भने कुरालाई मात्र विवादमा ल्याएको छैन् । चीँनीयाहरुले सगरमाथालाई विश्वको सवभन्दा अग्लो पहाड रहेको पनि स्वीकार गर्दैन् । चीँनीयाहरुले हावाईको माउण्ट केआलाई संसारको सबसे अग्लो पहाडको रुपमा प्रचार गरिरहेका छन् । chinahighlights.com को अनुसार विश्वको सबभन्दा अग्लो पहाड सगरमाथा नभई माउण्ट केआ हो जसको उचाई १०, २१० मिटर रहेको छ । 
नेपालतर्फ सगरमाथाको आरोहरण खतरनाक रहेको दुष्प्रचार
चीँनीयाहरुले नेपालतर्फबाट सगरमाथाको आरोहण गर्नु खतरनाक रहेको पनि दुष्प्रचार समेत गर्दैआएको छ । उनीहरुले नेपालतर्फबाट भन्दा पनि चीनतर्र्फबाट सगरमाथाको आरोहण गर्नु सुरक्षित रहेको प्रचार गर्दैआएका छन् । त्यतिमात्र होइन, उनीहरुले नेपालतर्फबाट आरोहरण गर्दा सगरमाथाबाट दृष्यहरु राम्ररी देख्न नसकिने दुष्प्रचार समेत गर्दैआएका छ । उनीहरुले विश्वभरिको आरोहीलाई चीनतर्फ तान्नका लागि नेपालविरुद्ध त्यस्तो दुष्प्रचार गर्दैआएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी