काठमाडौँ । कोरोनाभाइरसको महामारी सुरुआत भएपछि पहिलोपटक चीनका औद्योगिक कलकारखानाको उत्पादन वृद्धि भएको छ । तथापि अझै पनि चीनको अर्थतन्त्रसामु केही मुख्य चुनौतीहरु बाँकी नै रहेका छन्।
चीनको राष्ट्रिय तथ्यांक विभागको आँकडाअनुसार अप्रिल महिनामा उत्पादन ३.९ प्रतिशतले बढेको छ। विशेषज्ञहरुले आँकलन गरेभन्दा यो उत्पादन १.५ प्रतिशत बढी हो।
डिसेम्बर महिनापछि चीनको उत्पादन क्षमतामा वृद्धि भएको हो। यो वर्षको सुरुआती केही साता अर्थतन्त्रमा व्यापक सुस्तता छाए पनि यतिबेला चीन विस्तारै सामान्यीकरणतर्फ अग्रसर भइरहेको छ।
क्यापिटल इकोनोमिस्कका वरिष्ठ अर्थशास्त्री जुलियन इभान्स् प्रिचहार्डले उद्योग कलकारखाना खुुलाउन चीनको सरकारको दिएको दबाबका कारण त्यहाँको उत्पादनमा वृद्धि भएको बताएका छन्। चिनियाँ सरकारले अर्थतन्त्रलाई पुुनर्जीवित गर्न विभिन्न योजना ल्याउन लागेकाले यो औद्योगिक उत्पादनको वृद्धिले निरन्तरता पाउने जुलिएनले विश्वास गरेका छन्।
उत्पादन वृद्धि भए पनि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देशका लागि शुुभ समाचार भने छैन। यतिबेला चीनको घरायसी माग धेरै नै कमजोर बन्न पुगेको छ। अप्रिल महिनामा चीनको खुद्रा बिक्रीमा ७.५ प्रतिशतको गिरावट आएको छ। सहरी क्षेत्रमा आधिकारिक बेरोजगार दर ६ प्रतिशत पुगेको छ। मार्च महिनामा यो दर ५ं९ प्रतिशत थियो भने फेब्रुअरी महिनामा ६.२ प्रतिशत थियो।
जुलियनका अनुसार आँकडाले सहरी क्षेत्रको मात्रै प्रतिनिधित्व गरेकाले आधिकारिक आँकडाभन्दा बेरोजगार दर दोब्बर हुन सक्छ। यो आँकडाले चीनमा काम गर्ने २९० मिलियन प्रवासी कामदारलाई समेटेको छैन।
गत वर्षको तुलनामा यो वर्षको पहिलो त्रैमासमा चीनको अर्थतन्त्रमा ६.८ प्रतिशतको संकुचन देखिएको थियो। परिणामस्वरुप उत्पादकत्वमा ९८ बिलियन डलरको घाटा पुगेको थियो। यसको बाबजुत पनि अन्तर्राष्ट्रिय मुद्रा कोषले चीनको जीडीपीमा यो वर्ष १.२ प्रतिशत वृद्धि हुने प्रक्ष्यपण गरेको छ।
चीनमा केही दिनयता फेरि नयाँ कोरोाना संक्रमणका केसहरु देखिएका छन्। जसका कारण संक्रमणको दोस्रो लहर सुरु हुन सक्ने भय देखिन्छ। – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्