×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाले भयावह बनेको अमेरिकामा खरायोमा फैलियो अर्को डरलाग्दो भाइरस

LAXMI SUNRISE BANK

कोरोनाले भयावह बनेको अमेरिकामा खरायोमा फैलियो अर्को डरलाग्दो भाइरस

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कोभिड–१९ महामारीबाट सबैभन्दा धेरै प्रभावित देश हो, अमेरिका । यहाँ १५ लाखभन्दा धेरैमा संक्रमण देखिएको छ भने एक लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । यति नै बेला उत्तरीमा अमेरिकामा घरपालुवा तथा जंगली खरायोमा अर्को डरलाग्दो रोगको महामारी फैलिएको समाचारमा जनाइएको छ । यसै महिनाको सुरुवातमा यो रोग क्यार्लिफोनियामा देखिएको थियो । त्यसयता, यस प्राणघातक रोगबाट खरायोलाई बचाउनका लागि स्थानीय तथा राज्यका अधिकारीहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् । 
र्‍याबिट हेर्मोरागिक डिजिज (आरएचडी भी २) नामक यो भाइरसको सम्बन्ध नोबेल कोरोना भाइरससँग नरहेको र यसले खरायोबाहेक कुनै पनि घरेलु जनावर वा मानिसलाई संक्रमित नगर्ने विज्ञहरुले जनाएका छन् ।
मेक्सिको तथा अमेरिकाका न्यु मेक्सिको, कोलोराडो, अरिजोना, टेक्सासलगायत क्षेत्रमा मार्चदेखि नै यो रोग देखिएको थियो । क्यालिफोर्निया डिपार्टमेन्ट अफ फिस एन्ड वाइल्ड लाइफका अनुसार कालो पुच्छर भएका ज्याक (याबिटमा मेइमा यो रोग देखिएको पुष्टि भएको छ । 
‘यो पहिलोपटक हो कि यो भाइरस हाम्रो रैथाने जंगली खरायोको जनसंख्यामा फैलिएको छ र हाम्रो बुझाई अब यो आरक्षण क्षेत्रमा आरएचडिभी कायम रहनेछ र यसले अगाडि बढेर घरपालुवा खरायोलाई पनि जोखिममा पार्नेछ ,’ क्यालिफोर्निया एनिमल वेल्फेयर एशोसियसनले भनेको छ,‘हाम्रो बुझाईमा केही दिन वा सातामै यो अमेरिकाका बाँकी राज्यमा पनि फैलनेछ र सबै घरपालुवा खरायो यस भाइरसको जोखिममा हुनेछन् ।’
विज्ञहरुका अनुसाार संक्रमित खरायोले कुनै लक्षण नदेखाउन पनि सक्छन् र एक्कासी मृत्यु हुनसक्छ । वा ज्वरो, सुन्निने, आन्तरिक रक्तास्राव वा कलेजकोमा समस्या देखिने पनि हुनसक्छ । रिभर साइ काउन्टी डिपार्टमेन्ट अफ एनिमल सर्भिसेजकी स्टाफ भेटेरीनरियन डाक्टर सारा स्ट्रङइनले विज्ञप्ती गर्दै घरमा खरायो पाल्ने वा जंगली खरायोको सम्पर्कमा आउनेले सरसफाईमा ध्यान दिनुपर्ने सुझाव दिएकी छिन् । 
‘संक्रमणबाट जोगाउन घरमा पालिएको खरायोलाई सधैं भित्र नै राख्नुपर्छ । खरायोको एक्कासी मृत्यु भयो वा कुनै अस्वभाविक बिरामी देखियो भने भेटेरिनरियनलाई तत्कालै खबर गर्नुपर्छ,’ विज्ञिप्तमा भनिएको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी