×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘कोरोनाले गिजोलेको बीमा व्यवसायलाई माथि उठाउन के गर्ने ? यस्ता छन् सम्भावित उपाय…’ सन्देश केसीको विचार

  • सन्देश केसी
कोभिड -१९ को प्रभावले संसार अहिले एउटा विन्दुमा अड्किएको छ । हाम्रो सामाजिक र आर्थिक क्षेत्रमा गहिरोसँग प्रभाव परेको छ । यसको कारणले आर्थिक तथा वित्तीय संकट दीर्घकालसम्म लम्बिने लक्षण देखिदै छ । सबै क्षेत्रको अबस्था अहिले अत्यासलाग्दो छ । यो कहाँ गएर टुंगिने हो ? कसैलाई थाहा छैन । मैले यो आलेखमा जीवन बीमाको क्षेत्रमा देखिएको प्रभाव र आगामी बाटोको बारेमा केही पर्गेल्ने प्रयास गर्दैछु ।
बीमा व्यवसायको लागि यस किसिमको महामारी प्राय: सम्भावना बोकेर आउनुपर्ने हो । तर, योपटक भने जीवन बीमा व्यवसाय नराम्रोसँग गिजोलिएको छ । यस व्यवसायको लागि आर्थिक वर्षको अन्तिम त्रैमास अत्यन्त महत्वपूर्ण समय हो । यो समयमा समग्र बीमा व्यवसायले नै आफ्नो वार्षीक लक्ष्यमा ३० देखि ४० प्रतिसत पछ्याउने गर्छन् ।
कोरोनाको कारणले यस वर्षको यो समय अन्योलग्रस्त बनेको छ । कोरोना प्रभावका कारणले लम्बिएको बन्दा-बन्दिसँगै कायम गर्नु पर्ने सामाजिक दुरीले, बीमा कम्पनीका लागि आगामी दिन अझ धेरै चुनौतीपूर्ण बन्दैछन् । विकसित मुलुकको तुलनामा नेपालका अधिकतम जीवन बीमा कम्पनी पुरानै कागजी ढाँचामै काम गरिरहेका छन् । लकडाउनको अवस्थामा कर्मचारी पूर्णरुपमा कार्यालय जान सक्ने अवस्थामा छैनन् । जीवन बीमा व्यवसायका मेरुदण्ड अभिकर्ता पनि ग्राहकसँग प्रत्यक्ष परामर्श गरेर व्यवसाय ल्याउने अवस्था छैनन् । यसले गर्दा हाल सञ्चालित बीमा कम्पनीमा कार्यरत  लाखौँ  बीमा अभिकर्ताको रोजीरोटीमा चुनौति थपिदै छ।
बीमा कम्पनीको सबैभन्दा बढी लगानी बैंकको निक्षेपमा गरिएको छ । अहिलेको आर्थिक मन्दीका कारणले निक्षेपको ब्याजदर घटाएको अवस्था छ । यसको कारणले बीमा कम्पनीको लगानिको प्रतिफलामा पनि ठुलो असर गर्नेछ । यदि यस्तो अवस्था लामो समयसम्म रहेमा जीवन बीमा कम्पनीको बोनस दरमा पनि असर पार्न सक्छ । यसले गर्दा दीर्घकालीन रुपमा लगानी गरिने जीवन बीमामा आम जनमानसको विस्वास गुम्न जाने डर देखिन्छ ।
अहिलेको अवस्थामा जीवन बीमा कम्पनीले निम्नलिखित केही कुराहरुमा ध्यान दिनुपर्ने देखिन्छ ।
१) केही कम्पनीले बीमा शुल्क अनलाइन माध्यमबाट भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएका छन । अब सम्पूर्ण कम्पनीले सो व्यवस्था प्रदान गर्नुपर्छ । यो समय बीमा कम्पनिहरुको लागि आफ्नो प्रविधिमा लगानी गर्ने सबैभन्दा राम्रो समय हो ।
२) मेडिकल जाँच आवश्यक नभएका बीमा पोलिसीहरु अनलाइन माध्यमबाट बिक्री वितरण सुरु गर्नुपर्छ ।
३) कागजी अन्डरराइटिङ प्रक्रियालाई प्रविधिको प्रयोग गरी अनलाइन गराउनु पर्दछ ।
४) अभिकर्ताहरुलाई प्रविधिको प्रयोग गर्न उत्प्रेरित गर्नुपर्छ ।
५) लकडाउनको समयमा अभिकर्ताहरुलाई अनलाइन माध्यमबाट तालिमको व्यवस्था गर्नुपर्छ ।
६) बीमा कम्पनीले आफ्नो लगानिका आधारहरुलाई विविधीकरण गरेर अगाडी बढनुपर्छ ।
७) दाबी भुक्तानी अनलाइन माध्यमबाट प्रदान गर्नुपर्दछ ।
८) कर छुटलाई धेरै मुलुकमा बीमको दायरा बढाउन मद्दत गरेको छ, तर नेपालमा २५ हजारमात्र कर छुट दिएको छ । अब आउने बजेटमा सरकारले यस्ता कुरालाई ध्यान दिन आवश्यक छ ।
अहिलेसम्मको बीमाको ईतिहास हेर्दा माहामारीपछि बीमा व्यवसायमा सकारात्मक प्रभाव परेको पाईन्छ । कोरोनाको माहामारीपछि पनि व्यवसाय बढोस, तर त्यसका लागी बीमा कम्पनीहरुले अहिलेदेखि प्रविधिमा लगानी गर्दै, अभिकर्ताको मनोबल उच्च बनाएर राख्नुपर्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: