
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पछिल्लो समय नेपालको नयाँ राजनीतिक नक्सा जारी भएपछि सिमाका विषय झन् चर्किएका छन् । तर सबैको ध्यान भारततर्फ हुँदा चीनले अतिक्रमण गरेको सिमाका बारेमा सरकारले खासै चासो दिएको छैन । ६० बर्षअघिदेखि गोरखाको उत्तरी क्षेत्रमा पर्ने रुई गाउँ चीनको कब्जामा हुँदा पनि सरकार मौन भएर बसेको छ । गोरखाको साविक सामागाउँ गाविसमा पर्ने रुई गाउँ वि.स. २०१७ सालअघि नेपालतर्फ नै थियो । रुई गाउँमा हाल ७० देखि ८० घर छन् । त्यहाँका गाउँलेहरु गोरखातर्फको साम्दो गाउँमा आउजाउ हुन्छ । रुइमा बस्ने धेरैको माइती ससुराली साम्दोमा छ । तर सरकारले वास्ता नगर्दा नेपालको एउटा गाउँ पूरै चीनको कब्जामा छ ।
‘नेपालको पूरै गाउँ चीनले कब्जा गरेको छ, तर चीनकाविरुद्ध कसले बोल्ने ? १७ सालमा नापी आउँदा दुई देशका टोलीले सिमामा पिलर गाडेको ठाउँभन्दा धेरै परसम्म नेपाली जमिन छ, तिब्बतसंगगको सिमानामा नामाचे खोला छ, त्यो खोलाले जसरी काटेको छ, त्यसको वारीको सबै गाउँ नेपालको हो तर त्यो बेला सबै छोडेछन् । चीनले ललाईफकाई सबै जमिन आफ्नो कब्जामा बनाएको छ तर नेपालको पक्षका कसैले पनि बोलेका छैनन्’ तत्कालिन ल्हो गाउँ पञ्चायतका उपप्रधान पञ्च समेत रहेका लामाले भने ‘अहिले गोरखामा रहेको साम्दो गाउँका सबैको मुख्य घर रुईमा थियो, साम्दो हाम्रो बर्खामा गोठ झर्ने ठाउँ हो, तर के गर्नु चीनले हाम्रो जमिन कब्जा गर्दा कसैले केहि पनि बोल्दैन ।’
यता जिल्ला मालपोत कार्यालय गोरखामा समेत २०१७ सालअघि रुई गाउँका स्थानीयले त्यस क्षेत्रका जमिनको राजश्व तिरेको तथ्यांक सुरक्षित छ । विर्ता सम्बन्धि नम्बरी ढड्डा नम्बर १ मा रुइगाउँ लगायतका स्थानको ‘तिरो’ तिरेको प्रमाण कार्यालयमा सुरक्षित हुँदा पनि सरकारले कुनै वास्ता गरेको छैन । सीमाका विषयमा भारतले सिमा मिच्यो भन्दै त्यतामात्र ध्यान दिंदा चीनले देशको ठुलो भूभाग एक एक गरी मिच्दै गरेकोतर्फ भने सरकार मौन बस्न नहुने विज्ञहरुको तर्क छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्