×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजेटले परम्परागत शैलीलाई ‘ब्रेक थ्रु’ गर्न नसक्दा देशको अर्थप्रणालीले आकार लिन सक्दैन’ : सांसद देवेन्द्र पौडेल (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

‘बजेटले परम्परागत शैलीलाई ‘ब्रेक थ्रु’ गर्न नसक्दा देशको अर्थप्रणालीले आकार लिन सक्दैन’ : सांसद देवेन्द्र पौडेल (भिडियो रिपोर्ट)

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद देवेन्द्र पौडेलले बजेटले परम्परागत शैलिलाई ‘ब्रेक थ्रु’ गर्न नसकेको बताउनुभयो । उहाँले लगातार तीन वर्षको बजेट हेर्दा एउटै प्रकारको चित्र आउने बताउनुभयो । उहाँले भन्नुभयो ‘संयमित छ, धैर्यतापूर्वक ल्याइएको छ, प्रतिकुल परिस्थितिमा ल्याइएको छ समर्थन छ । तर फेरीपनि समाजवादमा जाने भनिसकेपछि परम्परागत तरिका सैलिलाई हामीले ब्रेक थ्रु गर्न सक्नुपथ्र्यो । गत सालको पनि मैले हेरे, लगातार तीन पटकको हेर्दाखेरी एउटै प्रकारको चित्र आउँछ । मन्त्रालयहरुले परम्परागत रुपमा दिएका रिपोर्ट त्यहि रिपोर्टका आधारमा सबैका छुटाउन नमिल्ने अनि सबै कुरालाई सम्बोधन गर्दाखेरी यसको आकार उस्तै प्रकृतिको बजेट आएको छ ।’
उहाँले जवसम्म प्रक्रियागत प्रणालीको परम्परागत शैलिको ‘ब्रेक थ्रु’ गरेर हामी अगाडि बढ्न सक्दैनौं देशको अर्थप्रणालीले आकार लिन नसक्ने बताउनुभयो । तर बजेतमा अर्थतन्त्रको पुनरउत्थानको कुरा तिब्रतापूर्वक गर्ने, आर्थिक स्थायित्वलाई स्थापित गर्ने, वित्तीय संघीयता कार्यान्वयन गर्ने, नागरिकको जीवनको रक्षा गर्ने, झण्डै ८ लाख रोजगारी सिर्जना गर्ने, ठूल्ठूला भौतिक पूर्वाधारहरुको सुरुवात गर्ने, भूमिहिनहरुलाई जमिन र भूमि बैंकको स्थापना गर्ने कुराहरु समावेस हुनु सकारात्मक भएको बताउनुभयो ।
समाजवादमा पुग्नको निम्ति भन्दै गरेका गर्दै गरेका र भोग्दै गरेका निरन्तरताले नसकिने बताउनुभयो । बजेटले निरन्तरतामा काम चलाउको अंक प्रस्तुत गरेको तर समाजवादमा जाने आधार प्रकट नगरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘आधारको निम्ति राष्ट्रिय औद्योगिक पूँजीको विकास गर्नु, उत्पादन र वितरणलाई नाफामुखि होइन सेवामुखि बनाउनु, सामाजिक न्याय एवं न्यायको न्यायोचित वितरणलाई कार्यान्वयन गर्नु, सहकारीलाई उत्पादन अर्थतन्त्रको आधार बनाउनु, व्यापार घाटालाई न्यूनिकरण गर्नु, कृषिको ठोस र मुर्त आधुनिकिकरण गर्नु, व्यवस्थित र योजनावद्ध बसोबासको सुरुवात गर्नु, स्वदेशमा प्राप्त कच्चापदार्थमा आधारीत उद्योगहरुलाई ठोस र मूर्त गरेर यो दिन देखि यसरी सुरुवात गरिन्छ भन्ने कुराको सुरुवाती गर्नु, मुनाफाको सुरक्षण सहित वैदेशिक लगानीलाई प्रोत्साहन गर्नु, दलाल तथा नोकरशाही पूँजीवादि शोषणको अन्त्य गर्नु समाजवादी बजेट र कार्यक्रमका आधारहरु हुनुपर्छ ।’ हेर्नुहोस् भिडीयो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: