×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइएमईकै सञ्चालक ठगी धन्दामा… लाखौँ गुमाएपछि बिन्दुको बिलौना-‘म ठगिएँ तपाईंचाहिं सचेत रहनुहोला…’ (भिडियो)

  • अर्थ सरोकार टेलिभिजन कार्यक्रम
विदेशबाट उपहार आएको छ, पार्सल आएको छ, तपाईंलाई करोडौंको चिट्ठा परेको छ भनेर सोझा-नेपालीहरुलाई फसाएर लाखौँ कुम्ल्याउने खेलमा ठुलै गिरोह लागेको खुलासा भएको छ । अझ अचम्मको कुरा त आइएमइ संचालक नै यस्तो धन्दामा लागेकोसमेत खुलासा भएको छ । चिट्ठा पर्यो भन्दै मेल, एसएमएस वा फेसबुकमार्फत मेसेज पठाउने, तपाईंलाई विदेशबाट पैसा पठाएको छु भन्ने, अनि सो गिरोहका अर्का व्यक्तिले तपाईंलाई विदेशबाट पैसा आएको छ भन्दै नेपालीहरुलाई गुमराहमा राखेर ठगी गर्नेहरु यतिबेला सक्रिय भएका हुन् । आफुलाई करोडौं डलर पैसा आएको, वा महंगा समान आएको लोभमा सो सामान नेपालसम्म ल्याईदिने भन्दै ठगले बुनेको तानाबानामा थुप्रै नेपाली फसेका छन् । र आफुलाई पठाइएको भनिएको सामान पाउन उनीहरुले ठुलै रकम त्यस्ता ठगहरुलाई बुझाएका छन् । ठगहरुको यस्तो फन्दामा सोझा नेपालीदेखि गन्नेमान्ने व्यक्तिहरु पनि परेका छन् । 
एउटा प्रतिनिधि उदाहरण हेरौँ 
भक्तपुरको सलाहघारी बस्ने बिन्दु ठकुरी (नाम परिवर्तन) ठगहरुको यस्तै जालोमा परिन् । फेसबुकबाट सुरु भएको मित्रताले उनी लाखौँ रुपैयाँ ठगिइन् । सुरुमा कोहि अपरिचित व्यक्तिबाट उनलाई फेसबुक रिक्वेष्ट आयो । विस्तारै उनीहरुबीच कुरा हुँदै गयो । कुरा हुँदै जाँदा ती अपरिचित युवकले लन्डनमा आफ्ना बृद्ध आमा, काका र छोरी भएको भन्दै उनलाई लन्डन आउछौं ? भनेर बोलाए । काठमाडौँमा जिनतिन चलेको जिन्दगी थियो, लन्डन जान पाए किन नजाने ? उनले हुन्छ भनिन् । १०-१५ दिन कुरा हुँदै गयो । निकै मायालु तरिकाले ती अपरिचित व्यक्तिले कुरा गरिरहे, यता नेपालमा बिन्दु सोहि कुरा पत्याईरहिन् । यो बीचमा उनले उपहार पठाउँछु भने । बिन्दुले नस्वीकार्ने कुरै भएन । 
नभन्दै उनलाई उपहार आएको भन्दै भारतबाट फोन आयो । तपाईंलाई यहाँ पारसल आएको छ, भारतबाट नेपालमा पठाउन २५ हजार रुपैयाँ लाग्छ, पठाउनुहोस् भनियो । लाखौँ पर्ने महँगो उपहारको लोभमा बिन्दुले सो रकम भनिएकै ठेगानामा पठाईन् । फेरी भोलिपल्ट फोन आयो, तपाईंलाई ३५००० डलर पैसा पनि आएको रहेछ, यो पैसा त्यहाँसम्म पुग्न यहाँको सरकारलाई कर बुझाउनुपर्छ, त्यसका लागि ३५००० पठाउनु । म कतै ठगिरहेको त छैन, भन्ने मनमा थियो । तर पनि लाखौँ रुपैयाँ आउने लोभमा उनले सो पैसा पनि पठाईन् । पैसा आउन थालेपछि उत्साहित भएका ठगहरुले उनलाई पुन: पटक पटक पैसा माग्न थाले । अव त उनीहरुले पैसा नपठाए, प्रहरी लगाउनेजस्ता धम्की पनि दिन थाले । सुरुमा लाखौँ पैसा आउने लोभले उनी ठगीइन, भने त्यसपछी उनी पटक पटक धम्कीको सिकार भइन् । ऋण लिएरै भएपनि पटक पटक ठगलाई पैसा पठाईन् बिन्दुले । 

उनी ठगिएको भन्ने तथ्य बिन्दुलाई घाम जस्तै छर्लंग भयो अव । लाखौँ रुपैयाँ ठगलाई बुझाएछु भन्ने पनि थाहा भयो उनलाई । तर त्यतिन्जेलसम्म धेरै ढिलो भइसकेको थियो । उनको लाखौँ रुपैयाँ फसिसकेको थियो । त्यसपछि उनीसँग प्रहरीकहाँ जानुबाहेक कुनै विकल्प थिएन । उनले प्रहरीमा जाहेरी त दिइन् तर न्याय पाएकी छैनन् । न उक्त त्यो ठग पत्ता लागेको छ, न उनको रकम फिर्ता भएको छ । बर्षौंदेखि नेपालीहरुले आइएमइ वा अन्य मध्यमबाट ठगहरुलाई पैसा पठाईरहेका छन् । ठगहरुले पैसा लिइरहेका छन्, र नेपालीहरु ठगिइरहेका छन् । धेरैले उजुरी नै गर्दैनन्, उजुरी गर्दा पनि खासै कार्वाही हुँदैन, केहि मान्छेहरु समातिएका त छन्, तर केहि मान्छेहरु पक्राउ परे पनि थुप्रै नेपालीहरु यहि प्रकरणमा बर्षौंदेखि ठगिंदै आएका छन् । 

यसो त यस्तो ठगीको जालोमा बिन्दु ठकुरीजस्ता सोझासाझामात्र होइनन्, नेपालका गन्नेमान्ने व्यक्तिहरु र प्रहरी स्वयम् पनि परेका छन् । यस्तै ठगिमा पर्नेमध्येका अर्का व्यक्ति हुन्, सुभाष थारु । गत जेठमा जेठ १ गते पैसा–पैसाको बिटो देखाउँदै भाइबरमा एउटा भिडियो आयो । भिडियोमा भनिएको थियो, ‘यो जुन पैसा देखाइएको छ, यो तपाईंको पैसा हो । भन्सारमा यो पैसा रोकिएको छ । यसलाई तपाईंसम्म पुर्याउन १० लाख रुपैयाँ चाहिएको छ ।’
करोडौं पैसा आउने लोभले थारुले ६ जेठमा आफूसँग बैंक खातामा भएको ४ लाख २७ हजार निकालेर नविन भण्डारीको नाममा डिपोजिट गरे । थारुले भाइबरमार्फत पैसा डिपोजिट गरेको स्लिपसमेत पठाए । श्रीमतीको बैंक खातामा रहेको ३ लाख ३ हजार पनि निकालेर पुकार बर्माको नाममा डिपोजिट गरे । करोडौं रकम आउने लोभले उनले श्रीमतीको गरगहना सबै बेचेर पैसा ती व्यक्तिका नाममा पठाए । पटक पटक गरेर २० लाख रुपैयाँभन्दा बढी नगद अपरिचित व्यक्तिको नाममा डिपोजिट भयो तर उनलाई आउने भनिएको पैसा आएन । पैसा नआएपछि उनी ठगिएको उनले थाहा त पाए तर त्यतिन्जेलसम्म निकै ढिलो भइसकेको थियो । त्यसपछि थारुले आफू कार्यरत प्रहरीमा जाहेरी दिए । प्रहरीमा जाहेरी दिएसँगै घटनामा संलग्न २ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नविन भण्डारी र पुकार बर्मा छन् । तर उनको पैसा फिर्ता आउने सम्भावना निकै कम छ । 
यस्तै ठगीको सिकार बनेकी अर्की व्यक्ति हुन् नेपाल सरकारका सहसचिव लक्ष्मी शर्मा गौतम । गौतमको भाइबरमा ९८२९२४९५०८ नम्बरबाट चिठ्ठा र १० तोला सुन परेको भन्दै म्यासेज आयो । अरवौं पाइने लोभमा ठगले भने अनुरूप नै उनले आइएमइमार्फत ६० हजार पठाइदिइन् । उक्त पैसा वीरगञ्जबाट कृष्ण प्रसाद साहले निकाले । चिठ्ठामा जितेको रकम पाउन प्रोसेसिङ चार्ज नपुगेको भन्दै उनलाई भाइबरमार्फत थप ९० हजार मागियो । अपरिचित व्यक्तिले दोस्रोपटक एनआईसी एसिया बैंकको खातामा डिपोजिट गर्न भने । अवचाहिं उनलाई शंका लाग्यो । शंका लागेपछि उनले यी सबै कुरा आफ्नी छोरीलाई बताईन्, बल्ल थाहा भयो कि उनी पनि ठगीमा परिसकेकी थिइन् ।  

त्यसपछि गौतमले कुरा गर्दै आएको भाइबरमा प्रहरीले कुरा गर्न थाल्यो । अपराध महाशाखाले तत्कालै एनआईसी बैंकलाई घटनाबारे जानकारी पनि गरायो । बैंकलाई यसबारे जानकारी गराएर प्रहरीले पीडीतको भेषमा ती ठगसँग कुरा गर्न थाल्यो । प्रहरी र ती ठग समुहका एक मध्येको कुराकानीपछी प्रहरीले पीडीतका नाममा पठाएको पैसा झिक्न कृष्ण साह वीरगञ्ज नगरपालिका–२९ स्थित मुसैली टोलमा रहेको एनआईसी एसिया बैंक पुगे । ६० हजार निकाल्दा कृष्ण साहले आईएमईमा आफ्नो नागरिकताको फोटोकपी पेश गरेकाबारे प्रहरी पहिले नै जानकार थियो । बिहान ११ बजेतिर बैंक पुगेका कृष्णलाई प्रहरीले नियन्त्रणमा पक्राउ गर्यो । 

 थप घटना विवरणसहितको कार्यक्रम हेर्नुहोस् 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: