×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीतिमा बैंकका लागि के-के आइदिए हुन्थ्यो ? यस्तो छ सनराइजका सीइओ जनक शर्मा पौड्यालको टिप्पणी (भिडियो)

PRIME CA
GLOBAL IME BANK

मौद्रिक नीतिमा बैंकका लागि के-के आइदिए हुन्थ्यो ? यस्तो छ सनराइजका सीइओ जनक शर्मा पौड्यालको टिप्पणी (भिडियो)

७ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टीमिडिया ब्यूरो
काठमाडौं । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौडेलले भने कोभिड १९ का कारण देखिएको असाधारण परिस्थितिमा असाधारण किसिमको मौद्रिक नीति आउनुपर्ने बताएका छन् । उनले उद्योग व्यवसाय बन्द हुन सक्ने अवस्थालाई अध्ययन गरेर स्टीमुलस प्याकेजहरु आवस्यक रहेको बताए । उनले मौद्रिक नीतिले सिद्धान्तमा मात्र नभएर वास्तविक फिल्डमा गएर व्यवसायलाई पुर्नरजागरण गर्नुपर्नेमा जोड दिएका छन् ।

‘असाधारण परिस्थितिमा असाधारण किसिमको मोनिटरी पोलिसि अर्थतन्त्रले एक्सपेट गरेको छ । असाधारण मोनिटरी पोलिसि भन्नाले मैले के भन्न खोजेको हो भने व्यवसाय उद्योग जसरी यसले असर गरेर कोही फर्कन नसक्ने कोही बन्द गर्नुपर्ने कोही अलिकति अप्ठेरो अवस्थामा परेका हुन सक्छन । त्यसलाई डिटियलिङ गरेर त्यो आधारमा राहत सहुलियत एउटा स्टिमुलस प्याकेजहरु देखिने र जुन कार्यान्वयनमा हुन सक्छ जुन थेउरीमा मात्र नभएर वास्तवमा फिल्डमा गएर व्यवसायी उद्यमी व्यक्तिको लाइफमा फरक पर्ने किसिमका त्यसले हाम्रो अर्थतन्त्रलाई व्यक्ति व्यवसायलाई पुनरजागरण गर्न सक्छ । ताकि हामी फेरी दौडेर यथास्थितिमा भेट्टाएर अर्थतन्त्रलाई अगाडि लैजान सक्छौं ।’उनले भने । 
बैंकर पौडेलले अर्थतन्त्रमा परेका अप्ठेरोहरुलाई सम्बोधन गर्नका लागि सिसिडी रेसियोलाई खुकुलो बनाउनुपर्ने, बजारमा पूँजी प्रयाप्तताको हिसाबले लगानी गर्नलाई थप सहज बनाउनुपर्ने र उद्योग व्यवसायहरुले सजिलै ऋण र ब्याज भुक्तानी गर्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । ‘हाम्रो इकोनोमि सानो छ धेरै किसिमका अप्ठेराहरु छन् । जस्तो सिसिडी रेसियो अहिले ८० प्रतिशत छ त्यसलाई अलिकति खुकुलो गर्ने रिभाइज गर्ने त्यसले गर्दा मार्केटमा पूँजी प्रयाप्तताको हिसाबले लगानी गर्नलाई थप सहज हुन्छ । संक्रमणले अप्ठेरो परेको उद्योगहरुलाई उनीहरुको ऋण र ब्याज ठूलो ठूलो प्रोजेक्टहरु जस्तै हाइड्रोहरु ब्याज तिर्न सक्ने अवस्था नभएको हुन सक्छ । त्यस्तोलाई कसरी क्यापिटलाइज गर्न दिने त्यसको मापदण्ड कसरी तय गर्ने पेमेन्टको टेनरहरु नै बढाउनु पर्ने किसिमको प्रोजेक्ट व्यवसायहरु हुन सक्छ त्यसको लागि ट्रेनर थप गर्नको लागि त्यसलाई नियमित कसरी गर्न सकिन्छ ताकि बैंकलाई पनि अप्ठेरो नपरोस । तर यावत चिजहरुले गर्दाखेरी सम्बन्धित बैंकले क्रेडिटको मूल्याङकन गरेर जहाँ समय बढाउन पर्छ, जहाँ व्याजको पूँजीकरण गर्नुपर्छ जहाँ रिस्टक्चरिङ गर्नुपर्छ त्यस्ता सुविधाहरु केहीसमयलाई आवस्यक टडकारो रुपमा देखिएको छ ।’ उनले भने। 
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा अर्थमन्त्रमा गम्भिर असर परेको र बजेटले उपयुक्त सम्बोधन गर्न नसकेको भन्दै उद्योगी व्यवसायीहरु मौद्रिक नीतिबाट आफ्नो समस्या सम्बोधन हुनेमा विस्वस्त देखिएका छन् । खासगरी बजारमा तरलता प्रवाह बढाउने गरी मौद्रिक नीति आउने र बैंकको ब्याजदर एकल विन्दुमा ल्याउन राष्ट्र बैंकले जोड दिने अपेक्षा पनि उद्योगी व्यवसायीहरुले गरेका छन् । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: