×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलालीमा मलको मौज्दात सकिएपछि… किसानको प्रश्न, ‘अब बाली कसरी जोगाउने ?’

LAXMI SUNRISE BANK

कैलालीमा मलको मौज्दात सकिएपछि… किसानको प्रश्न, ‘अब बाली कसरी जोगाउने ?’

१० श्रावण २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । कैलालीका धानखेतीमा ‘टपड्रेसिङ’का लागि किसानलाई आवश्यक मल अभाव भएको छ । धान बाली गाजिने अवस्थामा टपड्रेसिङ गर्न रासायनिक मल युरिया आवश्यक भए पनि यहाँका बजारमा अभाव सिर्जना भएको छ । धानखेतीमा छिपछिपे पानी भएका बेला युरिया मल आवश्यकताअनुसार छर्ने गरिन्छ ।
युरिया मल आवश्यक भइरहेका बेला चरम अभाव भएपछि किसान दुःखी भएका छन् । विगतका वर्ष धान खेतीका लागि आवश्यकपर्ने मल युरियाको अभाव हुँदा भारतीय बजारबाट भए पनि किसानले मलको पूर्ति गर्दै आएका थिए तर यो वर्ष भारतीय सीमा नाका बन्द हुँदा किसानमलको चरम अभाव झेल्न बाध्य छन् । 
धानखेतीको लागि किसानलाई तत्काल आवश्यक भइरहेको रासायनिक मल युरियाको उपलब्धता कतैबाट नभएको कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीले जनाइएको छ । किसानका लागि अतिआवश्यक भए पनि युरिया मल तत्काल उपलब्ध गराउन सकिने अवस्था छैन । कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले भन्नुभयो, “किसानका दैनिक गुनासो गर्न थालेका छन् तर कतैबाट मलको जोहो गर्न सकिने अवस्था छैन ।” कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालयमा अहिले पोटासबाहेक अन्य मलको मौज्दात शून्य छ । कम्पनीसँग अहिले २६० मेट्रिकटन पोटास स्टक रहेको भए पनि अन्य मल नै नभएको प्रमुख बोगटीले बताउनुभयो । 
“मल ल्याउनका लागि पहल भइरहेको छ । पहल भए पनि तत्काल कतैबाट ल्याउने सम्भावना देखिँदैन”, बोगटीले भन्नुभयो, “साउनको अन्तिम सातासम्म युरिया मल आउनसक्ने आश्वासन पाएका छौँ ।” कैलालीमा १५ हजार मेट्रिक टन युरिया, खपत भए पनि तत्काल कम्पनीले चार हजार टन युरिया मलको माग गरेको छ । मल नपाएपछि किसान यस वर्ष धान उत्पादन घट्ने बताउँछन् । “धानखेती राम्रो उत्पादन लिन मल, सिँचाइ सबैको तालमेल मिल्नुपर्छ”, किसान किसान रवीन्द्र ओली भन्नुहुन्छ, “किसानलाई सहजरुपमा मल, बीउ, सिँचाइजस्ता सुविधा मिलाइदिने काम सरकारले गरिदिनुपर्छ । किसानलाई खेतीमा प्रोत्साहन गर्न आवश्यक सामानको जोहो समयमै गरिदिनुपर्छ ।” उहाँले खेतीका लागि आवश्यक मल, बीउकै लागि लड्नुपर्दा, भौतारिनु पर्दा कृषिप्रति आकर्षित हुन नसकेको बताउनुभयो । रासस ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी