×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मनसुन सक्रिय भएकाले साउन ९ गतेसम्म वर्षा हुन्छ’ : मौसमविद् सरजु वैद्य (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘मनसुन सक्रिय भएकाले साउन ९ गतेसम्म वर्षा हुन्छ’ : मौसमविद् सरजु वैद्य (भिडियो रिपोर्ट)

Artha Sarokar

६ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौं । हिउँदबाट नै औषतभन्दा बढी वर्षा भएकाले मनसुनमा बाढी पहिरोका घटनाहरु बढेको मौसम विज्ञान विभागले जनाएको छ । हिउँदमा औषतभन्दा २ सय ३० प्रतिशत बढी वर्षा भएको र मनसुनमा समेत १ सय ३० प्रतिशत बढी वर्षा भएकाले पहिराका घटनाहरु बढेको विभागले जनाएको हो । विभागका महानिर्देशक सरजु वैद्यले हिउँदको वर्षाले जमिन भिजेको र गलिसकेका कारण मनसुन सुरु हुने वित्तिकै ठाउँठाउँमा घटनाहरु घटेको बताउनुभयो । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा महानिर्देशक वैद्यले साउन ९ गतेसम्म मनसुन सक्रिय रहने र त्यसपछि क्रमिक रुपमा वर्षा कम हुने बताउनुयो । 
विगत तीन दिनयता प्रदेश नम्बर २, ५ र गण्डकी प्रदेशमा १ सय ५० देखि २ सय मिमिलिटर पानी परेको छ । मनसुन सुरु भएयता प्रदेश नम्बर १ , २, र ५ मा औषतभन्दा २ सय प्रतिशत बढी पानी परेको छ । विभागले कोसी नदीको चतरा, बागमती नदीको खोकना, नारायणी नदीको देवघाटमा खतराको तह पार गरेको बताएको छ । नारायणी नदीको देवघाट, अरुणको सिम्ले, तमोरनदी र त्रिवेणी नदीमा जल सतह खतराको तहमा पुगेकोले सतर्कता अपनाउन महानिर्देशक सरजुले बताउनुभयो । आज सुस्ता आसपास र तटिय क्षेत्रमा डुबानको जोखिम रहेको उहाँले बताउनुभयो । आगामी तीन दिनसम्म प्रदेश नम्बर १, २, ५, बागमती र गण्डकी प्रदेशका नदीहरुमा बाढीको जोखिम रहेको विभागले जनाएको छ । विभागले बाढीको पूर्व सूचना समेत प्रदान गरिरहेको छ । मनसुन सुरुभएयता मात्रै ५० लाख १७ हजार २ सय ३३ वटा मोबाइल एसएमएस मार्फत पूर्व सूचना दिइएको विभागले जनाएको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी