×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकर जनक शर्मा पौड्याललाई ‘खुइल्याउने’ ६ अभियोगको चिरफार : यस्ता छन् अभियोगका साक्षी प्रमाण र तथ्य…

PRIME CA

बैंकर जनक शर्मा पौड्याललाई ‘खुइल्याउने’ ६ अभियोगको चिरफार : यस्ता छन् अभियोगका साक्षी प्रमाण र तथ्य…

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अहिले सनराइज बैंकको विवाद सतहमा छ । संचालक समितिका सदस्यले सीइओको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै उनलाई राजिनामा दिन लगाउन लागिपरेपछि यस्तो विवाद उत्पन्न भएको हो । पाँच संचालकले हस्ताक्षर गरेर ६ बुँदे अभियोगसहितको पत्र अध्यक्षलाई बुझाएपछि यो विवादले चर्को रुप लिएको थियो । उक्त पत्रमा कर्मचारीमाथि असमान व्यवहार गरेकोदेखि सम्झौताअनुसार काम गर्न नसकेको, लगायतका गम्भीर आरोप उल्लेख छन् । बैंकको सञ्चालक समितिका सदस्यहरु मालचन्द दुगड, शैलेन्द्र गुरागाईँ, ओमकृष्ण जोशी, शारदा शर्मा पुडासैनी र बच्छराज तातेडले हस्ताक्षर गरेको उक्त पत्रमा लगाईएका आरोपहरु पनि धेरै हदसम्म प्रमाणित हुने खालका छन् ।
हेर्नुहोस् बैंकले जनक शर्मा पौड्याललाई लेखेको स्पष्टीकरण 

अव लागौं उनलाई लागेका आरोप कति तथ्यमा छन् वा छैनन् भन्ने विषयतर्फ :
१. उनलाई लागेको पहिलो आरोप होबैंकको संचालक समितिका सदस्यहरुको अपेक्षा अनुसार बैंक संचालन गर्न नसक्नु । यो आरोप संचालकहरुले नै लगाएकाले उनीहरु सन्तुष्ट छैनन् वा उनीहरुलाई सन्तुष्ट पार्नेगरी जनक शर्मा पौड्यालले काम गर्न सकेनन् भन्ने तथ्य प्रमाणित गर्न गाह्रो छैन । कुनै एक संचालक नभई ५ संचालकले हस्ताक्षर गरेको पत्र भएकाले कसैको आवेगबाट भन्दा पनि साच्चै समस्या परेकाले सीइओमाथि संचालकहरु खनिएको स्पष्ट हुन्छ ।
२. उनलाई लागेको दोश्रो आरोप यो छ कि उनले संचालक समितिले गरेको निर्णयहरु कुनै कार्वान्वयन गरेनन्, कुनै अलिअलि मात्र गरे कुनै संचालक समितिले अपेक्षा गरे अनुसार गरेनन् ।  यो आरोपमा पनि पूरै सत्यता छ । कुनै कुनै संचालकले भनेको त केहि पनि नमान्ने सम्म गर्थे । जसका कारण आजको दिन सबैले देख्नुपरेको हो ।
३. तेश्रो आरोप यो छ कि उनले बैंकको उच्च तहमा बैंकले थेग्न नै नसक्नेगरी कर्मचारीहरु ल्याए । कर्मचारीको क्षमता भन्दा बढी जिम्मेवारी दिएको आरोप पनि उनलाई छ । यो आरोप संचालक समितिले आरती राणालाई लक्षित गरी लगाएका हुन् । पौड्यालकै पहलमा राणा सनराइज बैंक आएकी थिइन् र उनी निकै मोटो रकम लिने गरी सनराइजमा छिन् । अर्थमन्त्रीका छोरालाई पनि दुई तह बढुवा गरिएको कुरामा पनि संचालकहरु रुष्ट थिए  । कर्मचारीको क्षमताभन्दा माथिल्लो पोजिसन दिएकोमा पनि संचालक असन्तुष्ट छन् । यो आरोप बैंकका अन्य २ कर्मचारीहरु प्रति लक्षित छ । तीमध्ये एक ग्लोबल आइएमइ बैंकबाट आएका हुन्  ।
४. चौथो आरोप उनलाई यो छ कि उनले व्यवसाय भन्दा बढी मिडियामा समय दिए । हुन पनि हो, उनको ३-४ दिनमा एउटा अन्तर्वार्ता कतै नै कतै आइरहेकै हुन्थ्यो । अर्को कुरा उनी एक अन्तर्वार्ताका लागि आएका पत्रकारसँग घन्टौ कुरा गरेर बस्थे । नेपाल टेलिभिजनबाट प्रशारण हुने एक कार्यक्रममा लागि त उनले आधा घण्टाका लागि लिनुपर्ने अन्तर्वार्ता झन्डै डेढ घण्टा दिएका थिए । त्यसमा पत्रकारको प्रश्न ५-६ वटा मात्र थियो, बाँकी सबै उनको उत्तरमात्र थियो । उनको उदेकलाग्दो अन्तर्वार्ता सम्पादन गर्न नसकेर उक्त सम्पादकले सो कार्यक्रम सम्पादन नै गर्न छोडेका थिए ।
५. पाचौं आरोप उनलाई लागेको छ कि उनले सिमित व्यक्तिको सर्कलमा रहेर र अरुलाई वास्ता नगरेर बैंक चलाउन खोजे । हो प्रायजसो कार्यक्रममा, पनि उनी २ जनासँग, त्यो पनि सम्बन्धित विभागमा नरहेका व्यक्तिसँग हुन्थे, यो तथ्यले पनि सो आरोपलाई प्रमाणित गर्छ ।
६. छ नम्बरको प्रमाण त सबैले देखेकै छन् । उनले गफ दिएजस्तो बैंकको वासलात बलियो बनाउन सकेनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: