×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोनाले क्रिकेट एकेडेमी चल्न धौ-धौ, व्यवसायी भन्छन् ‘क्यान र सरकारबाट सहयोगको अपेक्षा राखेका छौँ ‘ (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । २०१४ को ट्वान्टी–२० विश्वकपमा नेपालले सहभागिता जनाउँदा नेपाली क्रिकेटको चर्चा विश्वभर नै फैलियो । युवा पिढिमा क्रिकेटको मोह बढ्यो । विरलै मात्र रहेका क्रिकेट एकेडेमीमा क्रिकेट सिक्नेको भिडभाड हुन थाल्यो । सञ्चालनमा आइसकेका एकेडेमीलाई सिकाउन भ्याइ नभ्याइ भयो । बढ्दो क्रेज र भविष्य देखेर लगानी गरेका उनै सञ्चालकलाई कोरोनाका कारण अहिले एकेडेमी गलाको पासो बनेको छ । 
कुनै समय आफ्नो सन्तान खेलमा लाग्दा विग्रिन्छ भन्ने मान्यता नेपाली समाजमा व्याप्त थियो । २०१४ मा नेपालले ट्वान्टी–२० विश्वकप खेल्दा खेलाडीले पाएको चर्चा पछि पुरानो मान्यता केही हद सम्म ठीक उल्टियो । अभिभावकले खेलमा रुची देखाउने सन्तानको इच्छलाई स्विकार्न थाले । क्रिकेट सिक्ने अनुमति अभिभावकाबाट धेरै सन्तानले पाए । राजधानी काठमाडौ र काठमाडौ बाहिर विरलै मात्र रहेका क्रिकेट एकेडेमीमा क्रिकेट सिक्नेको संख्या बढ्न थाल्यो । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नेपाली क्रिकेटसँग जोडिने ती क्रिकेट एकेडेमी अहिले कोरोनासँग जुधिरहेका छन् । ललितपुर स्थित हात्ती बनमा ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) सञ्चालनमा ल्याएका अध्यक्ष सुदिप शर्माले कारोनाका कारण एकेडेमी सञ्चालनमा धौःधौ भएको प्रतिक्रिया दिए । 
ग्रेट हिमालयबाट अहिले सम्म उमेर समूह र क्लब गरी ५० भन्दा बढी खेलाडीले देशबाट खेल्दै एकेडेमीको क्रिकेट अध्ययनलाई सिद्ध गरेका छन् । १२ जनाले उमेर समूह र देशबाट गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसेका छन् । सफल खेलाडीका पछाडि धेरै प्रश्न जोडिएका हुन्छन् । एकेडेमीबाट सिकेका विषयलाई खेलाडी प्रतिस्पर्धात्मक खेलमा देखाउन आतुर छन् । तर कोरोनाको समयले युवा र नयाँ खेलाडीलाई सिकेको अनुभव साट्न सामान्य अवस्थाको पर्खाइमा रहेको काठमाडौ क्रिकेट ट्रेनिङ सेन्टर (केसिटीसी) का प्रशिक्षक मन्जुर खानले बताए । 
धेरै एकेडेमी अहिले कोरोनासँग जुधिरहेका छन् । सामान्य अवस्थाको पर्खाइमा छन् । लकडाउन पछि सहज भएको अवस्थामा एकेडेमी सुचारु भए पनि निशेधज्ञाले एकेडेमी पुन बन्द छन् । नेपालमा देखिएको क्रिकेटको क्रेजले गर्द एकेडेमी सञ्चालनमा ल्याएको एन्जल स्पोर्टस क्रिकेट एकेडेमीका अध्यक्ष खिम थापाको तर्क छ । तर तीब्र गतिमा फैलिएको कोरोनाको संक्रमणको बापजुत पनि घरेलु अभ्यासका लागि आबद्ध खेलाडीलाई अनलाइनबाट नै टिप्स प्रदान गरिरहेको थापा बताउँछन् । 
हाल नेपालमा दुई दर्जन भन्दा बढी क्रिकेट एकेडेमी छन् । उमेर समूहका खेलाडी उत्पादन गर्ने यस्ता एकेडेमीलाई कोरोनाले पछिल्ला महिना थला पारेको छ । ठूलो लगानी गरेर एकेडेमी खोलेका सञ्चालकले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल सरकारबाट सहयोग गर्ने अपेक्षा राखेका छन् । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: