Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भन्यो – ‘पुनरकर्जाका लागि आवेदन दिनू’, कुन-कुन क्षेत्रले पाउँछन् पुनरकर्जा ?

अर्थ सरोकार

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ?  तपाई पनि दिनुहोस् यस्तो सुझाव !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुनरकर्जाका लागि आवेदन माग गरेको छ । बैंकले सोमबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो माग गरेको हो । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकमुस्ट रूपमा प्रदान हुने पुनर्कर्जाको लागि आवेदन माग गरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले भदौ १ गतेदेखि आगामी असोज १४ गतेसम्म आवेदन बुझाइ सक्नुपर्नेछ । राष्ट्र बैंकले यसअघि सहज रुपमा पुनरकर्जा प्रदानका लागि ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७’ लागू गरिसकेको छ । जसअनुसार एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, साधारण पुनरकर्जा तथा विशेष पुनरकर्जाका लागि आवेदन माग गरेको हो ।
राष्ट्र बैंकले प्रति ग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनरकर्जा, ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनरकर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउनेछ । उक्त कर्जाको ब्याजदर ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म तोकिएको छ । संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने सूचनामा उल्लेख छ । कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्नेछ । 
यी हुन पुनर्कर्जा पाउने क्षेत्रहरु
अति प्रभावित क्षेत्रः
पर्यटनः
(क) ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, ¥याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि,
(ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष,
(ग) साहसिक पर्यटन ः स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर ¥याप्mटिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत,
(घ) गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार
२. हवाई तथा पर्यटकीय यातायातस
३.मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेसस
४. चलचित्र उत्पादन, वितरण, सिनेमा हल स
५. रोजगारी गुमेका वा बिथयाा मा परेका श्रमिक, कामदार वा कर्मचारी (स्वदेशमा वा विदेशमा) स
६.मूलभुत रुपमा सडेर गलेर जाने वस्तु जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरणस
७. कुखुरापालन व्यवसाय स
८. पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसायस
९. तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय स
१०. वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक ।
मध्यम प्रभावित क्षेत्रः
१. खप्ने सामान जस्तै प्लास्टिक, फलामरस्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय स
२. नीजि तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर स
३. यात्रुवाहक स्थल यातायात स
४. ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप
५. कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा वा व्यवसाय स इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकमूष्ट रुपमा प्रदान हुने पुनरकर्जाको लागि आवेदन आह्वान
६. अस्पताल, क्लिनिक, नर्सिंगहोम, डायग्नोस्टिक सेन्टर स
७.हेल्थ सेन्टर वा फिट्नेस सेन्टर स
८. भण्डारण गर्न सकिने बस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण स
९. वन तथा खनिजजन्य उद्योग
१०. निर्माण व्यवसायस
११. औषधि उत्पादन स
१२. छपाइ, प्रकाशन तथा संचार गृह
१३. निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा
१४. पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK