×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा: स्याउ उत्पादनमा ७० प्रतिशतको घटोत्तरी, पाल्पाका बसपार्क सुनसान हुँदा व्यवसायी मर्कामा

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले दमौलीस्थित बैंकहरुमा व्यापक भिडदेखि काठमाडौँको न्युरोड सुनसानसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पाल्पाको तानसेन नगरपालिका अगाडि रहेको एशियाकै ठूलो करुवा । पाल्पामा करुवा, रानीमहल, भगवती मन्दिर, पाल्पा दरबार सङ्ग्रहालय, भैरव मन्दिर, पाल्पाली ढाकाले आन्तरिक तथा वाहृय पर्यटकलाई आकर्षित गर्छ । जिल्ला प्रशासन कार्यालय, पाल्पाले भदौ ५ गतेदेखि १९ गतेसम्म निषेधाज्ञा गरेपछि पाल्पाका ऐतिहासिक सम्पदाहरू चहलपहल हुन छाडेको छ । 
पाल्पा सदरमुकाम तानसेन प्रवेशव्दारमा रहेको बसपार्क जिल्लामा जारी निषेधाज्ञाका कारण सुनसान बन्दै ।
जुम्लाको गुठीचौर गाउँपालिका–५ का स्याउ किसान निरज गिरीले फलाएको स्याउको बोट, गतवर्ष भन्दा यो बर्ष स्याउ उत्पादनमा ७० प्रतिशत कम भएको उहाँले बताउनुभयो । 
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १० त्रिपुरेश्वर (टोटी) मा सञ्चालन गरिएको कालिका कृषि फार्ममा कुखुरा, बट्टाइलगायतका चल्ला उत्पादनका लागि मेसिनमा राखिएका अण्डा । रु ५२ लाखको लगानी गरी सञ्चालन गरिएको फार्ममा स्थानिय जातका कुखुरा, चाइनिज बतख, बट्टाइ, टर्कीलगायत पालिएका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १० त्रिपुरेश्वर (टोटी) मा सञ्चालन गरिएको कालिका कृषि फार्ममा चर्दै गरेका स्थानिय जातका कुखुरा । रु ५२ लाखको लगानी गरी सञ्चालन गरिएको फार्ममा स्थानिय जातका कुखुरा, चाइनिज बतख, बट्टाइ, टर्कीलगायत पालिएका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १० त्रिपुरेश्वर ९टोटी० मा सञ्चालन गरिएको कालिका कृषि फार्ममा पालिएका स्थानीय जातका कुखुरा । रु ५२ लाखको लगानी गरी सञ्चालन गरिएको फार्ममा स्थानीय जातका कुखुरा, चाइनिज बतख, बट्टाइ, टर्कीलगायत पालिएका छन् ।
पाल्पा जिल्लाकै एकमात्र पकेट क्षेत्रका रुपमा रहेको रामपुर नगरपालिका वडा नं ६ मा लगाइएको केरा खेती । पकेट क्षेत्र कार्यक्रमअन्र्तगत पन्ध्र घरपरिवारका कृषकले यहाँ करिव दुईसय रोपनी क्षेत्रमा केरा लगाएका छन् ।
जुम्लाको चन्दननाथ नगरपालिका – ५ का स्थानीयवासीले लगाएको जुम्ली मार्सी धानको फाँट । गत वर्षभन्दा यस वर्ष खेतमा धान बढी फलेको स्थानीयवासी रमा केसीले बताउनुभयो । कात्तिक महिनामा सो धान पाक्छ ।
खोटाङको दिक्तेल बजारस्थित पुरानो बेसक्याम्पमा खानेपानीको पाइप बिछ्याउन खाल्डो खन्दै कामदार । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा रु २२ करोड ५५ लाख ५८ हजार लागतमा खानेपानी विस्तारको काम भइरहेको छ ।
ईन्द्रचोकस्थित ऐतिहासिक आकाशभैरव मन्दिर । कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण निशेधाज्ञा गरिएकाले यस क्षेत्रको वातावरण सुनसान देखिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: