×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : प्रदेश नं १ मा हालसम्म ४१ को मृत्यु, सुदूरपश्चिममा निको हुने बढ्दै र गण्डकीमा ६९ थपिए

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कोरोना अपडेट : प्रदेश नं १ मा हालसम्म ४१ को मृत्यु, सुदूरपश्चिममा निको हुने बढ्दै र गण्डकीमा ६९ थपिए

२१ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ  । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये ३१ महिला र ११२ जना पुरुष रहेका सामाजिक विकास मन्त्रालयले आज जनाएको छ । थपिएका मध्ये सुनसरी ७८, मोरङ २९, झापा २८, सङ्खुवासभामा छ, उदयपुर र प्रदेश बाहिरका एकएकजना रहेका छन् । 
मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा सङ्क्रमित पुष्टि भएको छ । ती मध्ये एक महिला र ७० पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । इटहरीमा पाँच महिला र दुई पुरुष, मोरङको विराटनगरमा नौ महिला १६ पुरुष, सुनबर्षीमा दुई पुरुष, जहदा र बूढीगङ्गामा एकएक महिला, झापाको विर्तामोडमा आठ महिला र दुई पुरुष, कमल गाउँपालिकामा तीन महिला र सात पुरुष, मेचीनगरमा दुई महिला चार पुरुष, अर्जुनधारा र स्थानीय तह नखुलेका एकएक महिलामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । 
सङ्खुवासभाको खाँदबारीमा तीन, चैनपुरमा दुई र चिचिलामा एक पुरुष, उदयपुरको त्रियुगामा एक पुरुष र प्रदेशबाहिर एक महिलाको रिपोर्ट पोजिटिभ आएको जनाइएको छ । यस प्र्रदेशमा हालसम्ममा चार हजार २२ जना कोरोना सङ्क्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा झापाका एक महिला र विराटनगरका एक पुरुष गरी दुई जनाकोे मृत्यु भएको छ । 
हालसम्ममा यस प्रदेशमा ४१ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाइसकेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज सातजना कोरोनाबाट मुक्त भएर डिस्चार्ज भएका छन् भने यस प्रदेशमा हाल सम्ममा एक हजार ८४३ जना कोरोनाबाट मुक्त भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा एक हजार २६७ जनासहित यसप्रदेशमा हालसम्ममा ९८ हजार ४८८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । 
गण्डकीमा थपिए ६९ कोरोना सङ्क्रमित 
गण्डकी प्रदेशमा आज बिहान ६९ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या दुई हजार ५१६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । 
सङ्क्रमितमध्ये दुईजना अमरसिंह चोकस्थित पार्कल्यान्ड हस्पिटलमा कार्यरत स्टाफ नर्स, दुईजना लम्जुङको  बेँसीशहरस्थित रिलायन्स फाइनान्समा कार्यरत कर्मचारी रहेको र बाँकी क्न्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार सङ्क्रमित सबैलाई आइसोलेसन केन्द्र लैजाने तयारी भइरहेको छ ।
कोरोना सङ्क्रमित निको हुने बढ्दै 
सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसको शङ्कास्पद नमूना परीक्षण भएकामध्ये झण्डै नौ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भएको पाइएको छ । पिसिआर पद्धतिबाट आजसम्म प्रदेशमा कूल ६६ हजार ३८६ जनाको नमूना जाँच गरिएकामा झण्डै नौ प्रतिशत अर्थात् छ हजार १८ जनामा कोरोनाको सङ्क्रमणको पुष्टि भएको देखिएको छ । प्रदेशको समाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा एक महिनाअघि भने कूल जाँच गरिएका नमूनामध्ये झण्डै १२ दशमलव सात प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भएको देखिएको थियो । सङ्क्रमणको जोखिम नहटेको भए पनि प्रदेशमा एक महिना अघिको तुलनामा हाल निको हुने दर भने बढ्दै गएको पाइएको छ । 
एक महिनाअघि सम्म कूल सङ्क्रमित भेटिएका चार हजार ६५८ मध्ये ७० दशमलव ३३ प्रतिशत् अर्थात् तीन हजार २७६ जना निको भई डिस्चार्ज भएका थिए । यही भदौ २० गतेसम्म आइपुग्दा कूल सङ्क्रमित छ हजार १८ मध्ये पाँच हजार १९८ जना अर्थात् ८६ दशमलव ३७ प्रतिशत निको भई डिस्चार्ज भइसकेका छन् । यद्यपि दैनिक रुपमा सङ्क्रमित फेला पर्ने र डिस्चार्ज हुनेको सङ्ख्या भने केही घट्ने र बढ्ने गरेको छ । सक्रिय सङ्क्रमित पनि एक महिना अघिको तुलनामा घट्दै गएको छ । एक महिनाअघि कूल सक्रिय सङ्क्रमित एक हजार ३७३ जना रहेकामा भदौ २० गतेसम्म आइपुग्दा यो सङ्ख्या ८०९ जना पुगेको छ । कोभिड—१९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलाली जिल्लामा सक्रिय सङ्क्रमित बिरामी पनि बढी भेटिने गरेका छन् । 
नेपालमा कोरोना भाइरसको सङ्क्रमण भित्रिएपछि शुरुको अवस्थामा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला बढी प्रभावित जिल्लाका रुपमा देखिएको थियो । आजसम्म कैलालीका छ, बझाङ र बाजुरामा दुई÷दुई तथा अछाममा एक गरी प्रदेशमा ११ जनाको मृत्यु भएको छ । रोगको सङ्क्रमण फैलिन नदिन भदौ ४ गतेदेखि कैलाली जिल्लामा जारी निषेधाज्ञा शनिबारदेखि केही खुकुलो पारिएको छ । यो सँगै बढेको सर्वसाधारणको चहलपहलका कारण रोग फैलिन सक्ने जोखिम देखिएको जनाइएको छ । 
तोकिएको मास्क प्रयोग नगरी जथाभावी रुपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरिएमा रोगको जोखिम थप बढ्ने स्वास्थ्यकर्मीको भनाइ छ । पछिल्ला दिनमा समुदायस्तरमा कोरोनाका बिरामी देखिन थालेपछि धनगढी उपमहानगरपालिका–५ का दुई टोलमा सिल गरिएको छ । उपमहानगरपालिकाको पहलमा समुदायस्तरमै कोरोनाको नमूना सङ्कलन र परीक्षणसमेत भइरहेको छ । 
पछिल्लो दुई हप्तायता प्रदेशमा कोभिड—१९ को सङ्क्रमणका कारण हुने मृत्यु दर स्थिर छ । प्रदेशमा मृत्यु दर हाल स्थिर देखिए पनि रोगले जटिल अवस्था ल्याउन सक्ने जोखिम यथावत् रहेको सेती प्रादेशिक अस्पताल धनगढीका ‘कोभिड—१९ उपचार विभागका प्रमुख एवं वरिष्ठ फिजिसियन कन्सल्टेन्ट डा शेबहादुर कमर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सङ्क्रमित हुनेमध्ये अधिकांश रोगसँग लड्न सक्ने क्षमता भएका युवा उमेरका व्यक्ति भएको र दीर्घरोग लागेका व्यक्ति त्यति ठूलो सङ्ख्यामा सङ्क्रमित नहुनुले प्रदेशमा सङ्क्रमित बिरामीको अवस्थामा जटिलता देखिएको छैन ।” सङ्क्रमित एक जनालाई दुई दिनदेखि अस्पतालको आइसियुमा राखेर उपचार व्यवस्थापन भइरहेको डा कमरले जानकारी दिनुभयो । –रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: