
विराटनगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको गुद्री बजारको व्यवस्थित विकास गर्ने कार्ययोजना सञ्चालनमा आउन सकेको छैन् । राजनीतिक आडमा व्यापारीहरुले सो स्थान खाली गर्न नसक्दा गुद्री बजारको व्यवस्थित विकास गर्ने महानगरपालिकाको लक्ष्य र कार्ययोजना कागजमै सिमित हुन पुगेको हो । यता सरकारले निर्माण गरेको व्यवस्थित कृषि थोक बजार सञ्चालनमा नआउनु र पुरानो गुद्री बजार पनि व्यापारीले खाली नगर्नुले विकासमा अवरोध भएको स्थानीयवासीको भनाइ छ ।
महानगपालिकाले विगत नौ महिनादेखि खाली गर्न गरेको आग्रहलाई गुद्री बजार सञ्चालकहरुले बेवास्ता गर्दै आएका छन् भने कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीमा गुद्री बजारको बढ्दो भीडलाई नियन्त्रण गर्न स्थानीय प्रशासनलाई हम्मेहम्मे परेको थियो । मोरङका तत्कालीन प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गत चैत २२ गते भित्रमा गुद्री बजार खाली गर्न कडा निर्देशन दिएपछि सो बजार बसपार्कको पश्चिम स्थानीयवासी नागेश कोइरालाको खाली जग्गामा सरेको थियो । सो जग्गा गुद्री बजार सञ्चालकले मासिक रु.तीन लाख भाडा तिर्ने गरी २० वर्षका लागि लिजमा लिएका छन् ।
तर पनि गुद्री बजार खाली नहुनुका प्रमुख कारण त्यहाँ देखिएको बढ्दो राजनीतिकरण नै हो स्थानीय युवाको भनाइ छ । सो ठाउँमा व्यवस्थित जैविक पार्क वा अन्य कुनै संरचना निर्माण हुने आशामा थियौँ तर व्यापारीहरुले अटेर गर्दा सो काम अघि बढ्न नसकेको उनीहरुको भनाइ छ । कृषि बजारलाई व्यवस्थित गर्न नेपाल सरकारले मोरङको कटहरीमा निर्माण गरिदिएको कृषि थोक बजारलाई गुद्री बजार सञ्चालकले महत्व नदिएकाले उनीहरु निजी स्तरबाटै गुद्री बजार सञ्चालनमा ल्याएको गुद्री बजार सञ्चालक पशुपति भगतले जानकारी दिनुभयो ।
कृषकले उत्पादन गरेको फलफूल तथा तरकारीलाई व्यवस्थित गरी बजारसम्म पु¥याउन कृषि थोक बजारले सहयोगीको भूमिका निर्वाह गर्न सकिने महत्वलाई बेवास्ता गर्दै सञ्चालनमा ल्याएको नयाँ गुद्री बजारलाई व्यवस्थित गर्न स्थानीय प्रशासनले ध्यान दिनुपर्ने स्थानीयवासी राजेश ढङ्गोलको भनाइ छ । कृषि तथा पशुपालनको क्षेत्रमा काम गर्दै आएको प्याक्टले २०६८ सालमा तत्कालीन कटहरी गाविससँग कृषि थोक बजारका लागि सम्झौता गरेको थियो । सोही सम्झौताको आधारमा नेपाल सरकारले २०७४ साल पुसमा व्यवसायिक कृषि व्यापार आयोजनाको काम अगाडि बढाएको थियो । यसका लागि जनप्रीय माध्यमिक विद्यालय र कटहरी गाविसले आवश्यक जग्गा उपलब्ध गराएको थियो । जुन जग्गामा अहिले अत्याधुनिक कृषि थोक बजारको निर्माण कार्य सम्पन्न भई डेढ वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । बजारमा ४५ हजार मेट्रिक टन तरकारी र आठ हजार मेट्रिक टन फलफूल राख्ने क्षमता छ ।
विराटनगरको सिङ्घीया नदीसँग जोडिएको सो भवनबाट विगतमा कृषकले भोग्दै आएको समस्या समाधान हुने विश्वासलाई व्यापारीले तुषारापात गरेको कृषि विकास निर्देशनालय विराटनगरका निमित्त निर्देशक प्रकाश डाँगीले बताउनुभयो । नेपाल सरकारले कृषकको जीवनस्तर उकास्न तथा कृषकको उत्पादनलाई व्यवस्थित भण्डारण गर्न काठमाडौँमा पुष्प र तरकारी थोक बजार, बुटवल र विराटनगरमा व्यवसायिक कृषि थोक बजार, जनकपुर र दमकमा पशु बजार खोल्ने निर्णय गरेपछि कृषि क्षेत्र र कृषक उत्साहित भएका थिए ।
भूमि कन्सट्रक्शन प्रालिले ठेक्कामा लिई रु। १७ करोडको लागतमा एउटा तरकारी थोक बजार र अर्को फलफूल थोक बजारसहित एक अत्याधुनिक भवन पनि निर्माण गरेको छ । भवनका लागि प्याक्टले रु। १२ करोड र नेपाल सरकारले रु। पाँच करोड खर्च गरेको छ । सो क्षेत्रमा व्यापारी र कृषकलाई सहजताका लागि प्रशासनिक भवन र सो भवनमा बैंक रहने व्यवस्था पनि गरेको छ ।
सुनसरी, मोरङ, झापा र धनकुटाका कृषकलाई लाभान्वित गराउने उद्देश्यले बनाएको यो बजारबाट स्थानीय बजारमा तरकारी तथा फलफूल सजिलै उपलब्ध हुने विश्वासमाथि यहाँका गुद्री बजार सञ्चालकले कुठाराघात गरेको स्थानीयवासीको आरोप छ । बजारमा थोक बिक्रेताका लागि ४० वटा र खुद्रा बिक्रेताका लागि ३५ वटा स्टल बनाइएको छ । जनपथस्थित नयाँ गुद्री बजारमा मासिक रु छ हजार भाडामा फलफूलको पसल सञ्चालन गर्दै आउनुभएका सी झाले राम्रो व्यापार भइरहेको बताउनुभयो । मासिक रु नौ हजार भाडामा किराना पसल सञ्चालन गर्ने अर्का व्यापारी सन्तोष लिम्बुले सन्तोषजनक व्यापार हुने गरेको बताउनुभयो । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्