×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना असर : यसवर्ष ‘गोदावरी पुष्प मेला’ नहुने

PRIME CA
GLOBAL IME BANK

कोरोना असर : यसवर्ष ‘गोदावरी पुष्प मेला’ नहुने

२७ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हरेक वर्ष तिहारलाई लक्षित गरी हुने गरिएको ‘गोदावरी पुष्प मेला’ कोरोनाभाइरसका कारण यस वर्ष नहुने भएको छ । विगत तेह्र वर्षदेखि हुँदै आएको पुष्प मेला यसवर्ष कोरोनाका कारण रोकिएको हो । तिहार आउन एक हप्ता बाँकी हुँदा जावलाखेलको फुटबल मैदानमा पाँच दिनसम्म उक्त मेला हुने गरेको थियो । गत वर्ष मेलामा विभिन्न ४०० प्रजातिका ५२ फूलको प्रदर्शनी कक्ष राखिएको थियो भने रु ७५ लाखको आर्थिक कारोबार भएको थियो ।
मेलामा काठमाडौँ उपत्यकाका फूल व्यवसायीले भाग लिने गरेका फ्लोरीकल्चर एसोसिएसनलेका अध्यक्ष कुमारकसजु श्रेष्ठले बताउनुभयो । कोरोना फैलिरहेकै समयमा सुरक्षा सावधानी अपनाएर बजार खुले पनि पुष्प मेल गर्न नसकिने अध्यक्ष श्रेष्ठको भनाइ छ । हरेक दिन काठमाडौँ उपत्यकामा कोरोनाका बिरामी बढ्दै गएका र मेलामा ठूलो भीडभाड हुने र नियन्त्रण गर्न कठिन हुने हुनाले यस वर्ष स्थगन गरिएको हो । 
बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने पनि अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पानदन भएकाले आयातित फूलको आवश्यक नहुने भएको हो । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो । 
विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्ने छ । स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यवसायीहरुले यसवर्षको पात्रो हेरेर व्यावसायिक रुपमा फूल लगाएका हुनाले उत्पादन राम्रो छ । विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् । 
फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै फस्टाउँदै गएको छ । काठमाडौँ उपत्यकामा मात्रै ३०० व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् । –रासस 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: