×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

छ वर्षदेखि बिक्री नहुँदा चार करोडको कपास गोदाममै थन्कियो

बाँके । जिल्लाको खजुरा कपास विकास समितिमा २०३ मेट्रिक टन प्रशोधित कपास छ वर्षदेखि बिक्री नहुँदा गोदाममा थन्किएको छ । समितिले कृषकबाट खरिद गरी प्रसोधन गरेर बिक्रीका लागि तयारी अवस्थामा राखेको करिब रु चार करोड मूल्यबराबरको कपास बिक्री नभएपछि गोदाममै थन्किएको हो ।  
पहिले हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखानाले कपास खरिद गर्दै आएकामा ती दुवै उद्योग बन्द भएपछि उत्पादित कपास खेर जाने अवस्था रहेको समितिका निमित्त प्रमुख विजयकुमार जोशीले बताउनुभयो । सरकारी उदासीनताका कारण पश्चिम तराईका कृषकलाई कपास खेतीमा आत्मनिर्भर बनाई मुलुकमा आवश्यक पर्ने कपासको परिपूर्ति गर्ने उद्देश्यले स्थापना भएको सो समिति अहिले धरासायी बनेको उहाँको भनाइ छ । 
लसुन–प्याज खेतीमा अनुदान 
बाँके जिल्लामा ३९ हेक्टर क्षेत्रफलमा लसुन–प्याज खेती गर्ने लक्ष्य रहेको छ । कृषि ज्ञान केन्द्रले यस आर्थिक वर्षमा लसुन प्याजमा कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताएको छ । 
ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले लसुन र प्याज खेतीका लागि प्रतिहेक्टर एक लाख रुपैयाँका दरले रु ३९ लाख अनुदान दिइने बताउनुभयो । अहिले लसुन र प्याजको अभाव भएकाले यसमा प्राथमिकता दिएको उहाँको भनाइ छ । यो वर्ष लसुन–प्याजको व्यावसायिक खेती गर्न १४ वटा फर्म र सहकारीले अनुदानका लागि दरखास्त दिएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: