महेन्द्रनगर । जिल्लाकै भौगोलिकरूपले सबैभन्दा पिछडिएको कञ्चनपुरको लालझाडी गाउँपालिकाका स्थानीयबासीले वर्षौँदेखि दोदा नदी वारपार गर्न शुल्क तिुनपर्ने बाध्यता कायमै छ । दोदा नदीमा हिउँदका बेला पानीको बहाव कम हुँदा ट्युबबाट तरेर स्थानीयले गन्तव्यमा जानुपर्ने हुन्छ ।लालझाडी–४ का लोकेन्द्र रानाले दशकौँदेखि आफूहरु नदीमा पुल नबन्दा रकम तिरेर नदी वारपार गर्ने गरेको दुखेसो पोख्नुभयो । “पहाडमा तुइन तरे झैँ हामीले पैसा तिरेर नदी तर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “ट्युबमा मोटरसाइकलसहित वारपार गर्नु पर्दा एक पटकको रु २०० तिनुपर्छ ।”
लोकेन्द्र जस्तै लालझाडीका प्रायः स्थानीयवासीले हिउँदमा यही समस्या भोग्नुपरेको छ तर राज्यको यसतर्फ ध्यान पुगेको छैन । “हिउँदमा नदीमा पानी कम हुन्छ, पानी कम भए पनि रु २०० तिरेर त जान सकिन्छ”, रानाले भन्नुभयो, “बर्खामा त बाढीले आवागमन नै ठप्प हुन्छ ।”
यहाँको वाणी–देखतभुली–पर्सिया जोड्ने सडकखण्ड अन्तर्गत दोदा नदीमा पक्की पुलको निमार्णमा भइरहेको ढिलासुस्तीका कारण झन समस्या भएको स्थानीयवासीको गुनासो छ । “बन्दाबन्दीले दैनिकी उत्तिकै अस्तव्यस्त बनेको छ”, रानाले भन्नुभयो, “मजदुरीका लागि घर छोड्न लाग्दा पनि शुल्क तिनुपर्ने अवस्था आउँछ ।”
दोदा नदीमा वारपार गर्न साइकलको रु २० र मोटरसाइकलको रु २०० तिर्नुपर्छ । गाउँपालिकाको पहुँच सार्वजनिक यातायातसित अझै जोडिएको छैन । स्थानीय रामसाहेब रानाले गाउँमा बिरामी परेर एम्बुलेन्स बोलाउनु पर्दा निकै हैरानी हुने गरेको बताउनुभयो । “रातिको समयमा कसैलाई अस्पताल लैजानु पर्यो भने निकै समस्या हुन्छ”, उहाँले भन्नुभयो, “सडक सञ्जाल र पुलहरु नबन्दा पैसा तिरेर पनि सुविधा पाइरहेका छैनौँ ।”
त्यसैगरी लालझाडी–४ का भजना राना पनि बर्खामा आवागमन नै बन्द हुने गरेको बताउनुहुन्छ । “नदी पारपार गर्ने क्रममा विगतमा दुई÷तीन स्थानीयवासीले ज्यानसमेत गुमाइसके”, उहाँले भन्नुभयो, “वारि घर पारि खेत हुनेको पनि समस्या नै छ ।”
ट्युबमार्फत नदी तार्ने छेउमै निर्माणाधीन पक्की पुल अलपत्र छ । स्थानीय युवाले ट्युब सञ्चालनमा ल्याएर नदी तार्ने काम गर्दै आएका छन् । पक्की पुलको तीन पिलर मात्रै निर्माण भएको तर निमार्ण कार्य भने अझै अगाडि बढ्न सकेको छैन । पुल निर्माणका लागि २०७२ पुसमा रु २४ करोड ५३ लाखमा निर्माण सम्झौता भए पनि पुलको आधा काम पनि भएको छैन । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्