भोजपुर । भोजपुरको तिम्मामा व्यावसायिकरूपमा सतुवा खेती शुरु गरिएको छ । दश वर्षअघि परीक्षणको रुपमा गरिएको सतुवा खेती सफल भएपछि भोजपुर तिम्माका सङ्गम राईले व्यावसायिकरूपमा नै सतुवा खेती शुरु गर्नुभएको हो । रु ४५ लाखको लगानीमा शुरु गरिएको सतुवालगायत जडीबुटी खेती गरेर सफल उद्यमीका रुपमा स्थापित हुनुभएका राई यसबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरिरहनुभएको छ । उहाँले भन्नुभयो, ‘‘मैले जडीबुटी खेतीबाट राम्रो आम्दानी गरिरहेको छु, जडीबुटीको बिक्रीबाट रु १५ लाखसम्म आम्दानी हुन्छ, स्वदेशमा व्यावसायिक बन्न सके विदेशको भन्दा धेरै आम्दानी यही घरपरिवारसँगै बसेर गर्न सकिन्छ ।’’सङ्गम जडीबुटी उद्योग दर्ता गरेर विगत १० वर्षदेखि जडीबुटीखेतीमा लाग्नुभएका राई करीब पाँच रोपनी क्षेत्रफलमा ३५ हजार सुतवाको बिरुवाको नर्सरी लगाउनुभएको छ । गतवर्ष सतुवाका बिरुवा बिक्री गरेर रु दुई लाख आम्दानी गर्नुभएका राईले यस वर्ष ३५ हजार सतुवाको बिरुवा हुर्काएका छन् । उहाँको नर्सरीमा उत्पादन भएका सुतवा प्रतिकेजी रु दश हजार तथा सतुवाका प्रतिबिरुवा रु २० देखि १०० सम्मका दरले बिक्री हुने गरेको उहाँको भनाइ छ ।
वर्षमा दुई लाखसम्म सतुवाको बिरुवा बाहिर पठाउँदै आएको उहाँको भनाइ छ । राईले भन्नुभयो, ‘‘अहिले बजारमा सतुवाको माग उच्च छ, मैले वर्षमा दुई लाख बढी बिरुवा अन्य ठाउँमा पठाउँदै आएको छु, विगतमा प्रतिकेजी रु २२ हजारसम्ममा बिक्री हुने सतुवाको मूल्य केही वर्षयता घटेको छ, यसपाली प्रतिकेजी रु दश हजारसम्म बिक्री भइरहेको छ ।” सतुवाको बीउ प्रतिकेजी रु एक लाखमा बिक्री हुन्छ, उहाँले भन्नुभयो ।
“सतुवा खेतीसँगै अन्य जडिबुटी खेतीलाई पनि व्यावसायिक रूप दिएको छु”, उहाँले भन्नुभयो, “मागअनुसारका सतुवाका बिरुवा पु¥याउन सकेको छैन ।” आफ्ना क्षेत्रका स्थानीयवासीलाई पनि जडीबुटीखेतीमा लाग्न उहाँले प्रोत्साहनसमेत गरिरहनुभएको छ । उहाँको सफलतापछि तिम्माका अधिकांश स्थानीयवासी सतुवा खेतीतर्फ आकर्षित भएका छन् । स्थानीयवासीले उत्पादन गरेका जडीबुटीलाई सङ्कलन गरेर बजारसम्म पु¥याउनका लागि आफूले सहयोगसमेत गर्दै आएको राईको भनाइ छ ।
तिम्माका ६५ बढी घरपरिवारले सामान्य रुपमा चिराइतो, लोड सल्ला, सतुवा बिखुम्वालगायत खेती गरिरहेका छन् । स्थानीयवासीले उत्पादन गरेको जडीबुटी बजारीकरणको जिम्मा समेत राईले नै लिने गर्नुभएको छ । उत्पादित बस्तु आफ्नै घरबाट बिक्री गर्न पाउँदा स्थानीयवासी पनि खुशी भएका छन् । स्थानीयवासी खेमराज राउतले भन्नुभयो, ‘‘हाम्रो क्षेत्रका अधिकांशले सामान्य रुपमा भएपनि विभिन्न खालका जडीबुटी लगाएका छन्, सरकारले जडीबुटीको बजारीकरणमा खास ध्यान नदिएको भए पनि सङ्गम जडीबुटी उद्योगले उत्पादित बस्तुलाई आफै खरिद गरेर बजारीकरणमा सहयोग गर्दै आएको छ ।” उहाँले यसले पनि हामीलाई व्यवसायमा लाग्न टेवा मिलेको बताउनुभयो ।
व्यापार व्यवसायमा प्रतिपस्पर्धा हुँदा एकले अर्कालाई असहयोग गरेका धेरै उदाहरण छन् । तर स्थानीयवासीको साथ, सहयोग र विश्वासका साथ व्यवसाय गरिरहेका राई समाजमा उदाहरणीय पात्र बनेको वडाध्यक्ष नरबहादुर राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सङ्गम जडीबुटी उद्योग नै खोलेर राईले उदाहरणीय काम गर्नुभएको छ । उहाँको कामलाई देखेर धेरैले जडीबुटी खेतीतर्फ आकर्षित भएका हुन् । वडा कार्यालयले पनि जडीबुटी खेती विस्तार तथा विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना ल्याउने पक्षमा छन् ।’’
समुद्री सतहदेखि एक हजार ५०० मिटरको उचाइ भएको क्षेत्रमा सतुवा खेती गर्न सकिने बताउँदै राईले तिम्मा सतुवालगायतका जडीबुटी खेतीका लागि उपयुक्त भएको र यो खेतीबाट मनग्य आम्दानी गर्न सकिने बताउनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्