
हिमाली बस्तीका समुदायमा वित्तीय पहुँच पु¥याउन समृद्ध पहाड परियोजनाको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको संरक्षण बचत तथा ऋण सहकारी संस्थामा प्रत्येक पर्यटन व्यवसायीले बचत गर्दै आएको संस्थाका वित्तीय सहजकर्ता अभिषेक केदमले बताउनुभयो ।
कञ्चनजङ्घा क्षेत्रमा यो वर्ष पर्यटक नआएसँगै पर्यटक व्यवसायीको दैनिकी निर्वाह गर्न समस्या आएसँगै बचत फिर्ता लिन बाध्य भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका होटल व्यवसायी टासीतेन्जी शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष होटल राम्रो चलेको थियो । त्यसैको आम्दानीबाट बूढाबूढीले रु तीन लाख सहकारीमा बचत गरेका थियौँ । तर यसपालि पर्यटक आएनन् । होटलमा एक रुपैयाँ आम्दानी छैन, बाँच्नै समस्या भएपछि पुस ५ गते बचत फिर्ता लिएँ ।”
हिमपात हुन सिजन शुरु भएसँगै बर्खे जोहो गर्न सहकारीमा जम्मा गरेको बचत फिर्ता लिन बाध्य भएको होटल व्यवसायी केल्साङ शेर्पा बताउनुभयो । कञ्चनजङ्घा आधार शिविर घुन्सा, खाम्बाचेन, लोनक, फले र ग्यापलाका होटल व्यवसायीले गत ५ पुससम्म रु ११ लाख सो सहकारीमा बचत गरेका थिए । पर्यटक नआएपछि दैनिकी चलाउन ठूलो बचत फिर्ता दिनुपर्ने भएपछि सहकारी आर्थिकरूपले कमजोर भएको केदेमले बताउनुभयो । -रासस