काठमाडौं । ५ हजार टन सिमेन्ट प्रतिदिन उत्पादन गर्ने लक्ष्यसहित शुरु भएको सम्राट सिमेन्टले नेपालको इतिहासमा पहिलो पटक २४ महिनाको कम समयमा प्रतिदिन ४५ सय टन सिमेन्टलाई आवश्यक पर्ने क्लिङकर उत्पादन गर्ने नेपालको पहिलो सिमेन्ट हुन सफल भएको छ । वैश्विक महामारीबीच पनि अनवरत काम गरेर उल्लेख्य नमूना राष्ट्रलाई देखाउन सफल भएको सम्पूर्ण श्रेय कम्पनीका मुख्य साझेदार तथा अध्यक्ष मुकुन्द प्रसाद तिमिल्सिनालाई जान्छ ।तथापि उनले यसको सम्पूर्ण श्रेय आफूलगायत अन्य सञ्चालकहरु तथा आफ्नो सम्पूर्ण कर्मचारीलाई दिन रुचाउँछन् । सम्राट सिमेन्टको मुख्य सञ्चालकहरु अध्यक्ष तिमिल्सिनासहित वासुदेव पाण्डे, भोजराज पाण्डे, अनिल रुङट्टा, छुटेन लामा, सुधिर तिमिल्सिना छन् ।‘सबै सञ्चालकहरुको साथ र सहयोगका कारण सम्राट सिमेन्टले यति कम समयमा राम्रो गती लिन सम्भव भएको हो,’ तिमिल्सिनाले भने ।
नेपाली लगानीकर्ताहरु र नेपाली बैंकहरुको संयुक्त प्रयासमा यो सफल हुन पुगेको उनको भनाइ छ । मुकुन्दप्रसाद तिमिल्सिना व्यापारमा नयाँ अनुहार होइनन् । सामान्य प्रोफाइलमा बस्न रुचाउने तिमिल्सिनाले यसभन्दा अघि अम्बे सिमेन्टमा समेत लगानी गरेका थिए । त्यस्तै, विभिन्न होइड्रो प्रोजेक्ट, कन्स्ट्रक्सन कम्पनी, हेलिकप्टरलगायतको व्यवसायमा सफल नेतृत्वदायी भूमिका निभाइसकेका छन् । उनको लगानी अटोमोबाइलदेखि मोबाइल कम्पनीसम्म फैलिएको छ । भिभो मोबाइलका अध्यक्ष पनि हुन् उनी ।
उनको कम्पनीले नेपालका लागि करिब ५/६ वटा विभिन्न ब्राण्डका मोबाइल आयात गर्दै आएको छ । योसँगै उनको लगानी शुभश्री अग्नी (प्युठान सिमेन्ट) मा पनि छ । त्यस्तै उनी भत्त पुर इँटा टायल कम्पनीमा पनि उनको लगानी छ । त्यसैगरी अम्बे स्टिलमा रहेको थियो । नेपालमा बिक्री वितरण हुँदै आएको भिडियोकन कम्पनीका टेलिभिजन, फ्रिजलगायतका इलेक्ट्रिोनिक सामानहरुको आयातकर्ता हुन् ।
उनको परिचय त्यत्तिमा मात्रै सीमित छैन । धार्मिक र विभिन्न सामाजिक कार्यहरुमा पनि उनी सधै अगाडि रहेर काम गर्न रुचाउँछन् । उनले चितवनमा ठूलो मन्दिर तथा धर्मशाला निर्माण गराएका छन् । करिब २ दशकअघि निर्माण गराएर सेवा दिइरहेको धर्मशालाको बारोमा धेरैकमलाई मात्रै जानकारी छ । के।एच।डी होमबोल्ड जर्मन कम्पनीको मेसिनद्वारा उत्पादित सम्राट सिमेन्टमा पूर्णरुपमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको उनले जानकारी दिए । उनले भने, ‘आगामी दिनमा ठूला आयोजनामा पनि सम्राट सिमेन्टको प्रवेश पक्का छ ।’
४६ बिगा क्षेत्रफलमा फैलिएको उद्योगमा हाल करिब ५ सय जना कर्मचारी कार्यरत छन् । अध्यक्ष तिमिल्सिनाका अनुसार उद्योगमा १६ बिलियन लगानी भएको छ । जसमध्ये ११ बिलियन फिक्स्ड र बाँकी ५ बिलियन वर्किङ क्यापिटल हो । लमही नगरपालिका, वडा नम्बर ७, कमानपुर दाङमा रहेको उद्योगले पछिल्लो समय गरेको व्यवसायिक प्रगति निकै लोभलाग्दो छ ।
विभिन्न आयोजनाका लागि आवश्यक ल्याव परीक्षणमा सम्राट सिमेन्ट पास हुँदै आएको छ र आगामी दिनहरुमा यसको निरन्तरता तीव्ररुपले अगाडि बढ्ने पक्का छ । कम्पनीले गुणस्तरीय उत्पादनमा जोड दिएको छ । गुणस्तरीय मापदण्डलाई सम्राट सिमेन्टले निकै जोड दिएको छ । सिमेन्टका बोराहरु प्याक हुनु अघि एफएल एसएमआइडीटीएच डेनमार्कबाट ल्याइएको रोबटिक प्रविधिको प्रयोग गरेर ‘रमिल पाउण्डर’, ‘क्लिनफिड पाउडर र सिमेन्ट पाउडरको परीक्षण गरिन्छ र त्यसपछि मात्रै सिमेन्ट उत्पादनको शुरुवात गरिन्छ ।
यसो गर्दा कम समयमा धेरै गुणस्तरीय सिमेन्ट उत्पादन गर्न सकिन्छ । जसको कारण कम्पनीले दैनिक ८० हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमतालाई अभिवृद्धि गरेको छ । नेपालमा यस प्रविधिबाट गुणस्तर मापन गर्ने यो दोस्रो कम्पनी हो ।यस उद्योगमा खेर जाने हिट इनर्जीलाई आधुनिक प्रविधिमार्फत् विद्युत् निकाले पुनः प्रयोग गर्न सकिने प्रविधि जडान गरिएको छ । जसका कारण कम्पनीले ७ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । हाल कम्पनीलाई २२ मेगावाट विद्युत आवश्यक पर्छ ।
हिमालयन बैंकको अग्रसरतामा एभरेष्ट, मेगा र सिटिजन बैंकलगायतका बैंकहरुको मुख्य लगानी रहेको यो प्रोजेक्टमा कम्पनीले कामहरु गरिरहेको छ । करिब तीन दशकभन्दा धेरै समयको व्यापार व्यवसायमा समय व्यतित गरेका तिमिल्सिना काठमाडौंको नेउखा नरदेवी टोलमा जन्मिएका हुन् ।
वाणिज्य विषयमा स्नातक पूरा गरेका उनी आफ्नो उद्योगको हरेक विभागमा निकै रुचिका साथ समय दिन्छन् । लकडाउनपको समयमा कैयनपटक उद्योगको कामका लागि दाङ जाने र आउने काम गरिरहे । जसका कारण २४ महिनाको कम समयमा त्यत्ति ठूलो प्रोजेक्ट समयमै सम्पन्न गरेर उनले उदाहरणीय काम गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्