×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डु धनगढीको घोटाला प्रकरण : ब्रान्च मेनेजर दोषी ठहर, यस्तो थियो किर्ते काण्डको नालीबेली ! (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बैंक अफ काठमाण्डु धनगढीको घोटाला प्रकरण : ब्रान्च मेनेजर दोषी ठहर, यस्तो थियो किर्ते काण्डको नालीबेली ! (भिडियो)

१ माघ २०७७, बिहीबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार इन्भेष्टिगेसन ब्युरो 
धनगढी । बेला बेलामा जग्गा विभिन्न काण्डमा फसिरहेको बैंक अफ काठमाण्डुको अर्को किर्ते काण्ड पनि बाहिर आएको छ । बैंकका तत्कालीन प्रबन्धक दीपक खनालले आफ्नै बैंकका सहकर्मीहरुसहित १४ जना विरुद्ध दायर गरेको सरकारी कागज, छाप, दस्तखत किर्ते र ठगी मुद्दामा बैंककै प्रबन्धक स्वयम् खनाललाई अदालतले दोषी ठहर गरेसंगै यो प्रकरण बाहिर आएको हो । जिल्ला अदालत कैलालीका श्रेस्तेदार राइभान कुन्जेडाका अनुसार जिल्ला अदालतका न्यायाधिश बाबुकाजी श्रेष्ठको इजलासले खनालले मालपोत कार्यालयका लेखनदास, बैँककै कर्मचारी र केही जग्गाधनी बिरुद्ध दायर गरेको मुद्दामा जाहेरीवालालाई दोषी ठहर गरि अन्य १३ जनालाई सफाइ दिएको जानकारी दिएका छन्। अर्थात जो जो विरुद्ध मुद्धा दायर भएको थियो, उनीहरु निर्दोष ठहर भएका छन् भने मुद्धा हाल्ने दीपक खनाल नै यो प्रकरणका मुख्य दोषी भएको ठहर भएको छ । अदालतको फैसला अनुसार अव सो दाबीको बिगो बराबरको रकम पनि स्वयम् खनालले तिर्नुपर्ने भएको छ भने उनलाई कैद सजाय पनि हुनेछ ।

घटना केहि बर्ष अगाडीको हो । बैंकले एक जग्गा धितोमा राखेर दुई करोड २४ लाख रुपैया ऋण प्रवाह गरेको थियो । तर अनुसन्धानका क्रममा सो कर्जामा समस्या भएको देखियो । सो कर्जाबारे थप अध्ययन गर्दै गर्दा उक्त जग्गा नै किर्ते भएको रहस्य बाहिर आयो । त्यसपछि बैंकको हेड अफिसकै सल्लाहमा बैंकका तत्कालीन प्रबन्धक दीपक खनालले सो ऋण लिने व्यक्तिहरुमात्र होइन पालापोत कार्यालयका केहि अधिकारीहरुलाईसमेत प्रतिवादी बनाएर जिल्ला अदालत कैलालीमा ठगी मुद्धा दायर गरे । उनले जग्गा धनीहरुका विरुद्धमात्र होइन आफ्नै कर्मचारीहरुविरुद्ध पनि ठगीमा सहयोग गरेको भन्दै मुद्धा हाले । आफु मातहतका कर्मचारीहरुलाई समेत प्रतिवादी बनाएर खनाल आफ्नो जिम्मेवारीबाट मुक्त हुन चाहान्थे । तर अदालतको फैसलाले यो किर्ते काण्डकै सम्पूर्ण दोषी स्वयम् खनाल नै भएको ठहर गरेपछि उनको बदमासी र यस प्रकरणमा उनले गरेको डिजाइन छताछुल्ल भएको छ। 

जिल्ला अदालत कैलालीले बैंक अफ काठमाडौँ प्रकरणमा मुख्य दोषी दीपक खनाल भएको ठहर गरी निजलाई माग दाबी गरिएको क्षतिपूर्तिको बिगो भराउन भनेको छ । साथै अदालतले खनालको जाहेरीले प्रतिवादी बनेका धनगढीका जग्गाधनी राम बहादुर कुवँर, दीपक कुवँर, प्रभा तामाङ, दोर्जे लामा, कमल बहादुर तामाङ र धन बहादुर तामाङलाइ सफाइ दिएको छ भने अर्का जग्गाधनी दीपक खड्काको मुद्दा भने तामेलीमा राखेको छ । अदालतले जनाएको छ। खनालकै सहकर्मीहरु महेश जोशी, प्रकाश दत्त भट्ट लगायतले पनि सफाई पाएका छन् । 
खनालको जाहेरीले प्रतिवादी बनेका धनगढीका जग्गाधनी राम बहादुर कुवँर, दीपक कुवँर, प्रभा तामाङ, दोर्जे लामा, कमल बहादुर तामाङ र धन बहादुर तामाङलाइ सफाइ दिएको छ भने अर्का जग्गाधनी दीपक खड्काको मुद्दा भने तामेलीमा राखिएको अदालतले जनाएको छ । खनालकै सहकर्मीहरु महेश जोशी, प्रकाश दत्त भट्ट लगायतले पनि सफाई पाएका छन् । 

जिल्ला अदालत कैलालीको फैसलाले पर्दापछाडीका धेरै रहस्यहरु बाहिर ल्याएको छ । आफु बदमासी गर्ने र अरुलाई फसाएर आफु उम्कने बैंकका हाकिमको दुष्प्रयास पनि अदालातको फैसलासँगै छताछुल्ल भएको छ । यसले नेपाली बैंकहरुमा कुन हदसम्म आफ्नालाई फसाउने काम भइरहेको छ भन्ने गम्भीर र सोचनीय तथ्यलाई समेत उजागर गरेको छ भने अदालतको यो फैसलाले निर्दोषहरुले न्यायमात्र पाएका छैनन्, बरु सयौं अपराधी छुटुन, एउटा निर्दोष नफसोस भन्ने कानुनको सर्वमान्य सिद्धान्तलाई पनि थप बल दिएको छ । 
बैंक अफ काठमाडौँको यो प्रकरणमा किर्ते जग्गा उपर बैंकले ऋण दिएको देखिन्छ । खनाल दोषी ठहर नहुँदासम्म बैंकले मालपोतकै कर्मचारीहरुको मिलेमतोमा नक्कली जग्गा राखेर बैंकबाट ऋण लिएको दाबी गर्दै आएको थियो । तर दुधको दुध पानीको पानी छुट्याएर अदालतले यो प्रकरणमा दीपक खनाल नै दोषी भएको र उनका अन्य कर्मचारीहरुको कुनै पनि गल्ती नभएको फैसला गर्दै अन्य प्रतिवादीहरुलाई सफाई दिएको छ । अदालतले खनालले दाबी गरेको रकमको बिगोसमेत स्वयम् खनालबाट असुल गर्ने फैसला गरेको छ । अदालतको यो फैसलाले निर्दोषहरुले न्याय मात्र पाएका छैनन, बैंकभित्र आफ्नैलाई फसाउनका लागि बुनिएको तानाबानाको समेत पर्दाफास गरेको छ । 
यसो त धनगढीको जग्गा किर्ते काण्ड मात्र होइन, बैंक अफ काठमाडौँ भित्र यस्ता थुप्रै किर्ते काण्डहरु एक एक गरि बाहिर आएका छन् । केहि समय अघि मात्र एक किर्ते जग्गाउपर ऋण लिएको काण्डमा बैंकले बैंकका तात्कालीन सीइओ अजय श्रेष्ठको मिलेमतो भएको भन्दै सीआइबी गुहारेको थियो र सो मुद्धा अहिले अदालतमा विचाराधीन छ । सीआइबीले श्रेष्ठलाई पक्राउ गरेलगत्तै अजय श्रेष्ठजस्तो सोझो मान्छेले यस्तो काममा मिलेमतो गर्न नसक्ने चर्चा चलेको थियो । जिल्ला अदालत कैलालीको यो प्रकरणले पनि अव मुद्धा हाल्न सीआइबी गुहार्ने बैंकका उच्च अधिकारी पनि त दोषी ठहर हुन सक्छन भन्ने थोरैले मात्र सोचेको तथ्यलाई पनि बल दिएको छ । 
बैंक अफ काठमाडौँ जनताको बैंक हो । जनताको निक्षेप सुरक्षित राख्नु, जनताका लागि नै नाफा कमाउनु र नेपाल राष्ट्र बैंकबाट नियमनमा बसी जनताको सेवा गर्नु यो बैंकको मुख्य धारमा हो । तर पटक पटक बाहिरिरहेका किर्ते प्रकरणले बैंकभित्रको कम्प्लाइन्स कति कमजोर छ भन्ने पुष्टीसमेत गर्दै गएको छ । पटक पटक बाहिरिएका यस्ता घटनाले किन गलत गर्नेहरुले बैंक अफ काठमाडौँलिई नै प्रयोग गर्छन भन्ने तथ्य पनि अनुसन्धान हुनुपर्छ भन्ने कुरालाई थप बल दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: