
- अर्थ सरोकार सम्बददाता
काठमाडौँ । विदेशका सुविधासम्पन्न अस्पतालहरुले दिने स्तरीय सेवा र त्यहाँका स्वास्थ्यकर्मीहरुको नरम व्यवहारको धेरै चर्चापरिचर्चा चल्ने गर्छ । स्वास्थ्यकर्मी र उनीहरुले हेर्ने बिरामीबीच बेला बेला खटपट भएका र विभिन्न दुव्र्यवहारका घटनासम्म भएका खबरहरु सार्वजनिक भइरहने हाम्रो जस्तो देशमा स्तरीय अस्पतालहरुमा बिरामीप्रति हुने पारिवारिक व्यवहार र त्यही व्यवहारका कारण बिरामी डिस्चार्ज हुँदाको क्षण स्मरणीय बनाउने घटना दुर्लभ हुन् । बिहीबार काठमाण्डौको थापाथलीमा रहेको देशकै स्तरीय अस्पताल, नर्भिक इन्टरनेशनल हस्पिटलमा यस्तै घटना भयो ।
नर्भिकले प्रवाह गर्ने स्तरीय सेवा र यहाँका स्वास्थ्यकर्मीहरुको मीठो व्यवहारबाट प्रभावित भएकी एक बिरामीले आफू डिस्चार्ज भएर घर जानुअघि उपचारमा संलग्न डाक्टरसहितका स्वास्थ्यकर्मीलाई केक काट्दै आफ्नै क्याबिनमा भव्य पार्टी नै दिइन् । जानुअघि बिरामीले खुशी भएर पार्टी खुवाएको घटनालाई अस्पतालका स्वास्थ्यकर्मीहरुले ‘अविस्मरणीय क्षण’ भनेका छन् ।
‘अस्पतालमा आउने बिरामीहरुले निको भएपछि घर फर्किनुअघि विभिन्न शैलीमा धन्यवाद ज्ञापन गर्नु नौलो होइन, तर मनमुटुदेखि नै धन्यवाद भन्ने बिरामीहरुको संख्या निकै कम हुन्छ ।’ बिहीबार बिरामी र उनका आफन्तबाट पाएको सम्मान र अविस्मरणीय क्षण बारे अस्पतालका डाक्टर रोशन शर्मा भन्छन्–‘पारिवारिक माहौलमा उपचार गर्ने अस्पतालहरुमा यस्ता घटना भइरहन्छन् । यसले हामी जस्ता स्वास्थ्यकर्मीलाई बिरामीलाई अझ पारिवारिक वातावरण र आफ्नोपन दिनुपर्छ भन्ने कुरामा हौसला प्रदान गर्छ ।’
१४ दिनअघि पिसाब नलीमा पत्थरी अड्किएर भएको इन्फेक्सन शरीरभरि फैलिएपछि जटिल अवस्थामा बालाजुकी ५३ वर्षीया मंगला शाक्य नर्भिकको आइसियूमा भर्ना भएकी थिइन् । नर्भिकका चिकित्सक डा. जेपी जैसवाल नेतृत्वको टिमले उनको उपचार थालेको थियो । चार दिनसम्म आइसियूमा राखेपछि उनको स्वास्थ्य अवस्थामा सुधार भएपछि पाँचौ दिनको दिन वार्डमा सारिएको थियो । वार्डसहित गरी १४ दिन अस्पताल बसाईपछि शाक्यको शरीरभरि फैलिएको इन्फेक्सन ठीक भएको थियो ।
आफू अस्पताल बस्दा पाएको स्तरीय सेवा, डाक्टर तथा नर्सहरुले दिएको पारिवारिक माया र महसुस गराएको आफ्नोपनका कारण डिस्चार्ज हुने दिन मंगला शाक्य खुशी र भावुक देखिन्थिन् । ‘म धेरै अस्पतालसम्म पुगेको छु, तर नर्भिकमा जस्तो बिरामीको केयरिङ अरुतिर पाइँन ।’ दुई छोरी अष्ट्रेलिया गएपछि एक्लै बस्दै आएकी उनले भनिन्–‘कोही आफन्त नहुँदा पनि नर्भिकका स्वास्थ्यकर्मीहरुले आफ्नोपनको महसुस गराउनुभयो । उहाँहरुको पारिवारिक माया र स्नेहले मेरा आधा बिराम त्यसै ठीक भएजस्तो लाग्यो । अस्पताल बसाईमा मेरा छोरीहरुको अभावको कुनै महसुस नै भएन ।’
आफ्नी दुईमध्ये कान्छी छोरी अष्ट्रेलियामा नर्स रहेकी र उनकै सुझावमा नेपालको सबैभन्दा स्तरीय अस्पताल नर्भिक आएको उल्लेख गर्दै शाक्यले भनिन्–‘मेरी छोरीलाई पनि डा. रोशन शर्मा भगवानजस्तो लाग्यो रे । उनकै सल्लाहमा जाने बेलामा खुशी भएर मैले केक काटेर पार्टी दिएकी हुँ ।’
उनको केकसहितको पार्टीमा आइसियूको टिमलाई समेत बोलाएकी थिइन् । डाक्टर र नर्सहरु समेत बिरामी निकोसँगै खुशी भएर घर फर्किन लागेको देखेर प्रफूल्ल थिए ।
‘अरु अस्पतालहरुमा गएर पनि बिरामीको समस्या ठीक हुन्छ, तर बिरामी स्वस्थसँगै खुशी भएर घर फर्किने कुरा निकै जटिल विषय हो ।’ डा. शर्मा भन्छन्–‘जुन बेला बिरामी पूर्णतया स्वस्थसँगै खुशी मन लिएर घर फर्किन्छ, त्यसबेला मात्र हामीलाई आफूले गरेको कामप्रति आनन्दको अनुभूति हुन्छ । मंगला शाक्यले हामीलाई त्यही अनुभूति गराउनुभयो ।’
मंगलाले केही वर्षअघि आफ्नो ओपन हार्ट सर्जरी समेत नर्भिकमै भएको र त्यसपछिदेखि नै अस्पतालको उपचारप्रति विश्वस्त हुन थालेको समेत सुनाइन् । ‘म त धेरै पहिलादेखि नै नर्भिकको फ्यान हुँ ।’ उनले भनिन्–‘नर्भिकजस्तो राम्रो उपचार हुने र बिरामीलाई प्रफूल्ल बनाउने अस्पताल विदेशमा मात्र हुन्छ रे, मेरी नर्स छोरीले भनेकी ।’
उनले सानातिना समस्या पर्दा मात्र अरु अस्पताल जाने गरेको, तर ठूलो समस्या परे नर्भिक नै आउने गरेको समेत कुराकानीको क्रममा सुनाइन् । उपचारमा संलग्न डाक्टर शर्माले पछिल्लो समय नेपालका पढेलेखेका युवापुस्ता विदेशमा गएका र बुढा भएका आमाबुबा नेपालमै एक्लो रहेको बेला कुनै बिरामी पर्दा अस्पतालहरुमा पारिवारिक वातावरणमा उपचार सेवा दिनुपर्नेमा जोड दिए । ‘यस्ता बिरामीहरुलाई अझ बढी पारिवारि माहौल चाहिन्छ, हामी यही सिद्धान्तमा विश्वास गर्छौ ।’ उनले थपे–‘एउटा बिरामीको उपचारपछि ठीक भएर जानु र ठीकसँगै खुशी भएर जानु फरक कुरा हो ।’
बिरामी अस्पतालमा आएपछि उनीहरुको आत्मबल बलियो बनाउने काम पनि स्वास्थ्यकर्मीहरुले गर्नुपर्नेमा उनको जोड छ । ‘मंगला पनि अस्पताल आउनुअघि कमजोर मनोबल लिएर बस्नु भएको थियो ।’ उनले थपे–‘तर अस्पतालबाट फर्कदा उहाँ बलियो आत्माविश्वास लिएर जानुभयो, यो हाम्रा लागि गर्वको विषय हो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्