×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कञ्चनरुप–तिरहुत जोड्ने पुलको निर्माण कार्य विगत ७ वर्षदेखि अलपत्र, स्थानीयवासीलाई आवतजावतमा समस्या

सप्तरी । सप्तरीको दुईवटा स्थानीय तह पालिका जोड्ने ठाउँमा विगत सात वर्षदेखि पक्की पुल निर्माण कार्य अलपत्र रहेको पाइएको छ । लामो समयदेखि सप्तरीको कञ्चनरुप नगरपालिका र तिरहुत गाउँपालिका जोड्ने सुन्दरीखोलामा बन्ने पुल अहिलेसम्म बन्न सकेको छैन । करीब सात वर्षअगाडि निर्माण कार्य थालिएको सो पुल निर्माण कार्य रोकिएपछि अहिलेसम्म पक्की पुल निर्माणको काम पूरा हुन नसकेको गुनासोसमेत पाइएको छ । आर्थिक वर्ष २०७१/७२ देखि पुलको काम शुरु गरेर आव २०७३/७४ मा बनाई सक्नुपर्नेमा आव २०७६/७७ सम्म पनि काम पूरा हुन नसकेको स्थानीयवासी विजय महत्मान यादवले जानकारी दिनुभयो । 
तीन वर्षमा सुन्दरीखोलामा बन्नुपर्ने सो पुल ७ वर्ष बित्दा पनि बन्न नसकेका कारण बर्सात र बाढी आएको बेला सो नदी तर्न समस्या हुने गरेको यादवले गुनासो गर्नुभयो । पुल निर्माणको समयमा नसकेका कारणले बाढीपहिरो आउने बेलामा पनि ओहोरदोहोर गर्न कठिनाइसमेत हुने गरेको स्थानीयवासीको आरोप रहेको छ । पुल निर्माण नहँुदा तिरहुत गाउँपालिकाको पिपराही, गोइठी मैनाकडेरी र धनपुरी गाउँका करीब दुई हजारका हाराहारीमा स्थानीय जनता कञ्चनपुर बजार आउन जान समस्या खोगिरहेको स्थानीयवासी मुकेश यादवको भनाइ छ ।
सडक डिभिजन लहान कार्यालाय सिरहामार्फत ठेक्का पाएका नीलगिरि कन्स्ट्रक्शनले तीन वर्षमा पुल निर्माण सम्पन्न गर्नुपर्ने तर सात वर्षमा पनि पुल निर्माण गर्न सकेका छैनन् । निर्माण नसकेका कारण बाढीको समयमा स्थानीय जनताले दुःख पाउनाका साथै बजारबाट खाद्यान्न सामग्री पनि ल्याउन समस्या हुने गरेको यादवको गुनासो छ । पुल निर्माणका काम तीन वर्षमा सम्पन्न गनुपर्ने पक्की पुल नबनेपछि वर्षा र बाढी आएको बेला आवतजावतमा समेत समस्या हुने गरेको छ । 
बर्खायाममा हजारौँ जनतालाई मर्का पर्नाका साथै कुनै सवारी साधनसमेत वारपार गर्न अहिले पनि नदीमा बालुवा रहेका कारण समस्या हुने गरेको स्थानीयको भनाइ छ । बरमझिया र कञ्चनपुरबाट पश्चिम भएर तिरहुत गाउँपालिकातर्फ जाने बाटोमा पर्ने सुन्दरीखोलामा तीन वर्षमा पुल निर्माण सम्पन्न गर्नुपर्ने तर ७ वर्षमा समेत बन्न नसकेको स्थानीयको गुनासो छ । बिरामी परेको बेला खोलापार गर्न मान्छेलाई साह्रै कठिनाइ हुने गरेको बताउँदै यस विषयमा पटकपटक सम्बन्धित निकायलाई जानकारी गराइए पनि केही सुनुवाइ हुन नसकेको स्थानीय नरेन्द्र यादवले गुनासो गर्नुभयो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: