×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टोखामा चाकु बनाउन भ्याईनभ्याई, टोखा चाकु प्रोडक्सनका सञ्चालक भन्छन् ‘कोरोनाले चाकुको माग घटायो’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

टोखामा चाकु बनाउन भ्याईनभ्याई, टोखा चाकु प्रोडक्सनका सञ्चालक भन्छन् ‘कोरोनाले चाकुको माग घटायो’ (भिडियो)

Artha Sarokar

२६ पुष २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याईनभ्याई छ । माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेको छ त्यसैले यो समयमा चाकुको खपत पनि बढी हुन्छ । यस वर्ष कोभिड–१९को प्रभावका कारण चाकुको माग कम छ । तरपनि उद्यमीहरुलाई चाकु बनाउन भ्याइनभ्याई छ । काठमाडौंको टोखा चाकुका लागि प्रशिद्ध शहर हो । टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा छन् । माघे सक्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीहरुलाई चाकु बनाउन भ्याईनभ्याई छ । 
सख्खरलाई पकाएर राम्रोसँग फेटेपछि निर्माण हुने चाकु माघे सक्रान्तिमा खानैपर्ने परिकारको रुपमा प्रख्यात छ । माघे सक्रान्तिलाई नेवारीमा ‘घ्यःचाकु संल्हू’ भनिन्छ । नेवारी समुदायमा माघ एक गते मनाईने पर्वमा घिउ र चाकुको परिकार निकै महत्वपूर्ण मानिन्छ । टोखा चाकु प्रोडक्सनका सञ्चालक हंसराज श्रेष्ठले यस वर्ष कोभिडको कारण चाकुको माग कम भएको बताउनुभयो । खासगरी चाकु जाडो महिनामा खाने प्रचलन छ । जाडो महिनामा चाकु खाँदा शरिर तात्ने भएकाले पनि पुस लागे देखि नै चाकुको माग बढ्ने गर्छ । माघे संक्रान्तिमा चाकुको माग बढ्ने भएकाले चाकु बनाउने कामलाई उद्यमीहरुले तिब्रता दिएका छन् । यसवर्ष सख्खरको मूल्य बढेको भएपनि चाकुको मूल्य नबढाइएको श्रेष्ठले बताउनुभयो ।
चाकु बनाउन पहिला उखुलाई पेलेर रस निकालिन्छ र उक्त रसलाई पकाएर सख्खर बनाइन्छ । हिजो आज टोखामा तराइबाट खरिद गरी ल्याइएको सख्खरबाट चाकु बनाइन्छ । सख्खरलाई करिब तीन घण्टा सम्म पकाउने, करिब आधा घण्टा सम्म चिस्याउने र राम्रोसँग तन्काएर ताडनुपर्छ । जसले गर्दा चाकुको रंग रातो हुन्छ भने खानको लागि पनि नरम र स्वादिलो हुन्छ । श्रेष्ठका अनुसार ५० केजी चाकु बनाउन करिब ५ घण्टा लाग्छ ।
चाकु उत्पादनमा टोखा प्रसिद्ध भएको कारण मानिसहरु चाकु किन्नका लागि टोखा सम्म पुग्ने गर्छन । टोखाको चाकु सबैभन्दा धेरै उपत्यकामै विक्री हुने गर्छ भने विदेशबाट समेत माग आउने गरेको व्यवसायीहरु बताउँछन् । टोखामा परम्परागत शैलीबाट चाकु बनाइने हुँदा पनि मानिसहरुले टोखाकै चाकु खान मन पराउँछन् । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी