×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खर्च, आम्दानी र कर्जा सापटीको लेखा राख्न मिल्ने ‘फाइनान्सियल नोटिसेस’ एपमा नयाँ फिचर

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

खर्च, आम्दानी र कर्जा सापटीको लेखा राख्न मिल्ने ‘फाइनान्सियल नोटिसेस’ एपमा नयाँ फिचर

५ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । फाइनान्सीयल नोटिसेस् एप्समा नयाँ फिचरहरु उपलब्ध भएको छ । कम्पनीले स्वरस्वती पूजाको अवसरक पारेर वित्तीय साक्षरतामूलक उक्त एप्स एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि उपलब्ध गराएको हो । अबको केही दिनमा आइओएस प्रयोगकर्तालाई समेत यो फिचर उपल्ध हुने कम्पनीले जानकारी दिएको छ ।
उक्त एप्समा नयाँ फिचरको रुपमा अब नेपाली भाषाको विकल्प पनि छनोट गर्न सकिनेछ । साथैे दैनिक रुपमा गरिने खर्च र आम्दानीको हिसाब विवरण राख्ने “फाइनान्स ट्याकर” को फिचर र व्यक्तिगत वा संस्थाको दैनिक लेनदेन कर्जा सापटीको लेखा राख्न सकिने “क्रेडिट ट्याकर” सुविधालाई थप व्यवस्थीत गरि सामान्य नागरिकलेसमेत प्रयोग गर्न सकिने गरी अध्यावधीक गरिएको छ ।
सूचनाहरुलाई अडियो नेपाली भर्सनमा समेत सुन्न मिल्ने गरी अध्यावधिक गरएको छ । फाइनान्सीयल क्यालकुलेटरमा सेयरबजारसँग सम्बन्धीत क्यालकुलेटरहरुको थप सुविधाहरु थपिएको कम्पनीले जनाएको छ ।फाइनान्सीयल नोटिसेस्” आम नेपाली नागरिकको दैनिक जीवनमा वित्तीय सूचनाको माध्यमबाट आधुनीक प्रविधिको प्रयोगले वित्तीयरुपमा साक्षर बनाउने नेपाल कै पोहिलो र एकमात्र वित्तीय सूचनामुलक डिजिटल एप्स हो ।
नेपाली वित्तीय बजारमा लोकप्रिय बन्दै गएको “फाइनान्सीयल नोटिसेस्”एप्स बाट आफुले कारोबार गर्ने वा जानकारी लिन चाहेको बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण सूचना, ताजा आर्थिक समाचार, नयाँ योजना तथा महत्वपूर्ण आर्थिक जानकारी, आगामी कार्यक्रमहरु, शेयर बजार लगानीका अवसर, शाखा संजाल, एटिएम रहेको ठाउँ, ब्याजदर, ऋणको अवधि, सेवा शुल्क, बैंकीङ्ग सेवा समय, सेयर बजार, रोजगारी, त्रैमासिक वित्तीय विवरण, ई–बैंकिङ सेवारसुविधाको जानकारी लिन सकिन्छ ।
त्यस्तै एप्सबाट बैंक, वित्त, बीमा र पूँजि बजारको सम्पूर्ण आर्थिक गतिविधि, लगानीको अवसर, सम्भावना र चुनौती, समग्र अर्थतन्त्रको अवस्था, सरकारको नीति, नेपाल र विश्व अर्थ जगतको सम्पूर्ण आर्थिक जानकारी लिन सकिन्छ । यस एप्सले डिजिटल सूचनाको प्रभाव गरी आम नागरिकको जीवनका आवश्यकता र चाहनाहरुको विश्लेषण वर्गीकरण, वित्तीय लक्ष्य निर्माण, बचत र त्यसको सही परिचान गर्न मद्दत गर्दछ । 
त्यस्तै, ऋणको सही सूचनाबाट सही निर्णय लिनसक्ने ज्ञान, प्रयोग तथा व्यवस्थापन, पारिवारिक बजेट, बीमा, वित्तीय सेवाहरुको छनोट, प्रयोग, दैनिक व्यवहारलाई वित्तीयरुपमा सबल र सक्षम बनाउन सहयोग गर्ने कम्पनीका संचालक प्रकाश अर्यालले बताए । वित्तीय साक्षरताको विस्तारका लागि पहिलो शर्त भनेको वित्तीय तथा प्रविधिगत पहुँच नै हो । जुन हामीले फाइनासन्सीयल नोटिसेस् मोबाईल एप्स मार्फत प्रदान गर्दै आई रहेको संचालक अर्यालले बताए।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: