
राजेन्द्र खेतान । सेयर बजार बढ्नु भनेको हाम्रो सम्पत्तिको मूल्य बढ्नु हो । यसको अर्थ तपाईंको वित्तीय अस्तित्व ठूलो भएको हो । सेयर बजारमा तपाईंको सम्पत्ति बढेपछि त्यो बेचेर वा त्यही सेयरको धितो राखेर तपाईंले ऋण पाउन सक्नुहुन्छ । त्यस्तो ऋण सेयर बजारमै लगानी गरे पनि भयो, नयाँ क्षेत्रमा लगानी गरे पनि भयो । त्यसरी सेयर बजारले पूँजी निर्माणमा सहयोग पु¥याउँछ ।
समतामूलक समाज वा समावेशी अर्थतन्त्र वा अरु कुनै पनि स्वरुपको अर्थव्यवस्थाको कुरा गर्दा पूँजी त सुरुमै चाहिन्छ । अहिले नेपाली सेयर बजार बढ्दै जाँदा त्यस्तो पूँजी पनि बढ्दै र फराकिलो हुँदै गएको छ । तथापि, प्रतिव्यक्ति पूँजीको निर्माणमा हामीले जुन गति हासिल गरेका छौं, अहिलेकै अवस्थामा सेयर बजारबाट पूँजी निकालेर औद्योगिक गतिविधी सञ्चालन गरिहाल्ने अवस्था बनिसकेको छैन । हाम्रो बजार अझै पनि त्यति धेरै फराकिलो भइसकेको छैन ।
सबैभन्दा ठूला १० जना लगानीकर्तामा यस्तो संभावना होला । त्यसपछिका एक सय जनाले पनि औद्योगिक गतिविधिमा धेरैथोरै लगानी गर्ने सामथ्र्य राख्लान् । सामूहिक लगानीमा जाने हो भने त्यसपछिका ५ सय जनालाई पनि जोड्न सकिएला । तर अहिलेको अवस्थामा सेयर बजारका ३ लाख सक्रिय लगानीकर्तामध्ये माथिल्लो एक हजारजनाभन्दा बढीले पूँजी बजारको लगानीलाई अन्य कुनै पेशा व्यवसायमा स्थानान्तरण गर्न पर्याप्त हुँदैन । तर उनीहरुले पनि थप ऋण लिएर सेयर बजारमै लगानी बढाउन चाहीं सक्छन् ।
स्वामित्वमा एकरुपता
सेयर बजारमा कुनै पनि कम्पनीको संस्थापक र साधारण सेयरलाई निश्चित समयपछि एकरुपता दिनुपर्छ । आजको दिनमा यो हाम्रो बजारका लागि पहिलो आवश्यकता हो । संस्थापकले त्यही कम्पनी चलाउन लिएको ऋणको भाखा र लिएको जिम्मेवारी पूरा गरेपछि संस्थापक सेयरको पूँजीलाई साधारण सेयरमा रुपान्तरित गर्ने सुविधा दिइनुपर्छ । एउटै व्यक्ति वा समूहले धेरै व्यवसायमा हात हाल्ने क्रम बढ्दै गएको छ । सेयर बजारमा पनि धेरै मान्छेको चासो बढ्न थालेको छ । त्यसकारण अब वित्तीय क्षेत्रमात्र होइन, सबै किसिमका कम्पनीमा सेयरको रुपान्तरण गर्ने बेला आएको छ । यसले पूँजीबजारको दायरालाई अझै फराकिलो पार्छ।
उदाहरणका लागि लक्ष्मी बैंकमा मेरो नाम देखेर वा मलाई जिम्मेवारी दिएर बैंक सञ्चालन गर्ने लाइसेन्स दिइएको रहेछ, र म नै भोलि सेयर बेचेर निस्किएँ भने कसलाई पछ्याउने ? राष्ट्र बैंकका आफ्नै नियमहरु छन् । संस्थापक सेयरको विषय यही कुराले सल्टिन सकेको छैन । तर हाम्रो बजार पछिल्ला केही वर्षमा धेरै विकसित भएको छ ।
लगानी व्यवस्थापकहरु आएका छन् । नियम कानूनहरु प्रभावकारी हुँदै गएका छन् । एउटै व्यक्ति वा समूहले धेरै व्यवसायमा हात हाल्ने क्रम बढ्दै गएको छ । सेयर बजारमा पनि धेरै मान्छेको चासो बढ्न थालेको छ । त्यसकारण अब वित्तीय क्षेत्रमात्र होइन, सबै किसिमका कम्पनीमा सेयरको रुपान्तरण गर्ने बेला आएको छ । यसले पूँजीबजारको दायरालाई अझै फराकिलो पार्छ ।
सँगसँगै जोखिम मोल्न चाहने प्रवद्र्धकहरुलाई नयाँ क्षेत्रमा लगानी गर्न प्रेरित गर्छ । अहिले नै पनि संस्थापक सेयरप्रति लगानीकर्ताको ध्यान तानिन थालेको छ । ३-४ सय धनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर अहिले १० हजार जना जतिको स्वामित्वमा फैलिइसकेको छ । हामीले कम्पनी मर्ज गर्दा हाम्रो कम्पनीमा १० जना प्रवद्र्धक थिए भने मर्ज गरेको कम्पनीमा २०० जना । अब हाम्रो कम्पनीमै २१० जना प्रवद्र्धक/संस्थापक भयौं ।
कम्पनीको संस्थापक स्वामित्व यसरी हेरफेर हुँदा नवीन सोचहरु कम्पनीमा आउँछन् । व्यवसायको दायरा फराकिलो बन्न पुग्छ । कतिपय मान्छे व्यवसाय बढाउँछु भनेर कम्पनीमा आउँछन्, कोही नयाँ सोच लिएर त कोही नयाँ ग्राहक लिएर आउँछन् । कोही चाहीँ व्यवसाय बुझौं, प्रश्नोत्तर गरौं भनेर पनि आउँछन् । त्यस्ता मान्छेले संस्थाको सुशासन र पारदर्शितामा सुधार ल्याउन सहयोग पु¥याउँछन् । यी सबै प्रवद्र्धक फेरिँदाका सकारात्मक पाटा हुन् ।
संस्थागत लगानीमा करको अड्चन
अहिलेको अवस्थामा राज्यको कर नीतिले केही अप्ठ्यारो पनि बनाइदिएको छ । उदाहरणका लागि कम्पनीले सेयरमा लगानी गर्दा २५ प्रतिशत संस्थागत आयकर तिर्नुपर्छ । व्यक्तिले कारोबार गर्दा चाहीँ ५ प्रतिशत पूँजीगत लाभकर तिरे पुग्छ । यहाँ २० प्रतिशतको फरक छ । यही फरकका कारण मान्छेहरु सेयर बजारमा संस्थागत लगानी गर्न चाहिरहेका छैनन् । त्यसकारण यो दुवै दरलाई समायोजन गरेर एक ढंगको सर्वस्वीकार्य विधि बसाउनुपर्ने आवश्यकता छ ।
त्यसो गर्न सकियो भने सयौं मान्छे मिलेर कम्पनी बनाएर सेयर बजारमा लगानी गर्ने परिपाटीको विकास गर्न सकिन्छ । आफ्नो क्षमता अनुसारको लगानी गरेर त्यो पैसालाई व्यवस्थित रुपमा सेयर बजारमा चलाउन सकिन्छ । त्यसमा धेरै जनाको दिमागले काम गर्न पाउँछ । तर व्यक्तिगत लगानीलाई प्रवद्र्धन गर्दा लगानीकर्ताको दृष्टिकोण संकुचित भएको छ । यसलाई कर्पोरेट स्वरुपमा ढाल्न पाइयो भने त्यसले अर्थतन्त्रलाई अन्य लाभ पनि दिन्छ ।
कम्पनीले सेयरमा लगानी गर्दा २५ प्रतिशत संस्थागत आयकर तिर्नुपर्छ । व्यक्तिले कारोबार गर्दा चाहीँ ५ प्रतिशत पूँजीगत लाभकर तिरे पुग्छ । यहाँ २० प्रतिशतको फरक छ । यही फरकका कारण मान्छेहरु सेयर बजारमा संस्थागत लगानी गर्न चाहिरहेका छैनन्
उदाहरणका लागि संस्थागत लगानी गर्ने कम्पनीहरु खुल्दा ती कम्पनीले नयाँ रोजगारी सिर्जना गर्छन् । ती कम्पनीले पनि नयाँ सेयर जारी गर्छन् । यसले पूँजी बजारलाई फराकिलो पनि बनाउँछ । पब्लिक कम्पनीमा रुपान्तरित भएपछि कम्पनीहरुको पारदर्शिता बढ्छ । पारदर्शिताले भविष्यमा अन्तरराष्ट्रिय बजारमा लैजान पनि सहयोग पुग्छ ।
परामर्श सेवा र बाह्य लगानी
व्यक्तिगत लगानीकर्तालाई पनि अहिले सूचनामा पहूँच र परामर्श सेवाको अभाव खेप्नु परिरहेको छ । ब्रोकर कम्पनीमा एक जना परामर्शदाता राखेर लगानीकर्तालाई सिकाउने, यो कम्पनीको भविष्य यस्तो छ, यस कम्पनीको सेयरमा लगानी गर्दा राम्रो हुन्छ भनेर सुझाव दिने मान्छे भयो भने सजिलो पर्छ । त्यसले नयाँ आगन्तुक लगानीकर्ता (जसलाई हामी ‘टुरिस्ट इन्भेष्टर्स’ भन्छौं)लाई दीर्घकालीन लगानीकर्तामा परिणत गर्न मद्दत मिल्छ ।
अर्को महत्वपूर्ण कुरा हो, गैर आवासीय नेपालीको लगानी । ९० प्रतिशत एनआरएन अहिले पनि नेपाली नागरिक छन् । उनीहरुले नागरिकता लिएर आएपछि नेपाली सेयर बजारमा राम्रैसँग कारोबार गर्न पाउँछ । त्यसमा समस्या छैन । समस्या कहाँ हो भने, उसले विदेशमा कमाएको पैसालाई नेपाली सेयर बजारमा कसरी ल्याउने ? विदेशबाट पैसा ल्याउन दिने भन्नुको मतलव यहाँबाट कमाएको पैसा पनि विदेश लैजान दिनु हो । तर यसमा बीचको बाटाहरु पनि हुनसक्छन्, त्यो खोज्नुपर्छ ।
एनआरएनका परिवार नेपालमा हुन्छन् । त्यसैले त हामीले अर्बौं रुपैयाँ रेमिट्यान्स पाइरहेका छौं । सेयरमा लगानी नगरे पनि उनीहरुले नेपालमा पैसा पठाइरहेकै छन् भने नेपाली सेयर बजारमा लगानी गर्नैका लागि ल्याउने विदेशी पैसाको आधा मात्रै फिर्ता लान पाउने व्यवस्था गर्न पनि सकिन्थ्यो । तर त्यसबारेमा सोचिएको छैन । त्यसो नहुँदा एनआरएनले नेपालमा बाह्य पैसा ल्याउन सकेका छैनन् । आजैको दिनमा एनआरएनलाई नेपाली बजारमा लगानी भित्र्याउन सहजीकरण गरिदिने हो भने यहाँको निजी क्षेत्रको १० प्रतिशत जति अर्थतन्त्र तुरुन्तै थपिन सक्छ ।
सेयरमा लगानी नगरे पनि उनीहरुले नेपालमा पैसा पठाइरहेकै छन् भने नेपाली सेयर बजारमा लगानी गर्नैका लागि ल्याउने विदेशी पैसाको आधा मात्रै फिर्ता लान पाउने व्यवस्था गर्न पनि सकिन्थ्यो । तर त्यसबारेमा सोचिएको छैन । त्यसो नहुँदा एनआरएनले नेपालमा बाह्य पैसा ल्याउन सकेका छैनन्
अहिले पनि ‘म नागरिक हूँ, तर म बाहिर बस्छु’ भनेर त्यहीं कारणले लगानी गर्न पाइन्न कि भन्ने शंका र द्विविधामा धेरै ठूलो जमात रुमल्लिएको देखिएको छ । नागरिकता, प्यानकार्ड र कर तिरेको प्रमाण बोकेर अहिले पनि जुनसुकै एनआरएनले नेपालमा लगानी गर्न सक्ने अवस्था छ । धेरैले यो कुरा बुझ्न सकिरहेका छैनन् । एनआरएनका संस्थागत प्रतिनिधीले पनि यो कुरा सबैसम्म पु¥याउन सकिरहेका छैनन् ।
पूँजी बजार बोर्डको खाँचो
नियामकको संयन्त्रहरु अहिले धेरै भए । नेप्सेमा सूचीकृत भएको एउटा कम्पनीलाई राष्ट्र बैंकले, अर्कालाई बीमा समितिले, अर्कालाई पर्यटन विभागले, अर्कालाई नेपाल दूरसञ्चार प्राधिकरणले नियमन गर्छन् । यस्ता बहुपक्षीय नियामक हुँदा बजारमा बेलाबेला ‘कन्फ्युजन’ को अवस्था बन्ने गरेको छ । त्यसकारण अधिकार सम्पन्न, एकद्वार प्रणालीलाई कार्यान्वयन गर्नसक्ने पूँजीबजार बोर्डको गठन हुनु आवश्यक छ । त्यसले पूँजी बजारका सबै नीतिगत एवम् व्यवहारीक समस्याहरु चाँडो र एकद्वार विधीबाट समाधान खोज्न सक्छ ।
अर्धन्यायिक अधिकारसम्पन्न आयोग बनाउन सकियो भने अन्तरनिकाय समन्वय, नियमन र जनगुनासोको सम्बोधन गर्नमा सजिलो हुन्छ । त्यहाँ परेका निवेदनहरुमाथि केही दिनभित्र हुन्छ वा हुन्न भन्नै पर्ने व्यवस्था गरिनुपर्छ । शीघ्र निर्णय गर्नुपर्ने कानूनी दायित्वसहितको अर्धन्यायिक एकद्वार प्रणाली गठन गर्न सकियो भने पूँजी निर्माणमा धेरै ठूलो सहयोग पुग्छ ।
हाम्रो पूँजी बजारमा कम्पनीको संख्या निकै कम भयो । अहिले हामीसँग कम्तिमा पनि १ हजार वटा कम्पनी सूचीकृत हुनुपर्ने थियो । दरिलो प्रयास गर्ने हो भने अहिले नै पनि ६-७ सय कम्पनीलाई सेयर बजारमा ल्याउन सक्छौं । साना कम्पनीहरुलाई पनि सहुलियत दिएर सेयर बजारमा ल्याउनु पर्छ । त्यसले पारदर्शीता र पूँजी बजारको आकार बढाउनमा पनि सहयोग पुग्छ । यसका लागि पनि अधिकारसम्पन्न बोर्ड आवश्यक छ ।
नेप्सेमा सूचीकृत भएको एउटा कम्पनीलाई राष्ट्र बैंकले, अर्कालाई बीमा समितिले, अर्कालाई पर्यटन विभागले, अर्कालाई नेपाल दूरसञ्चार प्राधिकरणले नियमन गर्छन् । यस्ता बहुपक्षीय नियामक हुँदा बजारमा बेलाबेला ‘कन्फ्युजन’ को अवस्था बन्ने गरेको छ । त्यसकारण अधिकार सम्पन्न, एकद्वार प्रणालीलाई कार्यान्वयन गर्नसक्ने पूँजीबजार बोर्डको गठन हुनु आवश्यक छ
यस्तो बोर्डले धितोपत्र बजारका अन्य नयाँ उपकरणहरु भित्र्याउन पनि काम गर्छ । हामीले सरकारी ऋणपत्र, निजी कम्पनीका डिबेञ्चरदेखि नयाँनयाँ किसिमका धितोपत्रको विकास गर्ने, त्यसलाई बजारमा कारोबार गराउने काम गर्न सक्छौं । अहिले त्यस्ता काम हुन सकेका छैनन् । नेपालमा त्यस्ता कामका लागि पर्याप्त जनशक्ति पनि छैनन् । बोर्डले त्यस्ता विशेषज्ञता हासिल गर्न र कार्यान्वयन गराउन सक्छ ।
केही नीतिगत सुधार
अहिले बैंकलाई ब्रोकरको लाइसेन्स दिने कुरा बीचैमा रोकिएको छ । बैंकलाई र अरु नयाँ कम्पनीलाई पनि ब्रोकर लाइसेन्स दिनुपर्छ । अहिलेको अवस्थामा कम्तिमा पनि १०० वटा ब्रोकर हुनुपर्छ । ब्रोकरको संख्या बढेपछि उनीहरुले बजार खोज्न थाल्छन् । नयाँ ढंगको प्रतिस्पर्धा बढ्छ । रोजगारी सिर्जना हुन्छ । राजस्व बढ्छ । त्यसपछि ब्रोकर पनि एउटा अलग्गै उद्योगको रुपमा उदाउँछ । यसले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्छ । ब्रोकरलाई अन्तर्राष्ट्रियस्तरको प्राविधिक ज्ञान हासिल गर्ने गरी आवधिक तालिम कार्यक्रम आयोजना गर्नुपर्छ ।
अर्को कुरा, करमा स्थायित्व हुनुपर्छ । सरकारले कर बढाउने हो भने २ वर्षपछि बढाउने करको कुरालाई दुई वर्षअघि नै स्पष्ट पारिदिने परिपाटी बसाल्नुपर्छ । २ वर्षपछि सरकारले कर बढाउँछ, त्यसलाई हेरेर कारोबार गर्नुहोला भन्ने पूर्वसूचना दिने हो भने बजारलाई अनावश्यक उतारचढावबाट जोगाउन सकिन्छ । सँगसँगै लगानीकर्ताले दीर्घकालीन सोचसहित लगानी गर्न सक्छन् ।
यस सँगै सेयर स्वामित्वको अनुपात पनि बदल्नुपर्छ । हामीले नजिकको उदाहरण थाहा पाउन भारतीय बजारलाई नै हे¥यौं भने पनि त्यहाँ टाटा कम्पनीमा प्रवद्र्धकको हिस्सेदारी ३० प्रतिशत हाराहारी छ । अधिकांश ठूला कम्पनीमा प्रवद्र्धकको स्वामित्व २५-३० प्रतिशतभन्दा बढी छैन । ब्राण्ड, व्यवस्थापन र निर्णय पनि उसैको छ । तर स्वामित्वमा उनीहरु अल्पमतमा छन् । त्यो कस्तो प्रणाली हो ? त्यहाँ भेञ्चर क्यापिटल वा अग्राधिकार सेयर वा अरु नै कुनै प्रणाली विकास गरिएको छ कि ? त्यस्ता कुराको खोजी गर्ने र आफ्नो माटोमा लागू गर्ने काम पनि हामीले गर्नुपर्छ । यस्ता उपकरणहरु ल्याउन ढीला गर्नु हुँदैन ।
अहिले बैंकलाई ब्रोकरको लाइसेन्स दिने कुरा बीचैमा रोकिएको छ । बैंकलाई र अरु नयाँ कम्पनीलाई पनि ब्रोकर लाइसेन्स दिनुपर्छ । अहिलेको अवस्थामा कम्तिमा पनि १०० वटा ब्रोकर हुनुपर्छ भेञ्चर क्यापिटललाई पनि हामीले प्रवद्र्धन गर्नुपर्छ । यसले अर्थतन्त्रमा निकै ठूलो सहयोग पु¥याउँछ । नयाँ कम्पनीहरु खोल्ने र त्यसबाट रोजगारी, उत्पादन र राजस्व बढाउने काममा भेञ्चर क्यापिटलले ठूलो सहयोग गर्न सक्छन् । १ अर्बभन्दा बढी पूँजी भएका कम्पनी र ब्रोकर कम्पनीमा सेयर परामर्शदाता राख्नुपर्ने व्यवस्था गरिनुपर्छ । बरु यसका लागि शुल्क लिन सकिन्छ । तर यस्ता सुविधा भने हुनुपर्छ । यसले धेरै लगानीकर्तालाई सघाउ पु¥याउँछ ।
समावेशी पहूँच र आय असमानताको जोखिम
विद्यमान नेपालको संविधान निर्माण गर्ने क्रममा संविधान सभामा म आफैंले प्रभावकारी भूमिका खेलेको थिएँ । त्यसबेला हामी विभिन्न कोणबाट ‘समाजवाद’मा सहमत भएका थियौं । त्यो भनेको सरकारले कुनै पनि नियम कानून ल्याउँदा त्यसबाट प्राप्त हुने लाभमा समाजको कुनै पनि पक्ष नछुटुन् भन्ने हो । तर व्यक्तिगत स्वतन्त्रतामा भने कुनै आँच आउनु हुन्न भन्ने मान्यता राखिएको छ । अर्थतन्त्रको कुरा गर्दा समाजवादी स्वरुपको खुला बजार अर्थव्यस्था हामीले अंगिकार गरेका हौं ।
डा. युवराज खतिवडाले राष्ट्र बैंकको गभर्नर हुँदा संविधानको व्यवस्थालाई कार्यान्वयन गर्ने प्रयास गर्नुभएको थियो । उहाँका प्रयास सुरुमा हामीलाई पनि नराम्रो लागेको थियो । हामीले ‘बैंकलाई गाह्रो भयो’ भनेर गभर्नरकहाँ गुनासो बोकेर पनि गयौं । उहाँले हामीलाई सम्झाउनु भयो । ‘१०–१५ वर्षपछि हेर्नू, यसको असर यसरी आउँछ’ भनेर प्रस्ट्याउनु भएको थियो । साँच्चै बजार फराकिलो पनि भएकै रहेछ ।
यसबाट के प्रष्ट हुन्छ भने, हामीले वित्तीय पहूँच र आय असमानता घटाउने सन्दर्भमा सबै मान्छेलाई पूँजीबजारमा जोड्नु हुँदैन । पूँजीबजारसहित अर्थतन्त्रका अन्य अवयवहरुमा पनि सँगैसँगै जोडेर अघि बढ्नुपर्छ । वित्तीय क्षेत्रमा मात्रै ५० भन्दा बढी प्रडक्ट ल्याउन सकिन्छ । तर हामीले अहिले पनि १३÷१४ वटाभन्दा धेरै प्रडक्ट चलाउन सकेका छैनौं । त्यसकारण नयाँ खालका कम्पनी र व्यवसायमा अवसर खोज्नुपर्छ ।
सेयर बजारमै आय असमानता घटाउने विकल्प भनेको ठूलो लगानी गर्ने लगानीकर्तालाई बढी कर र सानो लगानी गर्ने लगानीकर्तालाई कम कर लगाउन सकिन्छ । उदाहरणका लागि वर्षमा १० लाख रुपैयाँभन्दा कमको सेयर कारोबार गर्ने लगानीकर्तालाई कम कर लगाउने व्यवस्था गर्न सकिन्छ । तर त्यसको मतलब माथि भनिएजस्तो संस्थागत र व्यक्तिगत लगानीकर्ताबीचको भिन्नता यति धेरै राखिनुहुन्न । त्यसलाई चाहीं घटाउँदै लग्न पाइन्छ ।
अहिले महिलाको नाममा जग्गा किन्दा १ प्रतिशत विन्दु कम कर लगाउने बित्तिकै धेरै महिलाको नाममा जग्गा किन्ने परिपाटी बन्यो । त्यसले हाम्रो समाजमा महिलाको नाममा सम्पत्ति जोडिने काममात्रै भएको छैन, महिलालाई सामाजिक रुपमा सुरक्षित पनि गराएको छ । यो सामाजिक सुरक्षाको एउटा पाटो पनि हो ।
हामीले थोरै पोर्टफोलियो भएका साना लगानीकर्तालाई यसरी नै कर प्रणालीबाट छुट दिन सकिन्छ । सेयर बजारमा पनि महिला लगानीकर्ताका लागि कर छुट दिन सकिन्छ । १६ देखि २१ वर्षका नवप्रवेशी लगानीकर्तालाई कर छुट दिन सकिन्छ । यस्ता उपायबाट आय असमानता घटाउन र नयाँ मान्छेहरुसम्म पुँजीबजारको पहूँच विस्तार गर्न सघाउ पुग्छ ।
अर्कोतिर बैंकले धितो नभई ऋण नदिने परिपाटीको पनि अन्त्य हुनुपर्छ । साना र नवउद्यमीहरुलाई विनाधितो ऋणको सबैभन्दा ज्यादा आवश्यकता हुन्छ । एउटा सटर निकाल्न २ लाख चाहिन्छ, उसँग त्यही पैसा पनि छैन भने उद्यमशीलताको विकास हुन सक्दैन । बैंकहरुले पनि एउटा निश्चित तहको जोखिम लिनुपर्छ । यसले अर्थतन्त्र र बैंकिङ क्षेत्रलाई पनि लाभ पुग्छ ।
हिजो हामी तरकारी बेच्नेलाई तल्लो तहको मान्छे सम्झन्थ्यौं । अहिले अनलाइनमा तरकारी बेच्ने ५० औं संस्था जन्मिसके । यसमै धेरै लाभ देख्ने मान्छेहरुले यस पेशाको गरिमा नै बढाइदिए । यस्ता घटनाले धेरै धनी र धेरै गरीबको बीचमा खाडल घटाउन नयाँ उपायको खोजी गर्नुपर्छ भन्ने पनि देखाएको छ । सबै कुरालाई सेयर बजारसँग जोडेर हेर्नु हुँदैन ।
विस्तारित सेयर बजारः संकटको सहारा
अहिले प्रतिव्यक्ति लगानीकर्ता संख्यामा भारतभन्दा नेपाल अगाडी छ । नेपालमा ३ करोड जनसंख्यामा २० लाख सेयर खाता खुलिसकेका छन् । १५ लाख मान्छे अहिले हरेक नयाँ कम्पनीको प्राथमिक सेयरमा लगानी गर्न आवेदन दिइरहेका छन् । ३ लाख जना त दोस्रो बजारमा कारोबार गर्छन् । अर्थात् जनसंख्याको १ प्रतिशत मान्छे दोस्रो बजारमै सक्रिय लगानी गरिरहेका छन् । यसले सेयर बजारको आकार बढ्दै गएको देखिएको छ ।
विगतमा हाम्रो सेयर बजारको आकार नै ज्यादै सानो थियो । कम्पनीहरु साना थिए । थोरै कम्पनी थिए । सेयर बजारमा अहिलेभन्दा निकै कम सेयर सूचिकृत थियो । त्यस्तो बेला बजार बढ्न वा घट्न गाह्रो थिएन । तर अहिले करीब ५ गुणा बढी सेयर भएपछि पनि बजार बढेको छ । सेयरको आपूर्ति यति धेरै बढ्दा पनि बजार बढेको यो पहिलो घटना हो ।
अझै पनि चार वर्ष अघि बजार सूचक १८८० पुग्दाको अवस्थासँग तुलना गर्ने हो भने खासगरी बैंकका सेयरको मूल्य अहिलेको २६०० अंकको नेप्सेमा पनि पहिलेभन्दा सस्तो नै छ । यसले बैंकको सेयरमा अहिले पनि पूँजीगत लाभ नभएको देखिन्छ । तर अघिल्लो उचाइबाट घटेर बजार ११ सय अंकसम्म झर्दाको अवस्थाबाट हेर्ने हो भने चाहीँ ६० देखि ७० प्रतिशतसम्म पूँजीगत लाभ प्राप्त गरेको देखिन्छ । तीन वर्षमा ६० प्रतिशत प्रतिफल पाउनु भनेको धेरै राम्रो हो । यसले नेपालमा पुँजीबजारको प्रतिफलदर राम्रो छ भन्ने देखाउँछ ।
सेयर बजारमा पनि महिला लगानीकर्ताका लागि कर छुट दिन सकिन्छ । १६ देखि २१ वर्षका नवप्रवेशी लगानीकर्तालाई कर छुट दिन सकिन्छ । यस्ता उपायबाट आय असमानता घटाउन र नयाँ मान्छेहरुसम्म पुँजीबजारको पहूँच विस्तार गर्न सघाउ पुग्छ ।
कोरोनाको बेलामा हाम्रो औद्योगिक गतिविधि कम भएर गयो । व्यापार लगभग बन्द नै भयो । सेवा क्षेत्रका ३-४ वटा र खाद्यका १-२ क्षेत्रबाहेक सबैले क्षति व्यहोरे । यो क्रममा मान्छेमा भएको काम गर्ने ‘भोक’ ले उनीहरुलाई सेयर बजारमा तान्यो । मान्छेहरुसँग पैसा जम्मा हुन थाल्यो । त्यो पैसा लगानी गर्ने ठाउँ भएन ।
बैंकमा पनि ब्याजदर घट्यो । पैसा थुप्रिन थालेको अवस्थामा सेयर बजारतर्फ धेरैको ध्यान खिचियो । यही कारण यो वर्ष कोरोना महामारीको समयमा सेयर बजार बढेको हो । यसले व्यवसायीका लागि संकटको बेलामा वैकल्पिक लगानीको क्षेत्र तयार भएको छ । यसलाई दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्न माथि उल्लेख भएका कामहरु गर्नु जरुरी छ । -लेख नेपाल चेम्बर अफ कमर्सको स्मारिकाबाट साभार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्