×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रैराङ हाइड्रोपावरको बदमासी : हुँदै नभएको नेटवर्थ देखाएर लगानीकर्ता झुक्यायो, इपीएसको हिसाब पनि गडबड !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । रेराङ हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले झुटो वित्तीय विवरण प्रकाशित गर्दै लगानीकर्ताको आँखामा छारो हाल्ने दुष्प्रयास गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा नेटवर्थ र बार्षिक प्रति सेयर आम्दानी झुटो देखाएर लगानीकर्ता झुक्याउने दुष्प्रयास गरेको हो । कम्पनीले हुँदै नभएको २०० नेटवर्थ देखाएको छ भने अघिल्लो बर्षको रिजर्भमा रहेको रकमलाईसमेत यस बर्षको नाफामा जोडेर हुँदै नभएको बार्षिक प्रति सेयर आम्दानीलाई देखाएको छ । वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको देखाएको हो ।

नेटवर्थको हिसाब झुटो ! इपीएसको हिसाब पनि गडबड !

कम्पनीको नेटवर्थ निकाल्दा कम्पनीको पूँजी र रिजर्भलाई जोडेर सो योगलाई पूँजीले भाग गरी १०० ले गुणान गर्ने हो । यसरी हिसाब गर्दा कम्पनीको नेटवर्थ १०९ हाराहारीमात्र आउँछ । तर कम्पनीले आफ्नो नेटवर्थ २०० भएको झुटो विवरण सार्वजनिक गरेको छ । कम्पनी ३ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा भनेको ९ महिनाको नाफा हो । अव सो नाफालाई ३ ले भाग गरी ४ ले गुणान गर्दा आउने रकमलाई कम्पनीको कुल सेयर कित्ता अर्थात ५६ लाखले भाग गर्दा आउने परिणाम नै कम्पनीको बार्षिक प्रति सेयर आम्दानी हो । तर कम्पनीले अघिल्लो बर्षको रिजर्भमा बचेको पैसालाई समेत यस बर्षको नाफामा जोडेर गलत हिसाब गरी बढी बार्षिक प्रति सेयर आम्दानी निकालेर लगानीकर्ताको आँखामा छारो हाल्ने दुष्प्रयास गरेको छ ।
कम्पनीले यो बर्ष गरेको नाफा गत वर्षको भन्दा ४.३८% धेरै हो । गत वर्ष कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । हाल यसको चुक्ता पुँजी ५६ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ५ करोड ४८ लाख रुपैयाँ छ । तर सहि अर्थमा हिसाब गर्दा कम्पनीले हिसाब गडबड गरेर निकालेको प्रतिसेयर आम्दानी (१३ रुपैयाँ ०३ पैसा) (वार्षिक) र प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ भने सरासर झुट हो ।
यसरी गलत वित्तीय विवरण प्रकाशित गर्ने कम्पनीलाई नियामक धितोपत्र बोर्डले कारवाही गर्नुपर्ने हो । तर बर्षौंदेखि यस्ता कम्पनीहरुलाई धितोपत्र बोर्डले नै प्रभावमा परेर संरक्षण गरिरहेको आरोप जानकारहरुको छ । त्यसमाथि पनि हाइड्रोको वित्तीय विवरण त धेरै कम्पनीले यसरी हुने नहुने हिसाब देखाएर बदामासी गर्दा पनि धितोपत्र बोर्ड मुकदर्शक बन्दा गलत कामप्रति प्रस्रय भईरहेको छ ।यस्तो विवरण हेरी गानी गर्दा नोक्सानी भएमा सोको जिम्मेवारी कम्पनीले लिने कि धितोपत्र बोर्डले ? भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ ।
यस विषयमा बुझ्न कम्पनीको फोन नम्बरमा फोन गर्दा कसैले पनि प्रतिक्रिया दिएनन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: