Skip to content
LAXMI SUNRISE BANK

कैलाली भन्सारमा कोरोना प्रभाव : आयात घट्यो, निर्यातको त कुरै नगरौँ !

अर्थ सरोकार

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड-१९) को दास्रो संकक्रमण सुरु भएप्र्रश्चात जोखिम नियन्त्रणका लागि गरिएको निषेधाज्ञाकाबीच निकै व्यस्त हुने कैलाली भन्सार कार्यालय यतिबेला सुनसान प्राय बनेको हो । गत चैत्र महिनादेखी अहिलेसम्मको तथ्याङकलाई हेर्ने हो कैलाली भन्सारबाट भएको आयात भन्दा निर्यात निकै कम छ ।
पछिल्लो चैत्र महिना देखी हालसम्म अर्थात अढाई महिनामा ३ अर्ब १७ करोड ६५ लाख ४३ हजार ४ सय ८३ मुल्य बराबरको सामान आयात भएको छ । भने १९ करोड ३० लाख ६० हजार २ सय १६ मुल्य बराबरको निर्यात भएको छ । जुन आयातको तुलनामा निकै कम हो । 
त्यस्तै सबैभन्दा बढी आयात हुनेमा क्रमशः पेट्रोलियम पदार्थ १ अर्ब ५५ करोड ६९ लाख २६ हजार ५ सय ७८, चिनिजन्य पदार्थ ९ करोड २९ लाख १८ हजार ८ सय ७, पेपर १८ करोड १८ लाख ६९ हजार ९ सय १९, बिटुमिन १७ करोड ३१ लाख ९५ हजार ४ सय ९९, खाना पकाउने एलपी ग्याँस २४ करोड ६५ लाख ५० हजार २ सय ७७ मुल्य बराबरको रहेको छ । त्यस्तै टायल ७ करोड ४४ लाख २८ हजार २ सय ९२, सुर्तिजन्य पदार्थ १ करोड ४१ लाख १ हजार ३३, बिस्कुट तथा पापड ४ करोड २९ लाख २८ हजार २१ र खाद्यान्न (चामल, आलु, प्याज, गहुँ) ३५ करोड ७६ लाख ५० हजार २ सय ३६ मुल्य बराबरको आयात भएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाकाबीच भन्सार कार्यालय कैलालीको कारोबार निकै घटेको छ । सरकारले संक्रमणको जोखिम नियन्त्रणका लागि नाका बन्द गरेसँगै आयात निर्यातमा गिरावट आएको कैलाली भन्सार कार्यालय कैलालीका भन्सार अधिकृत खडिन्द्र खतिवडाले बताए । उनले भने, ‘अहिले गौरिफन्टा नाका भएर अतिआवश्यक सामाग्रि बाहेक अन्य सामाग्रिको आयात तथा निर्यात बन्द गरिएको छ ।’
अहिले भन्सारमा विशेषगरी पेट्रोलियम पदार्थ र खाद्यान्नको निर्यात बढी हुने गरेको छ । निर्यातको हकमा भने अति आवश्यक कच्चा पदार्थको निर्यात भएको अधिकृत खतिवडाले जानकारी दिए । ‘आयात हुने समाग्रीको हकमा कर्मचारीको नाकामै एन्टिजोन परिक्षण गर्ने र सवारीलाई कम्तिमा ६ देखी ७ घण्टा होल्ड गरि सुरक्षा मापदण्ड पुरा गरेर मात्रै पास गछौँ’, अधिकृत खतिवडाले भने, ‘कार्यालयमा कर्मचारीको हकमा भने नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सिफ्ट बेसमा कार्य सम्पादन गर्दै आएका छौँ ।’
अहिले निषेधाज्ञाकाबीच व्यापार, व्यवयास तथा अन्य सम्पुर्ण काम बन्द रहेका कारण वातावरण असहज बन्दै गएको छ । कोरोना भाइरस (कोभिड १९) का कारणले देशको अर्थतन्त्र नै डामाडोल पारेका बेला नाका नचल्दा अवस्था झनै बिग्रिएको तर्क विज्ञहरुले गरेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK