Skip to content
LAXMI SUNRISE BANK

अजोड इन्साइडर ट्रेडिङ प्रकरण : ‘दबाब थेग्न नसकेपछि, घटना सेलाईसक्यो भन्दै कम्पनीलाई उन्मुक्ति दिन चलखेल…!’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । गत चैत्र महिनामा अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडमा खुलेआम इन्साइडर ट्रेडिङ भयो । सुरुमा त धितोपत्र बोर्ड स्वयमले यो विषयलाई थामथुम पार्ने खोजेको थियो । तर लगानीकर्ताहरुले उजुरी नै दिएपछि बोर्डमाथि यसबारे छानविनको दबाब पर्यो र धितोपत्र बोर्डले अन्तत: यो विषय छानविन गर्नेगरी समिति गठन गर्यो । तर धितोपत्र बोर्डले त्यो बेला न त्यतिबेलाको कारोबार रद्ध गर्यो, न यो विषयलाई भित्री रुपमा नै गम्भिर भएर लियो । यहाँनेर नै धितोपत्र बोर्डको ‘निया’ बुझिसकेका थिए आम लगानीकर्ताले । अझ् अव त झन् धितोपत्र बोर्डले यो विषयलाई तुहाउने र अजोडको बदमासीलाई ढाकछोप गरेर कम्पनीलाई उन्मुक्ति दिनेगरी तयारी गरिरहेको बुझिएको छ ।
धितोपत्र बोर्डले सुरुमै गरेको थियो यस्तो ‘नाटक’ !
नेप्सेले धितोपत्र बोर्डले माग गरेका सबै विवरणहरु बुझाईसकेको छ । यसो त त्यो बेला पनि धितोपत्र बोर्ड आफैंले हेर्न मिल्ने तथ्यांक नेप्सेसंग मागेर बोर्डले यो प्रकरणलाई तुहाउने र अनुसन्धान पनि गर्नेगरी नौटंकी गरेको थियो । र पनि नियामकले मागीसकेपछी नेप्सेले बोर्डलाई सबै तथ्यांक दिइसकेको छ । यता धितोपत्र बोर्डले यो विषयको अनुसन्धान भईरहेको बताईरहेका छन् भने यता धितोपत्र बोर्डको उच्च स्रोतले भने यो विषय अव अजोडकै पक्षमा निष्कर्ष निकाल्नेगरी भित्रभित्रै सेटिङ भईसकेको दाबी गरिरहेको छ । छानविनमा भईरहेको ढिलाईले पनि कतै धितोपत्र बोर्डले मिलेमतोमा अजोडलाई उन्मुक्ति दिने तयारी त गरिरहेको छैन ? भन्ने शंका गर्ने ठाउँ प्रशस्तै छ ।
प्रमाणित गर्दा के हुन्थ्यो सजाय ?
धितोपत्र सम्बन्धी ऐन, २०६३ को परिच्छेद ९ मा धिताेपत्रकाे भित्री कारोबार सम्बन्धी कसूर तथा दण्ड सजाय उल्लेख गरिएकाे छ । दफा ९१ मा उल्लेख भए अनुसार कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ । भित्री काराेबार गरेकाे ठहरेमा विगाे बमाेजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने दफा १०१ काे दण्ड सजायकाे बुँदा एकमा उल्लेख छ । यसैले पनि यो प्रकरणमा मुछिएकाहरु कसैगरी धितोपत्र बोर्डलाई रिझाएर यो प्रकरण तुहाईदिनका लागि चौतर्फी लवीङमा लागको बुझिएको छ ।
चौतफी दबाबका कारण लचक बन्यो धितोपत्र बोर्ड ?
यसो त यो केस मिलाउन सेयर बजारका ठुलै खेलाडीहरु धितोपत्र बोर्ड पुगेको र बोर्डले पनि उनीहरुकै पक्षमा हुनेगरी आफुले काम गर्ने आश्वासन दिएको चर्चा नेपाली सेयर बजारमा चलिरहेको छ । अजोड इन्स्योरेन्सलाई कारवाही गर्ने हो भने नेपालका थुप्रै कम्पनीहरुलाई कारवाही गर्नुपर्ने देखेपछि धितोपत्र बोर्ड यस विषयमा लचक भएको देखिन्छ । केहि समय अगाडी राधी विद्युत कम्पनी लगायतका अन्य कम्पनीमा पनि खुलेआम इन्साइडर ट्रेडिङ भएको थियो ।  अजोडलाई कारवाही गरेको खण्डमा नयाँ नजिर बस्ने र बदमासी गर्ने अन्य कम्पनीलाई पनि कारवाही गर्नुपर्ने देखेपछी धितोपत्र बोर्डमाथि अजोड इन्स्योरेन्स प्रकरण तुहाउन चलखेल भएको थियो ।  
घटना सेलाईसक्यो भन्दै कम्पनीलाई उन्मुक्ति दिन चलखेल सुरु भएको छ । खै तपाईं मिडियाहरुले पनि लेख्न छाड्नुभो !’ धितोपत्र बोर्डका एक उच्च अधिकारीले भने, ‘ठुलाका दबाब थेग्न नसकेर केहिसमय अगाडी अध्यक्षज्युको निर्देशनमा विज्ञप्तिबाजी भएको तपाईंलाई थाहा नै छ, ठुला खेलाडीको त दबाब थेग्न नसक्ने अध्यक्षबाट गलत गर्नेलाई कारवाही हुन्छ भनेर सोच्नु कल्पनामात्र हो ।’
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK