
चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ९० करोडभन्दा बढीको बजेट ल्याएको छ । आगामी वर्षका लागि ९० करोड ७२ लाख बराबरको बजेट विनियोजन गरिएको हो । नगरपालिकाको बिहीबार सम्पन्न नवौँ नगरसभामा उपप्रमुख सुनिता थपलियाले आव २०७८/७९ का लागि बजेट प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत बजेट सर्वसम्मतले पारित भएको छ ।
बजेटअनुसार कूल खर्चमध्ये चालुतर्फ ४४ करोड २७ लाख ४४ हजार र पूँजीगततर्फ ४६ करोड ४५ लाख १८ हजार रहेको छ । विभिन्न कोषमा ८५ लाख विनियोजन गरिएको छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख थपलियाले आन्तरिक आय १४ करोड ६५ लाख रहेको बताउनुभयो । जिल्ला समन्वय समितिबाट प्राप्त हुने रु एक करोड, सङ्घीय सरकार सःशर्त अनुदान २३ करोड ६८ लाख, सङ्घीय सरकार समानीकरण अनुदान १७ करोड २० लाख, सङ्घीय सरकारबाट बाँडफाँट भई प्राप्त हुने नौ करोड ५५ लाख, संरक्षित वन रोयल्टीबाट ३० लाख र सङ्घीय सरकार विषेश अनुदान एक करोड २५ लाख आम्दानी हुने उहाँको भनाइ छ ।
त्यस्तै प्रदेश सरकार सःशर्त अनुदान तीन करोड ६१ लाख, प्रदेश सरकार समानीकरण अनुदान एक करोड ४९ लाख, प्रदेश सरकारबाट बाँडफाँट भई प्राप्त हुने रकम पाँच करोड ९८ लाख, प्रदेश सरकार समपूरक अनुदान रु एक करोड ४९ लाख, सडक बोर्ड नेपालबाट प्राप्त हुने ४० लाख, तरकारी तथा फलफूल मूल्यशृङ्खला विकास आयोजनाबाट १० लाख र चालु वर्षको बैंक मौज्दात १० करोड गरी कूल ९० करोड ७२ लाख ६३ हजार रकम आम्दानी हुने अनुमान गरिएको छ ।
खैरहनीले आगामी वर्ष आर्थिक क्षेत्रका कार्यक्रम सञ्चालनका लागि कूल १४ करोड ८५ लाख ४५ हजार विनियोजन गरेको छ । आर्थिक विकासमा कृषि विकास कार्यक्रम सञ्चालनका लागि रु पाँच करोड ४४ लाख, पशु विकास कार्यक्रमका लागि दुई करोड ८० लाख, जलस्रोत तथा सिँचाइका लागि पाँच करोड ४१ लाख, पर्यटन विकासमा ७२ लाख, उद्योग तथा वाणिज्यका लागि ४० लाख र सहकारी विकासका लागि आठ लाख विनियोजन गरिएको छ ।
सामाजिक विकास क्षेत्रको कार्यक्रम सञ्चालन गर्न ३० करोड २१ लाख ६३ हजार बजेट छुट्याइएको छ । सामाजिक विकासको शिक्षा, युवा तथा खेलकूद विकास कार्यक्रम सञ्चालन गर्न १९ करोढ ७८ लाख ५० हजार, स्वास्थ्यतर्फ छ करोड २३ लाख, लैङ्गिक समानता तथा समावेशीकरणअन्तर्गत लक्षित समूह विकास र गरिबी निवारणका लागि दुई करोड ६१ लाख, गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमका लाग २९ लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनामा ४५ लाख विनियोजन गरिएको छ ।
पूर्वाधार विकासमा सबैभन्दा धेरै ३१ करोड ९८ लाख, वातावरण तथा विपद् व्यवस्थापनका लागि दुई करोड ८१ लाख, सुशासन तथा संस्थागत विकास क्षेत्रमा १० करोड ९७ लाख विनियोजन गरिएको उपप्रमुख थपलियाले बताउनुभयो । नगरसभामा नगरप्रमुख लालमणि चौधरीले प्रस्तुत गरेको आर्थिक र विनियोजन विधेयक सर्वसम्मतले पारित भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले बताउनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्