×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुरे क्षेत्रबाट गिट्टी, ढुंगा, बालुवा निकासी नहुने राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको दाबी ! (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाठौं । राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिले चुरे क्षेत्रबाट गिट्टी, ढुंगा, बालुवा निकासी नहुने स्पष्ट पारेको छ । सरकारले वजेट वक्तव्यमार्फत् चुरे क्षेत्रबाट गिट्टी, ढुंगा, बालुवा निकासी गर्न लागेको भन्ने विषयमा आलोचना भइरहेको बेला राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिले आइतबार पत्रकार सम्मेलन गर्दै समिति चुरे, भावर, तराई-मधेशको संरक्षणप्रति सम्वेदनशिल रहेको र चुरे क्षेत्रको दोहन हुन नदिन प्रतिवद्ध रहेको जनाएको छ । चुरे क्षेत्रमा ढुंगा, गिट्टी, वालुवा उत्खनन् गरी निकासी गर्ने कुनैपनि कार्यक्रम नभएको समितिले स्पष्ट पारेको छ ।
नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यको बुँदा नं. १९९ मा ‘वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिनेछ । निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोप-वे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट दिने व्यवस्था मिलाएको छु ।’ राखिएको प्रति सरकारले चुरे दोहन गर्न लागेको भन्दै राजनीतिक वृत्तमा तिव्र आलोचना भएको छ । तर बुँदा नं. १९९ ले चुरे क्षेत्रलाई नसमेट्ने समितिले बताएको छ । राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले वजेट वक्तव्यको बुँदा नं. १९९ मा चुरेको सन्दर्भमा केही कुरा नलेखिएको बताउनुभयो । चुरे, भावर, तराइका नदीबाट गिट्टी, ढंगा, बालुवा उत्खनन् नगरिने उहाँले प्रष्ट पार्नुभयो ।
पत्रकार सम्मेलनमा वन तथा वातावरण मन्त्रालयका सचिव पेम नारायण पौडेलले चुरेबाट कुनै खानिजन्य, ढंगाजन्य वस्तु निकाल्ने वजेट वक्तव्यको उद्देश्य नभएको बताउनुभयो । चुरे क्षेत्रबाट उत्खनन् नगरिनेमा विश्वस्त हुन उहाँले आग्रह गर्नुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्ण प्रसाद ओलीले वजेट वक्तव्यको बुँदा नं. १९९ चुरेसँग सम्बन्धित नभएको बताउनुभयो । सरकारले माथिल्लो पहाडी भेगमा रहेका स्रोतहरुलाई प्रयोग गर्न खोजेको उहाँले बताउनुभयो । वर्तमान सरकारको उद्देश्य समृद्धि हासिल गर्ने भएकाले खानिको सम्बन्धमा देशका विभिन्न १४ वटा जिल्लामा विस्तृत अध्ययन थालिएको उहाँले जानकारी दिनुभयो । विस्तृत प्राविधिक अध्ययन सकेपछि वातावरणीय र सामाजिक पक्षको पनि अध्ययन गरिने र नेपालमा भएका स्रोतहरुको प्रयोगमार्फत् देशलाई समृद्ध बनाउने उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: