×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन् २०२० मा भारतले ८३ बिलियन डलर रेमिट्यान्स भित्र्यायो, यस वर्ष भने ०.२ प्रतिशतले कमी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सन् २०२० मा भारतले ८३ बिलियन डलर रेमिट्यान्स भित्र्यायो, यस वर्ष भने ०.२ प्रतिशतले कमी

२५ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नयाँ दिल्ली । सन् २०२० मा भारतले ८३ बिलियन अमेरिकी डलरभन्दा बढी रेमिट्यान्स भित्र्याएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणकाबीच यस वर्ष गत वर्षको तुलनामा ०.२ प्रतिशतले कमी भएको विश्व बैंकको रिपोर्टले देखाएको छ । चीनले सन् २०२० मा ५९.५ बिलियन अमेरिकी डलर रिमिट्यान्स भित्र्याएको छ भने गत वर्ष ६८.३ बिलियन अमेरिकी डल बराबरको रेमिट्यान्समा प्राप्त गरेको थियो । विश्व बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चीनमा कोरोना महामारीले रेमिट्यान्स क्षेत्रमा ठूलो प्रभावित गरेको थियो ।
प्रतिवेदनले २०२० मा भारतको रेमिट्यान्स ०.२ प्रतिशतले गिरावट आएको छ । संयुक्त अरब अमीरातबाट हुने रेमिट्यान्समा १७ प्रतिशतको गिरावटले गर्दा भारतको रेमिट्यान्समा ०.२ प्रतिशतले गिरावट आएको हो । भारत र चीनको पछि मेक्सिको रहेको छ । मेक्सिकोमा ४२.८ बिलियन, फिलिपिन्समा ३४.९ बिलियन, इजिप्टमा २९.६ बिलियन, पाकिस्तानमा २६ बिलियन, फ्रान्समा २४ बिलियन र बंगलादेशमा २१ बिलियन अमेरिकी डलर रेमिट्यान्स भित्र्याएका थिए ।
छिमेकी पाकिस्तानमा रेमिट्यान्स १७ प्रतिशतले बढेको छ । सबैभन्दा ठूलो वृद्धि साउदी अरेबियाबाट भएको छ, त्यसपछि युरोपियन युनियन देशहरू र संयुक्त अरब एमिरेट्सबाट रेमिट्यान्स भित्रिएको हो । बंगलादेशमा पनि रेमिट्यान्सले २०२० मा १८ प्रतिशत कायम छ भने श्रीलंकामा ५.८ प्रतिशतले रेमिट्यान्समा वृद्धि भएको छ । यसको विपरित नेपालमा रेमिट्यान्समा झन्डै १७ प्रतिशतले गिरावट भएको देखिएको छ ।
विश्व बैंकले आफ्नो भर्खरैको माइग्रेसन एण्ड डेभलपमेन्ट ब्रिफमा कोभिड-१९ को बावजुद रेमिट्यान्सको प्रवाह २०२० मा लचिलो रहेको बताएको छ ।आधिकारिक रूपमा रेकर्ड गरिएको रेमिट्यान्स प्रवाह निम्न तल्लो र मध्यम आय भएका देशहरूमा २०२० मा ५४० बिलियन डलर पुगेको छ भने २०१९ मा ५४८ बिलियन अमेरिकी डलर भएको थयिो । जुन २०१९ को तुलनामा २०२० मा १.६ प्रतिशतको गिरावट आएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: